ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यून आय भएका दलित तथा एकल महिलालाई तालीम


bhawani desk

काठमाडौँ, ६ असार । पछिल्लो समय काठमाडौँ महानगरपालिकाले न्यून आय भएका, दलित महिलालाई सशक्त बनाउन विभिन्न किसिमका उद्यमशील तालीम सञ्चालन गर्दै आएको छ ।

काठमाडौँ महानगरपालिका र काठमाडौँ घरेलु तथा साना उद्योग संघको संयुक्त आयोजनामा आजदेखि शुरु भएको तालीममा प्रत्येक वडाबाट बढीमा १५ महिला सहभागी छन् ।

आजदेखि कामपाको ३२ वडामध्ये ११ वटा वडामा तालीम भइरहेको छ । तालीम सञ्चालन हुने वडामा वडा नं २, ३, ४, ५, ६, ७, ८, १०, १३, १४, र २६ रहेका छन् ।

कामपाका कार्यवाहक प्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले वडामा एक÷दुई जनालाई तालीम दिएर परिणाम मापन गर्न नसकिएको हुँदा इच्छुक जो कोहीलाई पनि तालीममा सहभागी गराएर व्यवस्थित र योजनाबद्ध सीप सिकाउने उद्देश्य रहेको जानकारी दिनुभयो ।

कामपा वडा नं १४ अध्यक्ष शोभा सापकोटाले समाज रुपान्तरणका लागि आर्थिक उपार्जनका कार्यक्रम आवश्यक रहेकामा जोड दिनुभयो ।

तालीममा सहभागी सबै महिला न्यून आय, दलित र एकल महिलालाई प्राथमिकता दिएर छनोट गरिएको बताउँदै घरेलु तथा साना उद्योग संघ काठमाडौँकी अध्यक्ष सीता कार्कीले १५ दिनसम्म सैद्धान्तिक कक्षा सञ्चालन गरिने र बाँकी पाँच दिन उत्पादित सामान बजारमा पु¥याइ बिक्रीसम्बन्धी ज्ञान दिलाउने योजना रहेको जानकारी दिनुभयो ।

जुत्ता, चप्पल तथा व्याग, मोतीका माला, साबुन र अचार बनाउने, जेरी पकाउने , नेपाली कागजबाट गहना बनाउने, ढाका बुनाइ, सौन्दर्यकर्मीजस्ता तालीम सञ्चालन हुनेछ । यसअघि पनि कामपाले थोरैको संख्या र छोटो समयका लागि तालीम सञ्चालन गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com