ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरप्रहरीले अवैधरुपमा रकम उठाउँदै


एबीसी न्यूज
जेष्ठ १७, २०७५ बिहीबार  १ : ४७ बजे

वीरगञ्ज, १७ जेठ ।  भारत रक्सौलका श्री मुखियाले साइकलमा एक टोकरी अनार लिएर वीरगञ्जको मीना बजारमा बेच्न ल्याउँदा वीरगञ्ज भन्सार गेटमा रु १५०, वीरगञ्ज महानगर पालिकाको नगरप्रहरीलाई रु ५० तथा ठेकेदारलाई रु २५ बुझाउने गर्नुहुन्छ ।

भारतकै मझौलिया बस्ने नन्दु मुखिया र रामगढ्वा बस्ने बिर्जु साहले पनि यसैगरी रकम बुझाएर आफ्नो व्यापार गर्दै आउनुभएको छ । मुखिया र साह एउटा प्रतिनिधि पात्र मात्र हुन । अहिले भारतको रक्सौलबाट अनार, स्याउ, आँप र लिचीको व्यापार गर्न फुटकर व्यापारी भन्सार कर्मचारी, नगर प्रहरी र पिठिया ठेकेदारको लागि दुहुनो गाई भएका छन् ।

ती भारतीय फुटकर व्यापारी मागे जतिको रकम दिएर आफ्नो व्यापार गर्दै आएका छन् । वीरगञ्जमा यस्ता व्यापार गर्ने भारतीय फुटकर व्यापारीको संख्या करिब पाँच सयको हाराहारीमा छ । उनीहरु बिहानै रक्सौलबाट आएर वीरगञ्जको मीना बजार, घण्टाघर, नारायणी अञ्चल अस्पताललगायत ठाउँमा व्यापार गर्दैआएका छन् ।

वीरगञ्ज महानगरपालिका मातहतमा रहेको नगरप्रहरीले माईथानदेखि मीनाबजार घण्टाघरसम्म सडकपेटीमा साइकल तथा ठेलामा व्यापार गर्नेसँग अवैधरुपमा रकम उठाउन थालेपछि ती व्यापारी आर्थिक मारमा परेका छन् ।

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले नगर प्रहरीले पैसा उठाइरहेको उजुरी आए कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com