ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुरलाई मेडिकल सिटी बनाउनुपर्छ : अध्यक्ष दाहाल


एबीसी न्यूज

चितवन, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

जिल्लाका स्वास्थ्यकर्मीहरुले आज यहाँ आयोजना गरेको समग्र चितवनको स्वास्थ्य विकाससम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्यका पूर्वाधारहरु बन्दै गएकाले भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्न सहज हुने बताउनुभयो ।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहनुभएका दाहालले यहाँको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र दुई दर्जन निजी अस्पतालले पु¥याएको सेवाको चर्चा गर्दै स्वास्थ्य सेवाको स्तरवृद्धि गरी मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

भरतपुर महानगरको नेतृत्वमा समिति निर्माण गरी जिल्लाको स्वास्थ्य क्षेत्रको विकास गर्नुपर्ने भन्दै उहाँले त्यसका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताउनुभयो । भरतपुर महानगरपालिकाको गुरुयोजना देशकै नमूना गुरुयोजना बनाएर राष्ट्रलाई दिशानिर्देश गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा भोजराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्यमा पनि समृद्ध चितवन बनाउनुपर्ने बताउनुभयो । समग्र चितवनको स्वास्थ्य क्षेत्रको विकासका लागि बोर्ड गठन गरी एकद्वार प्रणालीबाट काम गर्नुपर्ने उहाँले बताउनुभयो । रोगको अनुसन्धानका लागि उच्चस्तरको प्रयोगशाला जिल्लामा स्थापना गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

जनस्वास्थ्य कार्यालय, चितवनका प्रमुख विजयकुमार झाले चितवन मेडिकल हवसँगै रोगको पनि हव बन्दै गएको भन्दै समयमै सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले यस्तो जिल्लामा पनि चेपाङ समुदायमा बच्चाले नै बच्चा पाएको भन्दै त्यसतर्फ राज्यको ध्यान जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रबिन खड्काले भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले क्यान्सर अस्पतालका समस्या, चुनौती र भावी कार्यक्रमका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com