ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियासँगको श्रम सम्झौतामा हस्ताक्षर नभएसम्म नेपाली कामदार नपठाउने


bhawani desk
असार ७, २०७५ बिहीबार  २ : ०१ बजे

काठमाडौँ,७ असार । सरकारले श्रम सम्झौता नभएसम्म नेपाली कामदारलार्इृ मलेसिया नपठाउने तयार गरेको छ । पटक–पटक छलफल गर्दा पनि टुंगोमा पुग्ना नसकेपछि मलेसियासंगको श्रम सम्पझौतामा हस्ताक्षर नभएसम्म कामदार नपठाउने आन्तिरिक गृहकार्यमा सरकारले तयार गरेको हो ।

श्रम ,रोजगार र सामाजिक सुरक्षा मन्त्रालयले हाल अवैध र एकपक्षीय रुपमा उठाइँदै आएको शुल्कहरु खारेज नगरेसम्मका लागि भन्दै मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोकेको छ । त्यसैले मलेसिया कामका लागि जाने प्रक्रिया अवरुद्ध भएको छ ।

यस अघि धेरैपटक मलेसियासंग श्रम सम्झौताका लागि छलफल भइसकेको छ । दुई पक्षले सम्झौताको मस्यौदा आदान(प्रदान )गर्ने क्रम लामो समयदेखि चलिरहेको छ । यस्तो सम्झौतामा कामदारको न्यनतम् तलब, सुविधा, बीमा, सुरक्षा, लागत सहित रोजगारदताको र सम्बन्धित देशको जिम्मेवारी लगायतका विषय समेटिएका हुन्छन् ।

सम्झौताका लागि नेपालले राखेका विभिन्न मागमा मलेसिया सरकारले उदाशीनता देखाउँदै आएको छ । कामदारको हितमा रहने गरी श्रम सम्झौता गर्ने सरकारको अडानमा मलेसिया सरकारले पूर्णसहमति जनाइसकेको छैन । नेपाल सरकारले पनि जोड लगाएर कहिले पनि छलफल चलाएको थिएन ।

अब यो अवस्थामा मलेसियासँग श्रम सम्झौताकै ‘नेगोसियसन’ गर्ने आन्तरिक तयारी गरिएको मन्त्रालय स्रोतले जानकारी दियो । विज्ञहरूले यही समयमा श्रम सम्झौता पनि टुंगोमा पुर्याउन माग गरिरहेका छन् ।अब अतिरिक्त शुल्कको सवालमा मलेसिया जाने प्रक्रिया अवरुद्ध भएको समयमा नै श्रम सम्झौतालाई टुंगोमा पुर्‍याउने मुडमा देखिएका छन्, श्रममन्त्री गोकर्ण बिष्ट ।

‘मलेसियामा ठूलो खर्च गरेर गएका धेरै कामदारले एक वर्षसम्म पनि खर्च उठान नसक्ने अवस्था छ । कामदारको भौतिक तथा आर्थिक सुरक्षाका सवालमा पनि मलेसियामा धेरै समस्या छ,’ मन्त्रालयका एक अधिकारीले भने,’त्यसैले अब मलेसियासँग श्रम सम्झौता टुंग्याएपछि मात्रै कामदार पठाउने हो कि भनेर छलफल सुरु भएको हो ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com