ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजिप्टलाई ३–१ ले हराएपछि आयोजक राष्ट्र रुस फिफा विश्वकपको नकआउट चरण नजिक


एबीसी न्यूज
असार ६, २०७५ बुधबार   ७ : १६   बजे
काठमाडौं,  ६ असार । इजिप्टलाई ३–१ ले हराएपछि आयोजक राष्ट्र रुस फिफा विश्वकपको नकआउट चरण नजिक पुगेको छ ।

मंगलबार राति भएकाे दाेस्रो खेलमा इजिप्टमाथि जित हात पारेपछि रुसले समूहमा ६ अंक बनाएको छ ।

पहिलो खेलमा उरुग्वेसँग पराजित भएको इजिप्ट भने घर फर्किने सम्भावना बढेको छ । आज हुने खेलमा साउदी अरेबियाले उरुग्वेविरुद्धको खेलमा जित निकाल्न नसकेको खण्डमा इजिप्ट बाहिरिने छ भने रुस प्रिक्वार्टर फाइनलमा पुग्नेछ ।

सेन्ट पिटर्सबर्गमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । ४७औं मिनेटमा अहमद फातिले आफ्नै पोस्टमा गोल गरेपछि रुसले अग्रता लियो ।

रोमन जोब्निनको प्रहार बचाउने क्रममा इजिप्टका फातीले आत्मघाती गोल गरेका थिए ।

५९औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै रुसलाई २–० को अग्रता दिलाए । उनले मारियो फर्नाण्डेजको पासमा गोल गरेका थिए । यो गोलसँगै चेरिसेभले दुई खेलमा तीन गोल पुर्याएका छन् ।

तीन मिनेटपछि आर्टेम ज्युबाले उत्कृष्ट व्यक्तिगत गोल गर्दै रुसको अग्रता ३–० मा लम्ब्याए ।

७३औं मिनेटमा इजिप्टले पेनाल्टी पायो । इन्ज्युरीका कारण पहिलो खेल नखेलेका सलाहलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई सलाहले नै गोलमा परिणत गरे । तर त्यो गोल हार टार्नका लागि पर्याप्त भएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान

सम्बन्धित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

विश्वकप २०२६ : हालान्डको दोहोरो प्रहार र इराकको दुर्भाग्यपूर्ण गल्ती, नर्वेको प्रभावशाली ४–१ जित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group