ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धिका मुद्दाको अन्तर्राष्ट्रियकरण


एबीसी न्यूज
असार ९, २०७५ शनिबार  ७ : २५ बजे


बेइजिङ, चीन, ९ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीको यसपटकको चीन भ्रमणले नेपालको समृद्धिको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेको छ ।

नयाँ संविधानको कार्यान्वयनपछि तीनै तहको निर्वाचन सम्पन्न भई बनेको सरकारले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा पनि अन्तर्राष्ट्रियस्तरमा स्थापित भएको छ ।

प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छ दिनको चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीको भेटवार्ताले नयाँ उचाइ लिनाका साथै आर्थिक विकासमा महत्वपूर्ण उपलब्धि भएको छ ।

सरकारी तथा निजीस्तरमा भएका सम्झौता र सहमतिले नेपाल लगानीका उपयुक्त गन्तव्य भएको सन्देश गएको छ भने राजनीतिक स्थायित्व कायम भएको भरपर्दो सन्देश चिनियाँ पक्षलाई विश्वास दिलाउन सफल भएको छ ।

समृद्ध नेपाल सुखी नेपालीको मुद्दा चीनले आधिकारिकरुपमै स्वीकार गरेर यसका लक्ष्य प्राप्तिमा चीनको सक्दो सहयोग हुने प्रतिबद्धताले पनि नेपालको समृद्धिप्रतिको मुद्दा विस्तार भएको हो ।

नेपालको विशेष प्राथमिकतामा परेको रेलमार्गसम्बन्धी प्रस्तावलाई चीनका राष्ट्रपतिकै तहबाट ‘इन्डोर्स’ भएको छ । यो नेपाल र नेपालीका लागि अत्यन्त महत्वपूर्ण विषय हो । भविष्यमा यो विषयले क्षेत्रीयरुपमा नै असर पार्ने देखिन्छ ।

हिमालयन वारपार रेलवेसम्बन्धी सम्झौताबाट उत्साहित हुनुपर्ने विविध कारणमध्ये यसले मुलुकको अर्थतन्त्र र यस क्षेत्रमा ल्याउने बहुआयामिक परिवर्तन नै हो । त्यसैले पनि यो सम्झौता सबैभन्दा महत्वपूर्ण पहल हो, जहाँबाट पारस्पारिक सहयोगको क्षेत्रमा नयाँ युगको शुरुवात हुने विश्वास लिइएको छ ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा सात वर्षभित्र रेल आउने विश्वास व्यक्त गर्दा विश्वकै शक्तिशाली चीनका राष्ट्रपतिले अपनत्व लिनुभएकाले नेपालमात्र नभई क्षेत्रीयस्तरमै व्यापार तथा आर्थिक गतिविधिमा महत्वपूर्ण असर पर्ने देखिएको छ ।

यातायात पारवाहनको प्रोटोकलमा हस्ताक्षर भएसँगै चीनको स्वशासित क्षेत्रमा नेपाली मालसामान बोकेका सवारी साधन चल्न सक्ने व्यवस्थाले हाम्रो हिमाली क्षेत्रमा हुने आवतजावतका लागिसमेत सहज हुने भएको छ । यो सम्झौताले नेपालको उत्तरी बेल्टमा व्यापार आदानप्रदानलाई गति दिन्छ ।

त्यसैगरी ऊर्जा तथा योसँग सम्बन्धित विषयमा भएका विचार विमर्शमा यसपटक भएका सम्झौताले विद्युत् आदानप्रदानमा सहजता ल्याउनाका साथै देशको आर्थिक गतिविधि तथा विकासमा महत्वपूर्ण सहयोग पुग्नेछ । त्यसो त, नेपालको समृद्धि र यहाँ भएको जलस्रोतको सही सदुपयोग गर्नु नै हो ।

उच्चस्तरमा भएको वार्ताका आधारमा भएका सहमतिले आगामी दिनमा गति लिनेमा शंका गर्न उचित हुँदैन । त्यसका साथै प्रधानमन्त्रीसहित सरकारका वरिष्ठ मन्त्रीहरुको उपस्थितिमा भएका सम्झौता कार्यान्वयन गर्नु दुवै देशको कर्तव्य हुनेछ । त्यसले गर्दा नेपालले अगाडि बढाएको समृद्धिको मुद्दालाई महत्वपूर्ण सहयोग पुग्नेछ ।

निजी क्षेत्रको विश्वास र लगानी 

प्रधानमन्त्री ओलीको यस भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासमा भएको सम्झौताले देश अब समृद्धिको बाटोमा अगाडि बढ्यो भन्ने स्पष्ट सन्देश दिएको छ ।

सरकारमाथि शंका गर्ने र लगानीको वातावरण छैन भन्ने गरेका नेपालका उद्योगी व्यवसायीले पनि नेपालीमा लगानीको वातावरण सिर्जना भयो भन्ने सन्देश गएको बताएका छन् ।

