ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच पटक गोल्डेन बुट जितेका मेस्सी यो विश्वकपमा कहाँ चुके ?


एबीसी न्यूज
असार ९, २०७५ शनिबार  ११ : ५४ बजे
पाँच पटक गोल्डेन बुट जितेका मेस्सी यो विश्वकपमा न कुनै गोल गर्न सकेका छन्, न त गोल गर्नका लागि कुुनै पास नै दिन सकेका छन् । यति मात्र नभई आईसल्याण्डविरुद्धको खेलमा पेनाल्टीमा समेत गोल गर्न सकेनन् । अहिले मेस्सी अर्जेन्टिनाको टिममा समावेश भएपछि  सन् २००२ पछि पहिलोपटक अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा छ ।

मेस्सी जून २४ तारिखका दिन ३१ वर्षका हुँदैछन् । उमेरका हिसाबले यसपछिको एउटा विश्वकपसम्म खेल्न सक्लान् । तर, फुटबल पण्डितहरुका अनुसार यो विश्वकप मेस्सीका लागि ठूलो उपाधि जित्ने अन्तिम मौका हुन सक्थ्यो । अहिलेसम्म उनले २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण पदक सम्म जिताएका छन् ।
यसबाहेक उनले यो सिजनमा बार्सिलोनाका लागि पनि उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् ।

ला लिगा जिते पनि क्याटालोनियन टिम लगातार तेस्रोपटक च्याम्पियन्स लिगको क्वार्टर फाइनल बाट नै बाहिरियो । उता चीर प्रतिद्धन्द्धी रियल मडिडले भने प्रतियोगिताको उपाधि नै उचाल्यो ।

मेस्सीले यो सिजनमा संघर्ष गर्नुपरेका पछाडि यसका लागि केही कारणहरु मान्न सकिन्छ ।

१. शारीरिक थकान

२०१७ १८ को युरोपेली सिजनका बेला ५४ म्याच खेले । यो २०१४ १५ को सिजन पछि पछिल्लो ५ वर्षको समयमा सबैभन्दा धेरै म्याच हो ।
जर्मन वेबसाइट Transfermarkt को आकडा  अनुसार यसबीचमा यनले ४४६८ मिनेट खेले र मैदानमा औसत ८२.७ मिनेट रहे । यति हुँदाहुदै पनि उनले बार्सिलोनाको लागि ४५ गोल मात्र गर्न सके र १८ गोल गर्नका लागि सहयोगी भूमिका निर्वाह गरे ।

२. चोट

अप्रिल २०१८ मा अर्जेन्टिनाको पत्रिका क्लारिनले राष्टिय टोलीको स्रोतले बताए अनुसार मेस्सीलाइ दाहिने तिघ्राको चोटले सताइरहेको र त्यसले उनको दौडिने र गति बदल्ने क्षमतामा असर पारिरहेको छ भनेर छापेका थिए ।

उनको यो समस्या स्पेन र इटलीविरुद्धको मैत्रीपूर्ण म्याचमा मैदान बाहिर बसेपछि उनको यो समस्या सार्वजनिक भएको थियो । त्यो खेलमा उनको टिमले ६–१ को हार ब्यहोर्नु परेको थियो ।

३. टिममा तालमेलको कमी

अर्जेन्टिनी टिम पूर्ण रुपमा मेस्सीमै निर्भर रहेको देखियो । मेस्सी र टिमका अन्य खेलाडीको तालमेल नै मिलेको देखिएन । अझ अर्जेन्टिनी टिममा एकता नभएको भन्ने खबर सार्वजनिक भैरहँदा त्यसको असर उसको प्रदर्शनमा परेको सहजै अनुमान गर्न सकिन्छ ।

बार्सिलोना स्टार मेस्सीलाई प्रशिक्षक तथा टिमबाट असहयोग भएको भन्ने खबर साँचो हो भने त्यसको असर मेस्सीको प्रदर्शनमा नपर्ने कुरै भएन ।

४. अर्जेन्टिनाको खराब लय

रुस विश्वकपका लागि भएको दक्षिण अमेरिकी क्षेत्रको छनौट प्रतियोगितमै अर्जेन्टिनाको प्रदर्शन राम्रो थिएन । तर उसले अन्तिम समयमा रुस विश्वकपमा आफ्नो स्थान निश्चित गर्यो । तर छनौट प्रतियोगितामा मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै ७ गोल गरेका थिए ।

सन् २०१४ को विश्वकपको उपविजेता हो अर्जेन्टिना । निकै नै प्रतिस्पर्धात्मक रहेको फाइनलमा अतिरिक्त समयमा जर्मनीले अर्जेन्टिनालाई हराएको थियो । विश्वकपको दुई पटकको च्याम्यिन अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा विश्वकप जितेको छ ।

सन् १९९३ को कोपा अमेरिकापछि अर्जेन्टिनाले ठूला प्रतियोगिताका उपाधि उचाल्न पाएको छैन । भलै सन् २००४ र २००८ को ओलम्पिकको उपाधि अर्जेन्टिनाले जित्यो, विश्वकप २०१८ मा गरेको प्रदर्शनको पीडालाई त्यसले पनि पूर्ति गर्न सक्दैन ।

रोनाल्डोको प्रदर्शन राम्रो

स्टार खेलाडीद्वय रोनाल्डो र मेस्सीलाई एकअर्काका प्रतिद्वन्द्वी खेलाडीका रुपमा हेरिन्छ । यो विश्वकपमा रोनाल्डोको उत्कृष्ट प्रदर्शनले पनि समकालीन खेलाडी मेस्सीलाई मनोवैज्ञानिक दबाब थियो । रोनाल्डोले स्पेनविरुद्ध नै ह्याट्रिक गरे तथा मोरक्कोसँग एक गोल गरी आफ्नो गोल संख्या चार पुर्याइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com