ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुकुम्बासीका सरकारी आवास कब्जा जमाउँदै सरकारी निकाय


एबीसी / संवाददाता

डा. बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालमा वागमती किनारामा बस्ने सुकुमबासीलाई हटाउने अभियान सुरु भयो । डाक्टर भट्टराईले धेरैवर्ष पछि सो अभियानको बारेमा एबीसी टेलिभिजनसँग खुलेर कुरा गरेका छन् । डा. भट्टराईले इचंगुनारायणमा भूमिहिनहरुका लागि एकीकृत आवास भवन निर्माण गर्दैगर्दा, सो भवन कब्जा गर्न भूमाफियाहरुको षड्यन्त्रमा वागमती किनारामा डोजर लगाइएको दाबी गरेका छन् । आफुलाईं सच्चा कम्युनिष्ट भनेर दाबी गर्नेहरुले भूमाफियाकै पक्षपोषण गर्दै डोजर प्रकरणलाई उचाल्दै ललितपुरको सुन्दरीघाट र काठमाडौंको चोभारलगायतका ठाउँमा समेत अस्थायी बसोबास नदिएको गम्भीर खुलासा समेत उनले गरेका छन् । वास्तविक भूमिहिनलाई बसोबासको व्यवस्था मिलाउने बाबुरामको योजना त्यतिबेला फेल खायो । बाबुराम सुकुमबासी विरोधी बनाइए ।

के वास्तविकता बाबुरामले भनेजस्तै हो त ? घटनाक्रमहरु हेर्दा बाबुरामको दाबीमा दम देखिन्छ । बागमती किनाराको अवस्था उस्तै छ । उल्टै हुकुमबासीहरुको बाहुबली चलिरहेको छ । इचंगुनारायणमा सुकुमबासीका लागि बनेका भवन भने खाली राखिएको छ । विभिन्न संघसंस्था र सरकारी निकायले नै ति भवन हडप्न सुरु गरेका छन् । तर, वास्तविक सुकुमबासी नत अहिलेसम्म पहिचान गरिएको छ, नत, बसोबासको व्यवस्था गरिएको छ । बागमती किनारदेखि इचंगुनारायणसम्म सुकुम्बासीको नाममा गरिएका अनेक फन्डा गरिएका छन् ।


समस्या राजधानीकै

राजधानी काठमाडौंमा सुकुम्बासी समस्या अझै पनि समाधान भएको छैन । न सरकारले समस्या समाधान गर्न ध्यान दिन्छ न त राजनीतिक दलका नेताहरुले नै । सुकुम्बासी बस्ती केबल भोट बैंकको रुपमा मात्रै छ । वास्तविक सुकुम्बासीहरु वर्षौंसम्म राज्यले कतिबेला आफ्नो बस्ती उठाउने हो भन्ने डरैडरमा नदी किनारामा बस्न बाध्य छन् ।

तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको समयमा सुकुम्बासीलाई व्यवस्थित रुपमा बसोबास गर्नका लागि हालको नार्गाजुन नगरपालिका वडा नम्बर १ मा स्थानान्तरण गर्ने बताईएको थियो । आवास क्षेत्र निर्माण सुरु भएको पनि थियो । तत्कालीन डा. बाबुराम भट्टराईको सरकारले जग्गा एकीकरण गरेर शहरी भूमिहिनहरुलाई बसोवासको व्यवस्था गर्न भवन निर्माण गरेको थियो ।

तर पनि ती आवास क्षेत्र निर्माण भएको दुई वर्ष पुरा हुदा“ समेत अहिलेसम्म सुकुम्बासीहरुका लागि प्रयोगमा आउन सकेको छैन ।

सहरी विकास मन्त्रालय अन्तर्गत डिभिजन कार्यालय काठमाडौंले निर्माण गरेको भवन यतिबेला स्थानीय तहले प्रयोग गर्न सुरु गरेको छ । जहाँ नार्गाजुन नगरपालिका वडा नम्बर १ को कार्यलय, सहरी स्वास्थ्य केन्द्र र प्रहरीको अस्थाई पोष्ट सञ्चालन गरिएको छ ।

