ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सारंगी रेटेरै बिताए दिलबहादुरले ४० वर्ष


bhawani desk

आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। 

कल्ले के गर्छ ? पायसी सबैले आफ्नै पेट भर्छ ।। 

 म्याग्दी, ७ असार ।गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय दिलबहादुर गन्धर्वले सारंगी रेट्दै यो गीत गाउँदा म्याग्दीको मंगला गाउँपालिका–४ बरङ्जामा धेरैका आँखा रसाए ।

२०३५ सालमा १७ वर्षको उमेरदेखि सारंगी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका तीन छोरी, एक छोरा र एक श्रीमती छन् । परिवारको हातमुख जोड्नका लागि सारंगी रेट्दै म्याग्दी आइपुगेका गन्धर्वले गीतमार्फत आफ्नो दुःखेसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर वरङ्जाकी सुमित्रा सापकोटाले रु १०० र तीन माना चामल दिँदा गन्धर्वको अनुहार खुशीले भरियो ।

कुनै दिन बम्बई, गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि फक्ल्याण्डको टापुमा लड्दालड्दै वीरगति प्राप्त गरेका खबरको बाहक बनेर गाउँघरमा सारंगी रेट्ने गाईने दाइ हिजोआज देखिन छाडेका छन् ।

देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायतका भाखामा खबर दिँदै घुम्ने गाईने दाइ (गन्धर्व) लोप हुँदैछन् । सारंगीको धुनमा घटनाक्रमलाई सिलसिलेवार कलात्मक ढंगबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउँथे । गीत संगीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गाईने दाइका सारंगी हिजोआज गाउँघरमा गुञ्जन छोडेका छन् ।

सूचना र सञ्चारको पहुंचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीतसंगीतको प्रभाव बढ्दै गइरहेका बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारँगी रेटेर वीरहका भाका गाउने गन्धर्व हिजोआज विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीत समेत गाउन थालेका छन् ।

बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीतसंगीतमा झुम्न थालेपछि हो वा पुख्र्यौली पेशाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गाइने दाइको नामले चिनिने गन्धर्व क्रमशः घट्दै गइरहेका छन् । गाउँघरका वीरह र बेदनाका भाका गाउने गन्धर्वले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरुपलाई पनि परिवर्तन गरेका छन् ।

धेरै समयपछि बेनपा–२, बगरफाँट र मंगला–४ वरङजामा भेटिएका दिलबहादुर गन्धर्वले पनि अरु कुनै सीप नभएकाले पुख्र्यौली पेशालाई अपनाउनु आफ्नो बाध्यता भएको दुखेसो पोख्दै सारंगीको धुनमा जनतामा ब्याप्त निराशा र जनप्रतिनिधिप्रतिको अपेक्षाका बारेमा ¥याँइ¥याँइ सारंगी रेट्दै तीतो यथार्थ व्यक्त गर्नुभयो ।

गुल्मीदेखि बागलुङ हुँदै म्याग्दीको वरङ्जा आइपुगेका गन्धर्वले गीतमा संविधान निर्माणका कुरादेखि लिएर गणतान्त्रिक नेपालको अस्तव्यस्तता, तीनवटै तहको निर्वाचन र त्यसपछिको समसामयिक अवस्थालाई सरल शब्दमा जनताले बुझ्ने गरी व्यक्त गर्नुभएको थियो ।

सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र सञ्चार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन, मोबाइलजस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो । त्यसैले त गाउँ घरमा गाइने खबरमूलक मर्मस्पर्शी हृदयविदारक गीत गुञ्जन छाडेका छन् ।

गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला पुर्खौली जातीय पेशालाई निरन्तरता दिँदै जीवनयापन गरेका छन्, केही गन्धर्वले । गुल्मी जिल्लाको गडगाउँ गाविस–५ घर भई (हाल बागलुङ नगरपालिका–२ बस्ने) टोपबहादुर गन्धर्वले परम्परागत जातीय पेशाबाट आफ्नो चारजनाको परिवारको गर्जाे टार्ने गरेका छन् ।

काँधमा निलो जेब्रा झोला, शिरमा ढाकाटोपी, गलामा सारंगी भिरेर बागलुङ, पर्वत र म्याग्दीका विभिन्न भागमा घुम्ने टोपबहादुरले दैनिक रु ५÷७ सय आम्दानी हुने बताउनुहुन्छ ।

सूचना र मनोरञ्जनका श्रव्य, दृष्य सामग्रीको सुलभ उपलब्धताले सारंगीको महत्व ह्वात्तै घटेको छ टोपबहादुरले भन्नुभयो– “सञ्चार प्रविधिमा भएको विकासले हाम्रो पेशा संकटमा प¥यो । सञ्चारमाध्यमले सारंगीको महत्वलाई उचित स्थान नदिए सारंगी नै लोप हुनेछ ।” “कला संस्कृतिको धनी देशमा मौलिक संस्कृति लोप हुनु राम्रो होइन”– गन्धर्वले भन्नुभयो– “यसको संरक्षण र सम्वद्र्धनमा सबैले ध्यान दिनुपर्छ ।”

नेपाली संस्कृतिको महत्व र वीरताको गाथा बोकेको सारंगीलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । सांगीतिक कक्षाको पाठ्यक्रममा सारंगी बाजालाई समावेश गरे सारंगीले जीवन्तता पाउने बुद्धिजीवीको भनाइ रहेको छ । युवा वर्गमा जातीय पेशाप्रति हीनताबोध र वैदेशिक रोजगारको प्रतिस्पर्धाले गन्धर्व पेशा संकटमा पर्दै गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com