ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेशमा हवाइ भाडा पुनरावलोकन, हेनुहोस् कति भाडा कायम भयो ?


admin
जेष्ठ १४, २०७५ सोमबार  ५ : ४३ बजे

डोल्पा, १४ जेठ । कर्णाली प्रदेशको दुर्गम र पहाडी जिल्लाको हवाइ भाडादर पुनरावलोकन तथा समायोजन भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले दुर्गम तथा हिमाली जिल्लामा सात बर्ष पछि भाडादर पुनरावलोकन गरेको हो ।

अब कर्णालीका दुर्गम हिमाली जिल्लामा नियमित सेडुलका उडान गरि चार्टर उडान बन्द हुने भएको नेपाल नागरिक उड्यन प्राधिकरणले जानकारी दिएको छ ।

कर्णाली लगायतका दुर्गम जिल्लाहरुमा भाडादर पुनरावलोकन गरिएको र बिमान कम्पनीसंगको सम्झौता अनुसार चार्टर उडान बन्द गरि सेडुलका उडान भर्ने निर्णय भएको नागरिक उड्यन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रताबबाबु तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्गम क्षेत्रको भाडादर पुनरावलोकन तथा समायोजनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गएको बैशाख २६ गते मन्त्रीस्तरीय बैठकबाट स्वीकृत गरेको बताउनुभयो ।

कर्णाली तथा दुर्गम हिमाली जिल्लामा तारा,गोमा,सिता,मकालु र नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन ।

लामो समय देखि कर्णालीका जिल्लामा उडान भर्दै आएको तारा एयरले अब चार्टन उडान नर्भने र सेडुलका मात्र उडान भर्ने तारायएरका नेपालगञ्ज स्टेशन प्रमुख दिलिप कार्किले बताउनुभयो ।उहाँका अनुसार नियमित सेडुलबाटै यात्रुलाइ सेवा प्रदान गरिन्छ तर कसैले निजि रुपमा चार्टर गर्न भने पाउनेछन ।

नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार नेपालगञ्ज डोल्पाको भाडादर ५ हजार ३ सय १० तोकेको छ । यस भन्दा पहिले नेपालगञ्ज डोल्पा ८ हजार ८ सय १५ रुपैया थियो ।

त्यसैगरि नेपालगञ्जबाट सिमिकोटका लागि ७ हजार १ सय ९०,राराको लागि ५ हजार ८ सय ४०,जुम्ला र बाजुराका लागि ५ हजार ४ सय ४० एकतर्फि भाडादर कायम भएको छ ।

हाल कामय भएको भाडादर ३२ प्रतिशतले यात्रुलाइ कम पर्ने प्राधिकरणले जनाएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले ३५ प्रतिशत भाडा पनि बढाएको छ । यसबाट नियमित सेडुलका उडान भर्दा बिमान कम्पनीहरुलाइ घाटा भने लाग्ने छैन ।

डोल्पाबाट नेपालगञ्जका लागि ३ हजार ८ सय १५ रुपैया भाडादरमा बढेर ५ हजार एक सय भएको जुफाल बिमानस्थलको कार्यालयले जानकारी दिएको छ ।

अब यात्रुले नियमित उडानमा यात्रा गर्न पाउने भएको कारण दुर्गम तथा कर्णालीका जिल्लामा हवाइ उडानमा समस्या हुनेछैन् ।

नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार पछिल्लो एक बर्षमा नेपालगञ्ज बिमानस्थलबाट दुर्गम तथा कर्णालीका जिल्लाहरुमा ४१ हजार उडान भरेका छन ।

जम्मा उडानको लगभग आठ हजार उडान मात्र सेडुलका भएको र अन्य सबै चार्टर उडान भएको तथ्यांक प्राधिकरणका नेपालगञ्ज प्रमुख प्रताबबाबु तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’यो दुर्गम तथा कर्णालीका नागरिकको बाध्यता हो रहर हैन अब त्यसो हुदैन ।’

पछिल्लो समय हुम्लाको मानसरोवरमा तिर्थ यात्रूहरु धेरै जाने भएकोले डोल्पामा दैनिक एक उडान मात्र हुने गरेकोले यात्रा गर्न कठिन भएको नागरिकको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com