बागमतिको धोविखोलादेखि बल्खु चक्रपथसम्म नदी किनारामा बसेको बस्तीको उचित पहिचान गरि इ“चगु नारायणमा सरकारले आवास निर्माण गरेको हो । तत्कालिन माओवादीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा न्यून आय भएकाहरुका लागि संयुक्त आवास निर्माण कार्य अन्तर्गत पहिलो चरणमा २०६९ भदौं १ गते आवास निर्माण गर्ने सहमति भएको थियो । सोही क्षेत्रमा मंसिर १० गते दोस्रो चरणको सम्झौता भई आवास निर्माणको काम सुरु भएको थियो । २ सय ३० भवन र २ सामुदायिक भवन निर्माण गर्ने सम्झौता भए बमोजिम अहिलेसम्म २ सय २४ परिवारका लागि आवास निर्माण भैसकेका छन् । जसमा २ वटा सामुदायिक भवन समेत निर्माण सम्पन्न भएको काठमाडौं डिभिजन कार्यालयका सिनियर डिभिजनल ईन्जिनियर लिला खतिवडाले बताए ।

सात रोपनी ७ आना एक पैसा एक दाम क्षेत्रफलमा भन्डै १५ करोडको लागतमा संयुक्त आवास निर्माण भएको हो । भवनहरु ५ तलासम्मका छन् । प्रत्येक परिवारलाई भान्छा कोठा, सुत्ने कोठा र बैठक कोठा, शौचालय र बालकोनीको व्यवस्था गरिएको छ । जहा“ खानेपानी, बिजुलीदेखि पार्किङसम्मको सुविधा छ ।

भवन उपयोग विवाद

सहरी विकास मन्त्रालयले निर्माण सम्पन्न गरेको राजधानीको ईचंगुनारायणस्थित संयुक्त आवासमा वास्तविक सुकुम्बासीहरुका लागि बसोवासको व्यवस्था मिलाउने भनिए पनि अझै योजना पुरा भएको छैन । सुकुम्बासीका लागि बनाइएको यस भवन यतिबेला नगरपालिकाले प्रयोग गरेको छ ।

यसरी निर्माण सम्पन्न भएको भवनमा सुकुम्बासीहरुलाई बस्न दिन नुहने तर्क गर्छन, यहाँका स्थानीय बासीहरु । नार्गाजुन नगरपालिका भित्रकै भूमि हिनहरुका लागि भवन बनेको भन्दै बाहिरबाट आउने सुकुम्बासीहरुलाई बस्न नदिने बताउ“छन स्थानीयबासीहरु ।

यहा“का स्थानीय बासीन्दाले मात्रै होइनन नार्गाजुन नगरपालिका समेत सुकुम्बासीका लागि निर्माण भएका भवन प्रयोग गर्न नदिने बताउ“छन् । नगरपालिकाका प्रशासन तथा योजना शाखा प्रमुख नारायणप्रसाद तिमिल्सिना सुकुम्बासीहरुलाई निर्माण भएका भवन प्रयोग गर्न नदिने बताउ“छन् । उनले सुकुम्बासीलाई स्थानीय स्तरमा ल्याएर राख्दा समाजकै वातावरण अव्यवस्थित र अराजक हुने भन्दै विरोध गरे ।

सरकारले नदी किनारामा अव्यवस्थित ढंगबाट बसोबास गरिरहेका भूमीहिनहरुका लागि बस्ने आवासको व्यवस्थापन गर्न लागे पनि सफल हुन सकेको छैन । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको समयमै सबै सुकुम्बासीहरुलाई व्इवस्थापन गर्ने लक्ष्य राखिएको थियो । काम पनि अघि बढेको थियो तर भट्टराई सरकारबाट बाहिरीएस“गै सुकुम्बासी व्यवस्थापनको कामले गति लिन सकेन ।

यता कृषि, भूमि सुधार तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सुकुम्बासीहरुको व्यवस्थापन गर्न पत्र आएको भएपनि उनीहरुको पहिचानमा समस्या भएको बताउ“छन् । सचिव मैनालीले जुन प्रयोजनको लागि भवन बनाइएको हो सोही कामका लागि प्रयोग गर्नुपर्ने भन्दै छिट्टै उनीहरुको पहिचान गर्ने बताए ।

