ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजविराज विमानस्थलबाट नियमित सेवाको तयारी , मर्मत सम्भार गर्ने कार्य सुस्त


एबीसी न्यूज
जेष्ठ २४, २०७५ बिहीबार  ११ : ०३ बजे


सप्तरी, २४ जेठ ।  राजविराज विमानस्थलबाट उडान गर्न अनुमति पाएको श्री एयरलाइन्सले असार १ गतेबाट आफ्नो सेवा दिन सम्पूर्ण तयारी गरिसकेको जनाएको छ ।

श्री एयरलाइन्सका बजार व्यवस्थापक सुजन विष्टले आगामी असार १ गतेबाट काठमाडौं–राजविराज नियमित जहाज उड्ने सम्पूर्ण आन्तरिक तयारी भइसकेको जानकारी दिएका छन् ।

एयरलाइन्सका तर्फबाट राजविराज विमानस्थल र बजार व्यवस्थापनका लागि राजविराज आइपुगेका बजार व्यवस्थापक विष्टले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार पूर्वनिर्धारित कार्यक्रम अनुसार एयरलाइन्सले सप्तरीवासीसँग गरेको प्रतिबद्धता पुरा गर्न हरसम्भव प्रयासरत रहेको छ ।

नागरिक उड्ययन प्राधिकरणले टर्मिनल भवनमा रहेको यात्रु प्रतिक्षालय, भिआइपी कोठा लगायतको मर्मत सम्भार गर्ने कार्य सुस्त गतिमा गरिरहेको प्रति बजार व्यवस्थापक विष्टले चिन्ता व्यक्त गरेका छन् ।
“विमान संचालन गर्ने समय नजिकै जाँदा हालसम्म भौतिक संरचनाको मर्मत गर्ने काम सुस्त गतिमा भइरहेकोले असार १ गते उडान हुने नहुने कुरामा शंका उब्जिएको छ ।” उनले भने, “विमानस्थल संचालनको महत्वपूर्ण पाटो टर्मिनल भवन नै रहेकोले टाबर जडान, यात्रु प्रतिक्षालय, चेकिङ रुम, टिकट रुजु गर्ने कक्ष लगायतको काम पहिले नै हुनुपर्ने हो ।”

यस्तै विमान ल्याण्ड गर्ने स्थल नजिकै रनवे कालोपत्रे गर्न प्रयोग गरिएको निर्माण सामाग्रि तथा उपकरणहरु हालसम्म पनि त्यही रहेकोले विमान ल्याण्ड गर्न अफ्ठ्यारो हुने जिकिर गर्दै त्यस्ता उपकरणलाई सक्दो चाडै सो स्थानबाट अन्यत्र व्यवस्थापन गर्न सुझाव समेत दिए । यात्रुहरुलाई विमानसम्म पुग्न एकमात्र बाटो टर्मिनल भवनहुँदै रहेकोले टर्मिनल भवन वरिपरि रहेको क्षेत्रलाई घेरबार गर्न समेत सम्बन्धीत निकायलाई उनले आग्रह गरे ।

त्यस्तै विमानस्थलमा पार्किङको व्यवस्था तथा यात्रुहरुको आफन्तहरुलाई बस्ने कक्ष समेत नरहेकोले त्यसतर्फ ध्यान पु¥याउन विमानस्थल व्यवस्थापनलाई आग्रह गरिएको छ । विमानस्थलसम्म पुग्न लिंक रोडबाट झण्डै एक किलोमिटरको सडक समेत जिर्ण रहेकोले सो सडकलाई चाडै कालोपत्रे गर्न सकिए यात्रुहरुलाई आवतजावत गर्न सजिलो हुने उनको तर्क छ ।
एयरलाइन्सका बजार व्यवस्थापकद्वयले सप्तरीवासीको दशकौदेखी विमान चढ्ने सपनालाई मध्यनजर गर्दै विमानको न्युनतम भाडादर ३ हजार ५ सय राखिएको समेत जानकारी दिए ।

यसअघि जेठ ९ गते लामो समयको प्रतिक्षापछि संस्कृतिक पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्रनाथ अधिकारीले श्री एयरलाइन्सको ९ एएएमए जहाजबाट नवनिर्मित काठमाडौं–राजविराज विमानस्थलको रनवे उद्घाटन गरेका थिए । यसको एक दिनअघि श्री एयरलाइन्सको सोही जहाजले रनवेमा सफल उडान परिक्षण गरेको थियो ।
उद्घाटन पश्चात् आयोजित कार्यक्रममा कार्यक्रममा श्री एयरलाइन्सका प्रमुख सुधिर मित्तललाई मन्त्री अधिकारीले असार १ गते भित्रै नियमित उडान सेवा संचालन गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com