ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युतीकरण विकास कार्यक्रम अन्तिम चरणमा


bhawani desk
असार ८, २०७५ शुक्रबार  १० : ५६ बजे

नवलपरासी, ८ असार । पूर्वी नवलपरासीको हुम्सेकोट गाउँपालिकामा उज्यालो हुम्सेकोट विद्युतीकरण विकास कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाको चालू आर्थिक वर्ष ०७४÷०७५ मा विनियोजित करीब रु ८० लाखको लागतमा गाउँपालिकाअन्तर्गतका राष्ट्रिय प्रशारणको बिजुली नपुगेका स्थानमा विद्युतीकरण विस्तारका लागि सञ्चालन गरिएको आयोजना अन्तिम चरणमा पुगेको हो ।

जसअन्तर्गत रुम्सी, मोहनडाँडा, सत्कोण, गुरुङघाट, रिपाहारुपसीलगायतका बस्तीमा विद्युतीकरण विकास विद्युत्अन्तर्गत पोल पु¥याउने काम भइरहेको हुम्सेकोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।

अब छिट्टै नै ती सबै गाउँ तथा बस्तीमा विद्युतीकरण सम्पन्न भएपछि यसअगावै राष्ट्रिय बिजुली नपुगेका स्थानमा पनि बिजुली विस्तार हुनेछ । ती गाउँ तथा बस्तीमा गरी करीब २५० घरधुरीलाई लक्षित गरी उज्यालो हुम्सेकोट विद्युतीकरण विकास कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रशारणको बिजुली नपुगेका कारण केही स्थानमा सामान्य लद्यु विद्युतीकरण र सेलार प्रयोग गर्दै आए पनि अधिकांश स्थानमा टुकीको भरपर्नुपर्ने अवस्था थियो ।

अब भने सो समस्या समाधान हुनेमा स्थानीयवासी आशावासी बनेका छन् । यसबाहेक पूर्वी नवलपरासीको बुलिङटार र बुङ्दीकाली गाउँपालिकामा ९० प्रतिशत स्थानमा राष्ट्रिय प्रशारणको बिजुली नपुगेका अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

अध्यादेशविरुद्ध विपक्षी दल आक्रामक, संसद्‌मा अस्वीकृतको सूचना दर्ता

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com