ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालविवाह न्यूनीकरण गर्न अभिभावकलाई तालीम


bhawani desk
असार ६, २०७५ बुधबार  ११ : ५५ बजे

 रोल्पा, ६ असार ।  जिल्लामा अत्यधिक मात्रामा रहेको बालविवाह न्यूनीकरण गर्न भन्दै रोल्पामा अभिभावकका लागि तीनदिने तालीम सम्पन्न भएको छ ।

परिवर्तन गाउँपालिकाको राङसी, पोखरामा यही असार १ गतेदेखि चलेको तालीम असार ३ गते सम्पन्न भएको हो । तालीममा अभिभावकले बडो रुचीका साथ सहभागिता जनाएका थिए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा सम्पन्न कार्यक्रममा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) रोल्पाको आर्थिक सहयोग रहेको थियो । स्थानीय सहकारी संस्थाका अध्यक्ष पूर्णा रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति नौलसिंह पुनमगरको प्रमुख आतिथ्यता रहेको थियो ।

देशकै तुलनामा रोल्पा जिल्लामा बालविवाह दर अधिक रहेको हुँदा यस्को रोकथाम तथा न्यूनीकरणका लागि अभिभावकलाई तालीम दिइएको (युएनएफपीए) रोल्पाका खगेन्द्र भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार रोल्पामा बालबालिकाको इच्छाअनुसार होस् वा अभिभावकको मञ्जुरीमा होस् मागी विवाहभन्दा भागी विवाह बढी हुने प्रचलन छ । त्यो पनि १४÷१५ वर्षदेखि नै बालविवाह हुने गरेको हुँदा अभिभावकलाई तालीमको आवश्यकता महसुस गरिएको भट्टले जानकारी दिनुभयो । यसबाहेक जिल्लामा विभिन्न समय समयमा किशोरकिशोरीका लागि पनि यस किसिमको तालीम सञ्चालन हुँदै आएको छ ।

तीन दिनसम्म चलेको तालीमको सहजीकरण महिला मानवअधिकार रक्षक जिल्ला सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य र समाजसेवी तथा अधिकारकर्मी गीता वलीले गर्नुभएको थियो ।

कार्यक्रमका सहभागी भएका अभिभावकले अज्ञानता तथा चेतना अभाकका कारण आजका दिनसम्म आइपुग्दा बाल विवाहमा परिवारले स्वीकृति दिएको भए पनि अबका दिनमा बालविवाह न्यूनीकरणमा सबै साथ सहयोग र ऐक्यबद्धता हुने प्रतिबद्धता जनाएका थिए ।

बालविवाह न्यूनीकरणका लागि कुनै व्यक्ति वा संस्थाको एकल प्रयासमात्र पर्याप्त नहुने भएको हुँदा सबैले एकजुट भई जिल्लामा सञ्चालनमा रहेको अभियान सफल पार्नुपर्नेमा रेडक्रस रोल्पाका अध्यक्ष पुनले जोड दिनुभयो ।

उहाँका अनुसार असम्भव भन्ने कुरा केही पनि नहुने भएको हुँदा यो अभियानमा बालबालिका स्वयं तथा तिनका अभिभावक र सरोकारवाला अझ सक्रियरुपमा अघि बढे जिल्लामा बालविवाह न्यूनीकरण हुन सक्छ ।

यस्तै, स्थानीय समाजसेवी पविता सुवेदीका अनुसार उमेर नपुगी भएका अधिकांश विवाह अन्तमा सम्बन्धबिच्छेदमा परिणत हुने गरेको हुँदा उच्च शिक्षा हासिलपश्चात आफू सक्षम भएर मात्र विवाह गर्न जरुरी देखिन्छ । अन्यथा बालविवाहका कारण अन्य विभिन्न समस्या थपिँदै जाने भएको हुँदा यस्ले बालविवाह गर्ने जोडीलाई मात्र नभई तिनका अभिभावकलाई समेत जिन्दगीभरि पीडा दिनेगर्छ । यस विषयमा अभिभावक पनि सचेत र सजग हुनुपर्ने उहाँको सुझाव छ ।

जिल्ला अदालत रोल्पाको तथ्यांकअनुसार रोल्पामा सबैभन्दा बढी सम्बन्धबिच्छेदका घटना दर्ता हुनेगरेका छन् । यसरी सम्बन्धबिच्छेद गर्ने जोडीमा आधाभन्दा बढी बालविवाह गर्ने जोडी नै सम्बन्धबिच्छेदमा पुग्ने गरेको पाइन्छ । त्यसैले, बालबालिका मात्र नभई तिनका अभिभावकसमेत सचेत बन्नुपर्नेमा अधिकारकर्मीको जोड छ ।

तालीम निकै सान्दर्भिक भएको हुँदा जिल्लाका सबै गाउँपालिकामा यस किसिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाको माग छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

अध्यादेशविरुद्ध विपक्षी दल आक्रामक, संसद्‌मा अस्वीकृतको सूचना दर्ता

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com