जबसम्म नदी किनाराका अव्यवस्थित बस्तीको पुर्नवास गर्न सकिदैन तबसम्म राजधानी सहर व्वस्थापन हुन नसक्ने भएकाले आवासको विकल्प सहित खाली गराउनु पर्ने छ । वागमती आसपासमा बसोवास गर्ने अव्यवस्थित बस्तीहरुको पहिचान गरी पुर्नवासको व्यवस्थापन गर्नुपर्ने बताउ“छिन पुर्व मन्त्री हिसिला यमि ।

भूमिहिनहरुका लागि बागमतीबाट ईचंगुनारायणमा स्थानान्तरण गर्न लागिए पनि सरकारले बास्तविक सुकुम्बासीहरुको पहिचान गर्न नसकेकै कारण समस्या आएको हो ।

पहिचान मै समस्या

बागमती किनाराका सुकुमबासीमध्ये अधिकांश सुकुम्बासी नै हैनन् भन्ने तथ्यहरु बलशाली छन् । सुकुम्बासीका नाममा देशको राजधानीको खाली सरकारी जमिन हडप्ने र विस्तारै विस्तारै जमिन अन्य समूह वा व्यक्तिलाई भाडामा लगाएर नाफा कमाउने नाफाखोर हुकुमबासीहरुका कारण वास्तविक सुकुम्बासीको समस्या ओझेलमा परेको छ । सुकुम्बासीलाई सहयोगका नाममा विभिन्न नामधारी संघसंस्थाहरु अहिले सक्रिय भएका छन् । धर्मनिरपेक्षताको फाइदा उठाउंदै क्रिश्चियन धर्म फैलाउने घृणित प्रयास बागमती किनारामा भएको छ । सुकम्बासी टहराभित्र क्रिश्चियनका चर्चहरु ठडिदैछन् । र, पनि, राज्यका निकाय बोल्न सक्दैनन् । तिनै हुकुम्बासी र क्रिश्चियन मिशनका दास बनेका छन्, राजनीतिक दलका नेता कार्यकर्ताहरु । हप्ता असुल्न खप्पिस नेता कार्यकर्ताहरुका लागि बागमती किनार उर्वरा भूमि पनि बनेको छ । अनि, कसरी हुन्छ समस्या समाधान ? कसरी हुन्छ वास्तविक सुकुम्बासीको पहिचान ?

अझ अहिले त, सर्वहारा वर्गको मुक्तिका लागि लड्ने बाचा कम्युनिष्ट पार्टीले गरेको हुन्छन् । तर, के भनौं खै । नेपालका कम्युनिष्ट नेता र मन्त्रीहरु सर्वहारावर्गप्रति कत्तिको जिम्मेवार रहेछन् भन्ने तथ्यलाई त, भर्खरै कम्युनिष्ट सरकारका मन्त्रीहरुको सम्पति विवरण र शिर्ष नेताहरुको जीवनशैलीले कुरीकुरी गरेको छ । सुकुम्बासी समस्याको समाधान गछौं भन्दै अनेकपटक विभिन्न आयोगहरु बनाउने, ती आयोगलाई राजनीतिक भर्तिकेन्द्र बनाउने, सुकुमबासीलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने नीतिकै कारण यो समस्या समाधान नभएको हो । अब, हेरौं, तिनै कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ । सुकुम्बासी समस्याको समाधान कसरी हुन्छ ? सुकुम्बासी समस्या, आजको समस्या होईन । वर्षौदेखि गिजोलिएको समस्या हो । वास्तविक सुकुम्बासीले कुनै राहत पाएका छैनन् । सुकुम्बासीका नाउ“मा जग्गा हडप्ने प्रवृत्ति बढिरहेको छ । वास्तविक सुकुम्बासीको पहिचान नगर्नाले यहा“ धेरै समस्या उब्जिएका छन् । एक ठाउबाट अर्को ठाउ“मा सार्नका लागि पनि धौधौ परेको छ ।

