ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रगतिशिल मञ्चले भन्यो- ‘राजनीतिक स्वार्थ साध्ने गिरोहको उक्साहटमा पुरीलाई दुःख दिइयो’


admin

काठमाडौं, १५ असार । प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले आफ्नो सल्लाहकार रघुनाथ पुरीलाई फरक विचारधाराका प्रतिस्पर्धीहरुको उक्साहटमा दुःख दिन खोजिएको भन्दै आपत्ती जनाएको छ । राजनीतिक स्वार्थ साध्ने गिरोहको उक्साहटमा व्यवसायी पुरीलाई बदनाम गर्न श्रृखलाबद्ध र नियोजित प्रहार गरिएको मञ्चको दाबी छ ।

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष चित्रगुप्त साँवाले विज्ञप्ती जारी गरेर ‘द रिभर ओभरसिज’ का सञ्चालक समेत रहेको पुरीसँग भएको हतियारको बिषयलाई लिएर गलत सूचना प्रवाह गरिएको उल्लेख गरेका छन् । प्रहरीलाई उधृत गर्दै सञ्चार माध्यमहरुले पुरीले हतियारको दुरुपयोग गरेको समाचार आएपछि मञ्चले यसको खण्डन गरेको हो । साँवाले विज्ञप्तीमा भनेका छन्,‘उहाँले जिल्ला प्रशासन कार्यलयबाट इजाजतपत्र लिएर वैधानिक रुपमा घरमा राख्नुभएको एक थान राइफल केही दिनअघि प्रहरी महाशाखामै पुगेर बुझबुझारथ गर्नुभएको थियो । तर आफैंले गएर हतियार बुझाएको सन्दर्भलाई अन्य ढंगले समाचार प्रवाह गराउन खोजिनु खेदजनक विषय हो ।’

मञ्चले जिम्मेवार व्यवसायीलाई गन्ुडागर्दी र अन्य गतिविधिमा संलग्न व्यक्तिहरुसँगै जोडेर प्रहरीले सही र गलत एकै ठाउँमा मिसाउन खोजेको भन्दै आपत्ती प्रकट गरेको छ । अध्यक्ष साँवाले विज्ञप्तीमा भनेका छन्,‘प्रहरीले जिम्मेवारी व्यवसायीको पृष्ठभूमि र दैनिक व्यवसायिक आचरण नबुझी आफैंले लाइसेन्सप्राप्त हतियार बुझाएको विषयलाई अन्यथा अर्थ लगाउनु खोज्नु दुःखद हो ।’

मञ्चले तथ्यपूर्ण अनुसन्धान गरी सञ्चार माध्यमबाट सही सुचना प्रवाह गर्न प्रहरीलाई आग्रह समेत गरेको छ । ‘व्यवसायी कानूनको पालना गर्ने कुरामा सदैव सचेत छौं । र, गैरकानूनी ढंगले व्यवसायीलाई दुःख दिने व्यक्ति र समूहलाई कानुनको दायरामा प्रहरीले ल्याओस् भनिरहेका छौं । तर उल्टै कानूनको पालना गर्ने व्यवसायीलाई बदनाम गर्ने कार्य सही हुन सक्दैन,’ विज्ञप्तीमा भनिएको छ, ‘यस मञ्चका सल्लाहकार रघु पुरीको व्यवसाय पारदर्शी छ । उहाँ बैदेशिक रोजगार मात्र होइन, जलविद्युत र अन्य सेवामूलक व्यवसायमा पनि स्थापित हुनुहुन्छ । यसक्रममा उहाँको सामाजिक र राजनीतिक प्रतिष्ठाको डाहा गर्ने हामीभन्दा फरक विचारधाराका प्रतिष्पर्धी केही व्यक्तिको उक्साहटमा उहाँलाई दुःख दिन खोजिएको प्रष्ट छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com