ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरियन भाषाको परीक्षा दिँदा के-के विषयमा ध्यान दिने ?


admin

काठमाडौं । सन् २०१९ का लागि कोरियाले नेपालका लागि ७ हजार १ सय जना कामदारको कोटा दिएको छ । भाषा उतीर्ण गनुपर्ने प्रावधान अनुसार आगामी असार २६ र २७ गते कोरियन भाषाको परीक्षा हुँदैछ । यो वर्ष ८२ हजार २३५ जना परीक्षार्थीले ईपीएस कोरियन भाषा परीक्षा दिँदैछन् ।

काठमाडौंबाट ६० हजारले परीक्षा दिदैछन् भने १२ हजार परीक्षार्थीलाई पोखराबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए अनुसार परिक्षाको लागि काठमाडौंमा १६, ललितपुरमा ८ र पोखरामा ४ वटा परीक्षा केन्द्र तोकिएका छन् ।

कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने गर्छ । त्यसकारण नतिजा आउन समय नलाग्ने भण्डारीले बताए । उनले परीक्षा दिन आउँदा प्रवेशपत्र र सक्कल राहदानी अनिवार्य रुपमा ल्याउन आग्रह गरे । दुईमध्ये एउटा मात्रै छुटेमा पनि परीक्षा दिन नपाइने उनले बताए ।

यस्तै परीक्षार्थीले उत्तरपुस्तिकामा चिन्ह लगाउने प्रयोजनमा कालो बलपेन नै प्रयोग गर्नुपर्नेछ ।

यस्तै परीक्षामा आउँदा मोबाइलसहित कुनै स्मार्ट डिभाइसहरु नबोक्न पनि ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ ।

परीक्षामा नक्कली परीक्षा दिने र दिन लगाउनेलाई ३ वर्षसम्म भाषा परीक्षा दिन नपाउने गरी निष्काशन गरिने भण्डारीले बताए । उनले गतवर्ष विभिन्न परीक्षा केन्द्रमा नक्कली परीक्षा दिने र दिन लगाउने २९ जनाको र्फम यस वर्ष रद्ध गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन

काठमाडौं, १४ माघ । सर्भरमा समस्या आएकाले केही समयदेखि नेपाल सरकारमातहत रहेका सबै वेबसाइटहरू खुलेका छैनन् । सर्भरमा समस्या आएकाले १ घण्टादेखि सरकारी वेबसाइट बन्द

सर्वोच्च अदालतको फैसलाविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रचण्ड र ओली विरुद्ध अभद्र नारावाजी

  काठमाडौं १४ माघ। रवि लामिछानेको नागरिकतासम्बन्धी विवादका बारेमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध लामिछानेको पार्टीका कार्यकताहरुले काठमाडौंमा प्रदर्शन भएको छ। शनिबार लामिछानेको पार्टि समर्थक युवाहरूको

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं १४ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै गृह मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्। उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछानेले राजीनामा दिएसँगै गृह मन्त्रालयको

सम्बन्धित

मलेसियामा बन्धक बनाइएका नेपाली कामदारको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

अमेरिकामा गाडीबाटै लुटियो नेपाली दूतावासको रकम

युक्रेनमा फसेका दुई सय ४४ नेपाली सुरक्षित गन्तव्यमा पुगे

युक्रेनमा रहेका सबै नेपाली सुरक्षितः एनआरएनए

जापान र नेपालको सम्बन्ध थप मैत्रीपूर्ण बनाउन मिडियाले भूमिका खेल्नुपर्छ : संचार मन्त्री गुरुङ

नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com