ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलौराकोटमा मन्त्रि खनालले गरे रोपाइँ


एबीसी न्यूज
असार १५, २०७५ शुक्रबार  ४ : १२ बजे

 कपिलवस्तु , १५ असार । कपिलवस्तुको बुद्धस्थल तिलौराकोट मा भव्य रुपमा धान रोपाइँ उत्सव मनाइएको छ । कृषि भुमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनाल ले खेतमा हलो जोतेर उदघाटन गरेका हुन ।

हलो जोते पछि मन्त्रि खनालले खेतमा रोपाइ गरेका थिए । लुम्बिनी विकास कोषद्धारा आयोजित कार्यक्रम तिलौराकोट को दरबारनजिक रहेको ऐतिहासिक स्थल कन्थक स्पुत छेउ ४ कठ्ठामा धान रोपेर मंगलोत्सव मनाइएको हो ।

शाक्यवंशीय राजधानी कपिलवस्तुमा २६ सय वर्ष अघिदेखि नै राजा शुद्धोदनले राजकीय धान रोपाइँ मंगलोत्सव धुमधामले मनाउँथे गर्थे । प्रचिन कपिलबस्तुको राजधानी तिलौराकोटमा महाराज शुद्धोधनको पालादेखि नै राजाले सुनको हलोले खेत जोतेर मनसुन सिजनको पहिलो खेती धान रोप्ने प्रचलन रहेको र यस बर्ष देखि सोही महोत्सवको निरन्तरता दिर्ने उद्देश्यले धान रोपाई मंगलोत्सव गर्न लागिएका लुम्बिनी विकास कोष उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्रले बताए ।

कार्यक्रममा धान रोपाइ शूरु गर्नुभन्दा पहिले अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महाअस्थवीरले सिल पाठ गरेका थिए । त्यस पछि रोपाइ शुरुगरे रोपाईमा पंचेबाजा बजाइ असारे भाका लगाइएको थियो । यस्तै गरी मंगलोत्सवमा स्थानिय अहिरववा नाँच, थारु लाठी नाच कोहार नाच लगायत विभिन्न जातजातिको झल्को दिने नृत्य समेत प्रस्तुत गरीएको थियो ।

यस्तै गरी कार्यक्रममा मन्त्रि खनालले धान खेती हाम्रो प्रचिन खेती रहेको बताउनु भएको छ । धान खेती गरेपनि अहिले नेपालमा २५ अर्व रुपयाँ बराबरको चामल आयत गरीने गरेको बताउनु भयो । यस्तै गरी हजारौ बर्ष पहिला देखिको काला निमक चामलको जात कपिलवस्तु तथा आसपास को जिल्ला र भारतको सिमाना तिर मात्र पाइने मन्त्रि खनालले बताउनु भयो ।

किसान हरुलाई सिचाँई को समस्या रहेको हुनाले यसको लागी तीन भागमा योेजना बनाइ सिचाईको समस्याको समाधान गरिने बताएका छन् । तत्कालको लागी यहाँ भएका पोखरीहरुको संरक्षण गरी पानी संचित गरीने र दिर्घ कालिन योजनाको लागी नौमुरेको पानी नहर बनाइने खनालले बताए । कार्यक्रममा पुर्व सांसद ,प्रदेश सांसद तथा मेयर लगाएतले मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com