ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुट, ब्लेजर लगाउने सहि तरिका, के तपाईलाई थाहा छ यसको नियम ?


admin

 

 

काठमाडौं, २५ जेठ । क्यासिक र जेन्टलम्यान लुकको लागि सुटभन्दा बेस्ट उपाय अर्को छैन । सुट सेट वा ब्लेजर हरेक इभेन्टमा सुहाँउछ । तथापी सुट सेटलाई फर्मल इभेन्टमा बढी लगाईन्छ । सुट लगाउँदा पनि केही नियमहरु छ । सिंगल ब्रेस्ट कोट वा डबल ब्रेस्ट कोट लगाउँदा नै होस् कोट लगाउने पनि सहि तरिका छ ।

सबैभन्दा पहिले ध्यान दिनुपर्ने कुरा दुई वटा छ-

1. तपाई सिंगल ब्रेस्ट वा डबल ब्रेस्ट कुन कोट लगाउँदै हुनुहुन्छ ?
2. र, सिंगल ब्रेस्ट कोटमा १,२ वा ३ कति वटा बटन छ ?

सिंगल ब्रेस्ट vs डबल ब्रेस्ट 

कोटमा एउटा कोलममा मात्र बटन छ, र बटन लगाउँदा थोरै मात्र कपडा एकमाथि अर्को खप्टिन्छ भने त्यसलाई सिंगल ब्रेस्ट कोट भनिन्छ । जबकी डबल ब्रेस्ट कोटमा दुई वटा कोलममा बटनहरु हुन्छन् । बटनहरु समानान्तर र लगाँदा धेरै कपडा आपसमा खप्टिन्छ ।

1) सिंगल ब्रेस्ट कोट वा ज्याकेटको लागि नियमहरु

प्राय चल्तिको कोट, ज्याकेटहरु सिंगल ब्रेस्ट हुन्छ । यसको बटन कसरी लगाउने भन्ने विषय यसमा रहेको बटनको आधारमा तय हुन्छ ।

एक बटन

 

 

 

1. यदि ज्याकेट वा कोटमा एउटा मात्र बटन छ भने उभिदा यसलाई सर्धै बन्द गर्नुपर्छ ।
2. बस्दा बटन खोलेर बस्नुपर्छ ।

दुई बटन

 

1. दुई बटन भएको कोट लगाउँदा माथिल्लो बटन उभिदा सधैँ लगाउनुपर्छ ।
2. बस्दा दुवै बटन खुल्ला छोड्नुपर्छ । तर फेरी बसेर उठ्ने हो भने माथिल्लो बटन पुन लगाउनुपर्छ ।
3. दोस्रो बटन उभिदा वा बस्दा सधैँ खुल्ला छोड्नुपर्छ ।

कोट, ज्याकेटको अन्तिम बटन सधैँ खुल्ला छोड्नुपर्छ । किन ? किनकी दुई बटन भएको कोट यसरी नै डिजाईन गरिएको हुन्छ । स्टाईलको लागि मात्र दोस्रो बटन राखिएको हो । कोटको अन्तिम बटन लगाउँदा तल्लो पेटको एरिया टाईट देखिन्छ र त्यसपछि हिपदेखि तलको भाग फैलिएको देखिन्छ । दोस्रो कारण भने दुई बटै बटन लगाउँदा कोटको छातिको एरिया उठेको जस्तो देखिन्छ । अन्तिम बटन नलगाउने नियम तीन बटै बटन भएको कोटमा पनि लागु हुन्छ ।

तीन बटन

कोटमा तीन वटा बटन छ भने पहिलो बटन जे गरेपनि हुन्छ । दोस्रो उभिदा सधैँ लगाउनुपर्छ । र तेस्रो माथि भने जस्तै सधैँ खुला छोड्नुपर्छ ।

1. उभिदा पहिलो बटन लगाए पनि हुन्छ । तथा खुल्लै छोड्दा केहि फरक पर्दैन ।
2. दोस्रो बटन उभिदा सधैँ लगाउनुपर्छ । बस्दा खुला छोड्ने र पुन उभिदा पुन लगाउने ।
3. तेस्रो बटन कहिल्यै नलगाउने ।

प्राय तीन वटा बटन हुने कोटहरु पहिलो र अन्तिम बटन खुल्लै छोड्नको लागि बनाईएको हुन्छ । कतिपयमा कोटको गलाले पहिलो बटनलाई छोपेको हुन्छ । र, लगाउँदा असहज हुन्छ भने पहिलो टाँक नलगाएकै राम्रो हुन्छ । त्यस्तै अन्तिम बटन लगाउँदा पनि असहज महसुस हुन्छ ।

यदि तीनभन्दा बढी बटन भएको कोट छ भने पनि अन्तिम बटन सधैँ खुल्ला छोड्नुपर्छ । तर, अक्सर कोटमा तीन वटा मात्र बटन हुन्छ ।

2) डवल ब्रेस्ट कोट वा ज्याकेटको लागि नियमहरु

डबल ब्रेस्ट कोट लगाउन सबैभन्दा सजिलो छ । डबल ब्रेस्ट कोट लगाउदा सबै बटनहरु लगाउनुपर्छ । एउटा मात्र बटन खुल्ला छोड्ने हो भने पनि अनौठो देखिन्छ । यदि कुनै बटन खुल्लै छोड्ने नै हो भने पनि पहिलो बटन भने सधैँ लगाउनुपर्छ ।

परम्परागत तरिकाले नियम फलो गरेर कोट लगाउने हो भने यसका नियमहरु यी हुन् । तर, छ नि एउटा भनाई ‘अकवरी सुनलाई कसी लाउनु पर्दैन’ भनेजस्तै जसरी लगाएपनि लुगा आखिर लुगा नै हो । आफुलाई जसरी सहज हुन्छ त्यसरी नै लगाउने हो ।

तर फेरी यो सोचौ कसैगरि कुनै मौकामा विशिष्ट व्यक्तिहरुसंग भेट गर्न जादैँ हुनुहून्छ, वा विदेशी पाहुनासंग उठबस गर्नुपर्ने भयो वा अन्र्तवार्ता लिन जानुपर्ने भयो भने नियम फलो गरेरै लगाएको राम्रो, कि कसो मित्रहरु ?

र, अन्त्यमा जादाजादैँ ट्रेन्ड सुरु हुन पछाडिको किस्सा..

कोटको टाँक लगाउने वा नलगाउने नियम राजा ईडवार्ड सातौंको पालाबाट सुरु भएको हो । उनी निकै मोटो थिए र सहजताका लागि अन्तिम बटन सधैँ खुल्लै छोड्थे । उनका भाई भारदारहरुले सम्मान वा डरले उनकै अनुसरण गर्न थाले । र, अन्तिम बटन खुल्लै छाड्ने ट्रेन्ड सुरु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com