ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाघ संरक्षणका लागि स्कूल शिक्षा कार्यक्रम


bhawani desk
असार ७, २०७५ बिहीबार  ४ : ३५ बजे

चितवन, ७ असार । चितवनको रत्ननगर नगरपालिकामा बाघ संरक्षणका लागि स्कूल शिक्षा कार्यक्रम शुरु गरिएको छ । मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गतको बाघ संरक्षण उपसमितिले बाघ संरक्षणका लागि आजदेखि सो कार्यक्रम शुरु गरेको हो ।

रत्ननगरको कपरखोर माध्यामिक विद्यालयमा आज आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उक्त कार्यक्रम शुभारम्भ गर्दै बालबालिकामार्फत तिनका अभिभावकलाई सचेत गराउन स्कूल शिक्षा कार्यक्रम प्रभावकारी हुने बताएका छन ।

प्रायः जंगलमा घाँस दाउरा खोज्न जाने तथा जंगलमा आश्रित हुने अभिभावक सरकारी विद्यालयमा पढ्ने विद्यार्थीका बुबाआमा हुने भएकाले उनीहरुलाई केन्द्रित गरेर स्कूल शिक्षा शुरु गरिएको आयोजक समितिका संयोजक जीतु तामाङले जानकारी दिएका छन ।
कार्यक्रमको मुख्य उद्देश्य वन्यजन्तुको संरक्षण र मानव तथा वन्यजन्तु बीचको द्वन्द्व घटाउनु रहेको बताउँदै उहाँले बालबालिकामार्फत अभिभावकसमेत सचेत हुने भएकाले आजदेखि यो कार्यक्रम थालिएको उल्लेख गरेका छन ।

पहिलो चरणमा यहाँको कपरखोरी, मोहना, चित्रसारी, मालपुर बछौली र झुवानी माध्यामिक विद्यालयका यो कार्यक्रममार्फत झण्डै ३०० बालबालिकालाई सचेत गराइनेछ र त्यसपछि निकुञ्जको पूर्वी सेक्टरअन्तर्गतका सबै विद्यालयमा कार्यक्रम चलाइने जनाइएको छ ।

सो क्रममा मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष तथा संरक्षणकर्मी वासु ढुंगानाले विरलै देशमा पाइने दुर्लभ पाटे बाघ संरक्षणले नेपालको प्रतिष्ठासमेत उँचो हुने र यसलाई हेर्न विदेशी आउने भएकाले पर्यटन विकासमा समेत टेवा पुग्ने उल्लेख गरेका छन ।

बाघमारा मध्यवर्ती सामुदायिक वन र लिभिङ, विथ टाइगर परियोजनाको सहकार्यमा शुरु भएको कार्यक्रममा प्रकाश चापागार्इंले बाघ संरक्षण र यसको महत्वबारे प्रशिक्षण दिनुभएको थियो । हाल नेपालमा १९८ वटा पाटे बाघ छन् । सन् २०२२ सम्ममा बाघ दोब्बर बनाउने लक्ष्य सरकारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com