
बीरगंज ७ असार । पर्सा प्रहरीले जुस गोदाममा छापामारी ५० कार्टुन भन्दा बढी जुस र दुई जना कामदारलाई नियन्त्रणमा लिएको छ ।
म्याद नाघेको जुसमा पुन नयाँ मिति थपेर विक्रि वितरण गर्न लागेको सुचना पाएपछि प्रहरीले उक्त जुस गोदाममा छापामारहेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी प्रमुख प्रहरी उपरिक्षक रेवती ढकालको नेतृत्वमा गएको प्रहरी टोलीले बीरगंज माहानगरपालिका वार्ड नम्बर ५ रेलवे रोडमा रहेको एक घरबाट ५० कार्टुन भन्दा बढी कोरियन कम्पनीको म्याद नाघेको जुस बरामद गरेको छ । बीरगंज ५ स्थित रेलवे रोडमा कौशल कुमार श्रीवास्तवले आफनै फर्मबाट आफनो घरमा संचालन गरेको तथा म्याद सकिएको जुसमा प्रिन्टरबाट पुन म्याद बढाएर टाँस गरेको जुस गोदाममा छापा हानी उक्त अबैध सामान बरामद गरेको हो ।
बीरगंज माहानगरपालिका वडा नम्बर ५ रेलवे रोड रेशमकोठी स्थित रहेको श्रीवास्तवको निज निवासमा पर्सा प्रहरीले बुधवार बिहान करिव ९ बजे विषेश सुचनाको आधारमा छापामारी ५० कार्टुन भन्दा बढी म्याद नाघेको जुसमा नया छाप लगाई म्याद बढाई बजारमा बिक्री गर्नका लागी लान लागेको अवस्थामा छापामारी जुस बरामद गरेको प्रहरीले जनाएको छ ।
बिभिन्न ब्रान्डका कोरियन जुस एक्सपायरी ( म्याद गुज्रिएको ) जुसको बटटालाई स्प्रिटले मिटाई पुन दुई बर्षको म्यानुफयाक्चर मिती बढाएर बिक्री बितरण गर्न देखिएकोले उक्त सामानहरु बरामद गर्नुका साथै ओम बहादुर कार्की र लक्ष्मी साह कानुलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए । उक्त जुसको डब्बामा मेड ईन कोरिया लेखेको डिलोस ब्रान्डको जुसको म्याद २०१८ मार्चमा सकिएको जुसको डब्बामा २०२२ सम्म मिती भएको छापिएको भेटिएको पर्सा प्रहरीले दावी गरेको छ ।
पर्सा प्रहरीले उक्त गोदामबाट नेपाल सरकारको बिभिन्न सरकारी कार्यालयहरुको स्टाम्पहरु र जुसको डब्बामा मितीहरु हाल्ने प्रिन्ट मेसिनहरु समेत बरामद गरेको र यस बारेमा थप अनुसंधान भै रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्