इन्भेष्टमेन्ट बोर्ड र ह्वासिन सिमेन्टबीच १४४ मिलियन अमेरिकी डलरबराबरको लगानी, सिँचाइ तथा चाइन कन्स्ट्रक्सन कम्पनीबीच भएको सम्झौता, उद्योग वाणिज्य महासंघसँग भएको सम्झौता र पस्मिना उद्योगका विषयमा भएको सम्झौता अत्यन्त महत्वपूर्ण सम्झौता भएका छन् ।

दूतावासमा भएका सम्झौताबारे उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा भन्नुहुन्छ, “हामीले यहाँ भएका सम्झौतालाई अत्यन्त महत्वपूर्ण र सकारात्मकरुपमा लिएका छौँ । विभिन्न क्षेत्रमा भएका सम्झौताले नेपालको समृद्धिको यात्रामा सहयोग गर्छ ।”

सिमेन्ट, कृषि, ऊर्जामा भएका सम्झौता शुरुवातमात्र भएको बताउँदै अध्यक्ष राणाले नेपालमा ठूलो लगानी भित्रने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले निजी क्षेत्रलाई गर्नुभएको विश्वासले नेपालमा लगानीको वातावरण छ भन्ने स्पष्ट सन्देश दिएको उहाँले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण र चीनको सरकारी निकायसँग भएको सम्झौताले नेपालको एक अर्काको आवश्यकताका आधारमा आदानप्रदान गर्न सकिने अवस्था सिर्जना भएको छ । उसले ऊर्जा व्यापारमा महत्वपूर्ण अर्थ राख्छ ।

सम्झौता सम्पन्न भएपछि नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारका प्रधानमन्त्रीको मुख्य प्राथमिकताअनुसार चीनसँग रहेको औद्योगिक सामथ्र्यलाई देशको हितमा सदुपयोग होस् भनी सोहीअनुसार सकारात्मकरुपमा विषयहरु अघि बढेको बताउनुभयो ।

उहाँले गरिएका सम्झौतालाई सही अर्थमा कार्यान्वयन गर्न सके चिनियाँ लगानीकर्तालाई आकर्षण गर्न सकिने र अरुलाई प्रोत्साहन मिल्ने विचार राख्नुभयो । शर्मा भन्नुहुन्छ, “नेपालमा लगानीको आकर्षण छ ।”

‘लगानी गर्नुहोस्, कुनै समस्या छैन’ 

सम्झौतापछि निजी क्षेत्रसँग प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस अवसरमा म चिनियाँ मित्रलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्छु, प्रतिबद्धतासहितको स्थायी सरकार बनेको छ, अब हाम्रो लक्ष्य सुशासन र विकास नै हो ।”

नीतिगत तथा व्यवहारमा देखिएका समस्या सुल्झाएर उद्योगमैत्री वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “महँगो छैन, मजदूर समस्या छैन, हडताल पनि छैन, दुई देशको समृद्धिका लागि विभिन्न मोडलका लगानी हुनुपर्छ ।”

संयुक्तरुपमा लगानीलाई बढाउन आग्रह गर्दैै समृद्धिको यात्रामा विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण भएकाले अभियानका रुपमा अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।

सरकारी र निजी क्षेत्रबाट हस्ताक्षर भएका आयोजना समयमा कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “यहाँहरुले हस्ताक्षर गरेका आयोजना अविलम्ब अघि बढोस्, यथा समयमै सम्पन्न होस ।” प्रधानमन्त्री ओलीले सम्झौताले दुवै देशले लाभ प्राप्त गर्न सक्नुपर्ने बताउनुभयो ।

नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले निजी तथा सरकारी क्षेत्रमा भएका सम्झौताबाट उत्साहित भएको बताउँदै सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

ती विषयमा ध्यान दिन सिसिपिआइटीका अध्यक्षको सुझाव 

चीन–नेपाल विजिनेस फोरमका अध्यक्ष जियाङ झ्याङहुईले समृद्धिलाई साकार पार्नका लागि नेपालले वैदेशिक व्यापार, लगानीका लागि सहकार्य र पर्यटन क्षेत्रको विकासमा जोड दिन सुझाउनुभयो ।

सिसिपिआइटीले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई स्वागत गर्ने क्रममा उक्त विषयमा ध्यान दिनसकेमा नेपालले अगाडि बढाएको समृद्धिको सपना पूरा हुने उहाँले उल्लेख गर्नुभयो ।

नेपालसँग भएका कृषि उत्पादन आफ्नो मुलुकमा निर्यात गर्ने अवस्था सिर्जना गर्न सुझाव दिँदै उहाँले भन्नुभयो, “चाइनामा अरु उत्पादन पठाउनुहोस् ।”

प्रधानमन्त्रीसहित लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको वातावरण सिर्जना भएकाले दुविधा नलिइकन नेपालमा लगानी गर्न आग्रह गर्नुभएको थियो । उहाँहरुले नेपाली र विदेशी लगानीकर्तालाई समान व्यवहार गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com