ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजको सांसद बैठकमा कसले के भने ?


एबीसी न्यूज

काठमाडौँ, २७ जेठ।  सांसदले स्थानीय विकास निर्माणदेखि जनताको दैनिक समस्याका विषयमा सरकारले ध्यान दिन नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै विशेष समय लिँदै उनीहरुले सार्वजनिक चासोका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधान गर्न आग्रह गरे ।

सांसद पुष्पा भुसालले संवैधानिक सर्वोच्चतालाई कायम राख्दै सभामुख वा उपसभामुख एकै दलको हुन नहुने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताइन् । विधिको शासनअनुसार संसदीय व्यवस्थाअनुसार अभ्यास हुनुपर्नेमा जोड दिँदै उनले एक दलीय सर्वसत्तावाद लागू गर्न खोजेको आरोप लगाइन् ।

सांसद रामसहायप्रसाद यादवले बारामा बन्न गइरहेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने क्षेत्रको सही मूल्यांकन गरी मुआब्जा उपलब्ध गराउनुपर्ने बताए । उनले सिम्रौनगढ भन्सार सुधार गर्न सरकारसँग माग गरे ।

सांसद राजकिशोर यादवले सिरहाका जिल्ला शिक्षा अधिकारीले आवश्यकताअनुसार दरबन्दी व्यवस्थापन नगरी अनियमितरुपमा बाँडफाँड गरेको भन्दै विश्वसनीय आधारमा काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले विकास निर्माण कार्यमा ढिलाइ गर्ने निर्माण व्यवसायीले ठूला नेताको आडमा गृहमन्त्रालयलाई चुनौती दिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रेम सुवालले वाग्मती र विष्णुमती क्षेत्रमा सार्वजनिक जग्गा हडपेको भन्दै त्यसतर्फ छानविन गर्न आग्रह गरे । उनले काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्न आग्रह गरे ।

सांसद दुर्गा पौडेलले हरेक स्थानीय तहमा सडक सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिइन् ।

अर्का सांसद दिलेन्द्र बडूले वैदेशिक रोजगारीको सिलसिलामा अरब देशमा गएका नेपाली अमरबहादुर बमको जीवन रक्षाको माग राख्दै परराष्ट्रमन्त्रीले उक्त विषयमा यथोचित ध्यान पु¥याउन नसकेको बताए ।

सांसद पूर्णकुमारी सुवेदीले वर्षात्का समयमा तराईका विभिन्न जिल्लामा बाढीबाट प्रभावित हुने गरेको भन्दै विपद्को पूर्व तयारी गर्नुपर्नेमा जोड दिइन् ।

सांसद हितबहादुर तामाङले नुवाकोट–काठमाण्डु जोड्ने सडकको निर्माण कार्य जारी रहेकाले यातायात आवागमनमा समस्या आएको, वैकल्पिक मार्गका रुपमा रहेको टोखा–छहरे सडकखण्डमा समेत लामो समयसम्म जाम पर्नुपर्ने बाध्यता आएको भन्दै तत्काल निर्माण कार्य अगाडि बढाउन माग गरे ।

सांसद यज्ञराज सुनुवारले ओखलढुंगा, सोलुखुम्बु, सिन्धुलीलगायतका जिल्लामा १० टनभन्दा बढी भार क्षमताको सवारीसाधन चलाउन नपाउने भन्ने अदालतको आदेशका कारण दैनिक जनजीवन प्रभावित भएको, निर्माण सामग्री अलपत्र परेको भन्दै वैकल्पिक व्यवस्था गर्न माग गरे ।

सांसद विरोध खतिवडाले काठमाण्डु–चित्लाङ सडकखण्ड निर्माणका क्रममा निस्किएको ८३ हजार घनमिटर ढुङ्गा रु ३६५ मा लिलाम गरिएको भन्दै आपत्ति जनाए । उनले वन विभाग, गणेशमान मार्ग आयोजनाका प्रमुख र सरोकार नै नभएका व्यक्तिले निर्णय गरेकामा तत्काल कारवाही गर्न माग गरे ।

सांसद झपटबहादुर रावलले संघीय संसद्का गतिविधिमा गैरसरकारी संस्थाको रकम प्रयोग गरिएकोमा आपत्ति जनाउँदै जनप्रतिनिधिमूलक संस्थामा दातृ निकायको रकम लिनु र खर्च गरिनु सार्वभौम मुलुकलाई नसुहाउने विषय भएको बताए ।

सांसद सत्या पहाडीले कालीकोटको नरहरिनाथ गाउँपालिकामा यही जेठ १९ गते स्थानीय जनप्रतिनिधि मना सार्कीको हत्या भएको भन्दै हत्यामा संलग्न दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई उचित राहतको प्रबन्ध गर्न आग्रह गरे । यस्तै, अर्का सांसद पार्वतीकुमारी विसंखेले पनि एक्काइसौँ शताब्दीमा पनि जातपातका आधारमा छुवाछूत गरिनु र हत्यासम्म गरिनु सभ्य समाजका लागि सुहाउँदो विषय नभएको भन्दै दोषीमाथि कारवाही गर्न माग गरे ।

सांसद भवानीप्रसाद खापुङले तमोर जलाशययुक्त आयोजनाको महत्वबारे सदनलाई जानकारी गराउँदै सो आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न माग गरे ।

नेपालकै सस्तो र बहुउद्देश्यीय आयोजना सरकारकै पहलकदमीमा निर्माण हुनुपर्नेमा जोड दिए ।

सांसद शशि श्रेष्ठले साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा काम गर्ने संस्था वा निकायलाई राज्यले जुनरुपमा ध्यान दिनुपर्ने हो त्यो हुन नसकेकामा आपत्ति जनाइन् ।

सांसदहरु नरबहादुर धामी तथा यज्ञबहादुर बोगटीले राष्ट्रिय तथा स्थानीय समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११ः०० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com