ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसपाली डोल्पाली स्याऊ उत्पादन घट्ने, मारमा कृषक


admin

डोल्पा, १६ जेठ । हिमाली जिल्ला डोल्पामा यस बर्ष स्याउ उत्पादन घट्ने भएको छ । गत दुई महिना यता पटक–पटकको असिना पानी र हावाहुरीका कारण गत बर्ष भन्दा यर्सबर्ष सत्तरी प्रतिशतले स्याउ उत्पादन घट्ने स्थानीय कृषकहरुले बताएका छन् । डोल्पाली कृषकको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको स्याउ उत्पादन घट्ने भएपछि कृषक मारमा परेका छन् ।

यहाँको जुफाल, डाँगीवाडा, सुँ,जिँउ, रङ्ग, गल्ली, लिकु, रह,नाउला लगाएतका स्थानहमा स्याउको ब्यसायिक खेती गरिएको छ ।

यस बर्ष चैत्र अन्तिममा परेको असिना पानीले जिल्लाको अधिकाशं स्थानमा ब्यबसायिक रुपमा लगाईएको स्याउको फुल नष्ट पारेको स्याउ कृषहरुले बताए ।

“स्याउका बोटहरु फुलेर सेताम्य भएको बेला हावाहुरी र असिनापानीले झा-यो । झारेर बाँकी रहेका फल लागिसकेको स्याउ पनि जेठको असिनापानीे नष्ट पा-यो ”, ठुलीभेरी नगरपालिका ७ जुफालका जित बहादुर शाहीले भन्नुभयो ।

“मैले दुईसय बोट स्याउ रोपेको छु । हावाहुरी र असिनापानीले अधिकाशं बोटको फुल र फल नष्ट पा-यो । अघिल्लो बर्षभन्दा यसबर्ष सत्तरी प्रतिशत स्याउ उत्पादन घट्ने देखिएको छ ।”, कृषक शाहीले भन्नुभयो ।

“गत बर्ष एकलाखको स्याउ बेचेको थिए,यस बर्ष तीस हजारको बिक्रि गर्न पनि मुस्किल छ,यस बर्ष डोल्पाका स्याउ कृषकहरु साह्रै मारमा परेका छन्”उहाँले थप्नुभयो ।

त्यस्तै त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ३ मा पर्ने जिँउ गाँउका स्याउ कृषक रञ्जित बाहोराको तीन सय बोट स्याउमा पनि असिना पानी र हावाहुरीले क्षती पु-यायो ।

“गत बर्ष दश क्विन्टल स्याउ उत्पादन भएको थियो,पाँच क्विन्टल मुश्किलले बिक्रि गरे,बिक्रिका लागि बजार नहुँदा आधा निशुल्क बाँडे,आधा घरमै कुहियो”, कृषक शाहीले थप्नुभयो ।

“यस बर्ष बिस हजार बराबरको स्याउ पनि उत्पादन नहुने देखिएको छ । हावाहुरी र असिना पानीले सबै नष्ट पारेको छ । क्षतीपुर्तीका लागि नगरपालिका, कृषि कार्यालय सबैमा निवेदन दिएका छौँ”।

“स्याउको बिमा पनि गरेका छौँ । थोरै भएपनि त्यसबाट राहत मिल्ने आसा छ ” कृषक बोहोराले भन्नुभयो ।

डोल्पामा शिखर ईन्सोरेन्सले फलफुल बिमा कार्यक्रम लागु गरेको छ । गत बर्षमात्रै असिना पानी र हावाहुरीका कारण ब्यबसायिक स्याउ खेती नष्ट हुँदा पिडित बनेका कृषकहरुलाई ५ लाख ६ हजार ८ सय २३ रकम बितरण गरिएको थियो ।

अहिले जीँउ गाँउमा मात्रै साठी जना भन्दा धेरैले ब्यबसायिक स्याउ उत्पादन गर्छन् । डोल्पाको मुख्य उत्पादन भित्र पर्ने दाँते ओखर भने यसबर्ष राम्रो फलेको स्थानीय कृषकहरुले बताए ।

डोल्पा कर्णालीमै स्वादिष्ट स्याउ उत्पादन हुने जिल्लाको रुपमा चिनिँदै आएको छ । तर डोल्पाली कृषकहरुले उत्पादन गरेको स्याउ खपत हुने बजार नहुँदा बर्सेनी लाखौँ मुल्य बराबरको स्याउ घरमै कुहिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com