ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक विकास र समृद्धिका लागि ऐतिहासिक अवसर : घनश्याम भुषाल


admin

बुटवल, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य घनश्याम भुसालले नेपालको आर्थिक बिकास र समृद्धिका लागि ऐतिहासिक अवसर आएकोले कम्युनिष्ट पार्टीले यसलाई समात्न सक्नुपर्ने बताउनुभएको छ ।

बुटवलको एक कायक्रममा बोल्दै नेकपा नेता भुषालले अहिलेको ऐतिहासिक समय र अवसरलाई गुमाए मुलुक धेरै पछाडि पर्ने बताउनुभयो । भुषालले यस्तो ऐतिहासिक अवसर बिरलै आउने बताउँदै २००७ साल, १७ साल र ४६ सालमा पनि यस्ता अवसर सदुपयोग गर्न नसकिएको स्मरण गर्नुभयो ।

अहिले पनि त्यस्तै ऐतिहासिक अवसर आएको भन्दै गुम्न दिन नहुने पनि उहाँले बताउनुभयो । नेकपा नेता भूषालले देश निर्माणको जिम्मा कम्युनिष्ट पार्टीको काधमा आएको उल्लेख गर्दै बिकास र समृद्धिको जनताको चाहनालाई पुरा गर्ने बताउनुभयो । उहाँले काग्रेसले अवसरलाई समात्न नसकेर इतिहासमा पछाडी परे जस्तो नहुन कम्युनिष्ट पार्टी नेता कार्यकर्ता भ्रष्टाचारमा छैन भन्ने ग्यारेण्टी हुनुपर्ने धारणा राख्नुभयो ।

उहााले बैदेशिक अनुदानले मुलुक नबने भएकाले स्वार्थमा अनुदान लिनु भन्दा ऋण लिएर दृढ संकल्पित भएर मुलुक निर्माणमा लाग्नुपर्ने बताउनुभयो । अहिलेको बजेट यथार्थ परक आएकाले साउनदेखि बृद्धभत्ता ५ हजार पुर्याउछौ भनेर गरेको प्रतिवद्धता समेत गर्न नसके पनि आउदो वर्ष पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकिकरण पश्चात भातृ संगठनको नेतृत्व चयन बरिष्ठता, सक्रियता र पार्टी एकताको भावनाका आधारमा छिट्टै टुग्याउने जानकारी दिनुभयो । तिनाउ नदीमा भइरहेको उत्खननका सम्वन्धमा भुसालले नदीमा दोहन र लुट भइरहेको बेला राजनीतिक तहमा मौन रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भक्तपुरको मनोहरा खोला बस्तीमा पसेपछि…

काठमाडौं, २५ साउन । भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेको छ । खोलाले कटान गरी आसपासका बस्तीमा पसेको हो । मंगलबार रात बाढी पसेपछि

परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली टोली चीनमा, आज दुईपक्षीय छलफल हुने

काठमाडौं, २५ साउन ।   चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्काको नेपाली टोली र चिनियाँ प्रतिनिधिबीच आज छलफल हुने भएको छ । यसअघि सम्झौता भएका भौतिक

प्रहरी कार्यालयसहित काठमाडौंको काँडाघारीका बस्ती डुवानमा, १५ जनाको उद्धार

काठमाडौं, २५ साउन ।  अविरल वर्षाले काठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभाग र बस्तीहरू डुवानमा परेको छ।गए राति परेको वर्षाले प्रहरी कार्यालय नै डुवानमा परेको हो। साथै

सम्बन्धित

भक्तपुरको मनोहरा खोला बस्तीमा पस्यो, १०० घर प्रभाव

आज प्रतिनिधिसभाको बैठक बस्दै

फिल्म छायांकार विदुर पाण्डेको हृदयघातले निधन

थप ९ सय ३४ जनामा कोरोना पुष्टि, ४ सय ७० जना निको

न्यायधिवक्ता अधिकारीमाथि उजुरी

विप्लवका ‘बहुमत विद्रोही’र मोहन वैद्यको क्रान्तिकारी माओवादीबीच एकता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...