ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भवन नहुँदा बालविकास केन्द्रबाटै वडा कार्यालयको सेवा


bhawani desk
असार ७, २०७५ बिहीबार  १२ : ४७ बजे

म्याग्दी,७ असार । म्याग्दीको मालीका गाउँपालिका–३ डाँडागाउँको वडा कार्यालयमा पूर्वाधार नहुँदा बालविकास केन्द्रको भवनबाट सेवा प्रवाह हुँदै आएको छ । वडा कार्यालयको आफ्नै भवन नभएपछि स्थानीय किटिनी बालविकास केन्द्रको एउटा कोठाबाट सेवा दिँदै आएको हो ।

स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेको एक वर्ष बिते पनि वडाको कार्याको व्यवस्था हुन नसक्दा समस्या भएको वडा अध्यक्ष हेमबहादुर पुनले बताएका छन । उक्त केन्द्रको भवनको एउटा कोठामा स्थापना भएको वडा कार्यालयमा जनप्रतिनिधि र कर्मचारी बसेर काम गर्ने फर्निचरकोसमेत व्यवस्था छैन ।
डाँडागाउँ राज्य पुनःसंरचनाअघि तत्कालीन रुम गाविसमा समावेश थियो । डाँडागाउँ, अदिभारा, किटेनी,औला, पात्ले, इँग्रे गाउँलाई समेटेर बनाइएको मालीका-३ मा ५०० भन्दाबढी घरधुरी छन् ।

पूर्वाधारको अभाव खेपिरहेको यस वडामा जनशक्तिको समेत अभावले सेवा प्रवाहमा पनि समस्या हुँदै आएको छ । यस वडामा वडा सचिवसमेत छैनन् । मालिका गाउँपालिकाको २, ३ र ४ नं वडाको सचिवका रुपमा रमाकान्त घिमिरेले काम गर्दै आएका छन ।

अनुगमनका क्रममा हालै डाँडागाउँमा पुग्नुभएका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुले कार्यालय र जनशक्तिको व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

अध्यादेशविरुद्ध विपक्षी दल आक्रामक, संसद्‌मा अस्वीकृतको सूचना दर्ता

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com