थापाथलीको सुकुम्वासी बस्तीमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको कार्यकालमा एका विहानै डोजर चलाएको घटना उतिबेला निकै चर्चामा थियो । अर्कोतिर सर्वहारा वर्ग र समुदायको मुक्तिका लागि आवाज उठाउने स्वयम् कम्यूनिष्ट नेताहरु नै सुकुम्बासी बस्ती स्थानान्तरण गर्ने प्रक्रियामा बाधन बने । नया“ शक्ति नेपालका संयोजक समेत रहेका भट्टराईलाई भने सुकुम्बासी बस्तीमा डोजर चलेपछि बल्ल थाहा भएको रहेछ । भट्टराईले भूमाफियाहरुले सुकुम्बासीहरुको भलो नचाहेर षड्यन्त्रपूर्वक रुपमा डोजर चलाइएको भएपनि त्यसलाई रोक्ने बताउ“छन् ।

थापाथलीबाट विस्थापित भएका सुकुम्बासीहरुलाई केही समयका लागि अस्थायी बसोवास मिलाउन चोभारको डा“डा देखि ललितपुरको सुन्दरी घाटसम्म टहरा बनाउने प्रक्रिया सुरु भएपनि त्यस क्षेत्रमा कम्युनिष्ट अर्थात बैद्य माओवादी पक्षधर र तत्कालिन एमाले पक्षधरले बाबुरामको योजना असफल बनाउन लागि परे ।

फलस्वरुप सुकुम्बासीहरुलाई भूमाफियाहरुले पुनः थापाथलीमै बसोबासको व्यवस्था गरे । एकातिर तिनै भूमिहिनहरुका लागि ६ वटा भवन निर्माण सम्पन्न भएका छन् भने अर्कोतिर तिनै सुकुम्बासीहरु बाग्मती नदी किनारामै बस्न बाध्य छन् । सरकारकै उदासिनताका कारण उनीहरुको व्ययवस्थापन हुन नसकेको तर्क गर्छिन पूर्व मन्त्री हिसिला यमि ।

यता सुकुम्बासी, गरिव, असहाय र अशक्तहरुको लगत संकलन गर्न थालेको पनि एक दशक हुन थाल्यो अझैसम्म पुरा भएको छैन । झनै सहरिया गरिव र भूमिहिनहरुको पहिचान गर्ने विषय आफैमा कठिन छ । मन्त्रालयका सचिव गोपीनाथ मैनाली पनि पहिचान गर्ने प्रक्रिया अघि बढेको बताउ“छन । मैनालीले सुकुम्बासीहरु अहिले निर्माण सम्पन्न भएका भवनमा बस्न नखोजेको बताए ।

सहरी विकास मन्त्रलायले घरबार बिहीनहरुका लागि बसोबासको व्यवस्था मिलाउन संयुक्त अवास कार्यक्रमको सुरु गरेपनि सफल हुन सकेको छैन । काठमाडौं डिभिजन कार्यालयका सिनियर डिभिजनल ईन्जिनियर लिला खतिवडा सहकारीको अवधारणा अनुरुप न्युन आय भएका भूमिहिनहरुलाई बसोवासको व्यवस्था सरकारले गर्नु पर्ने बताउ“छन् ।

साँढेको लडाईं वाच्छाको मिचाई भने झै यतिबेला लक्षित वर्गका लागि निर्माण भएका सयौं कोठाका आधा दर्जन भवन त्यसै खाली छन् । तीनै लक्षित वर्ग भने फोहोर, वर्षा, घामपानी नभनि छाप्रामा बस्नु परेको छ । सर्वहारा वर्गको मुक्तिको लागि लड्ने भनेर उद्घोष गर्ने कम्युनिष्ट पार्टीको सरकारले अब कसरी सुकुम्बासी समस्याको हल गर्ला त्यो भने हेर्न बा“की नै छ ।

अवश्य पनि भूमिहिन सुकुम्बासीको पहिचना गरी उनीहरुको बसोबासको व्यवस्था मिलाउने दायित्व राज्यको हो । तर, सुकुम्बासीका नाममा सरकारी जमिन कब्जा गर्दै बस्ने प्रवृत्तिलाई स्वीकार गर्न सकिदैन । त्यो पनि देशको केन्द्रीय राजधानीमा आएर जमिन कब्जा गर्दै सुकुम्बासी बन्ने ? यो भन्दा लज्जास्पद कुरा केही हुन सक्दैन । वास्तविक भूमिहिन सुकुम्बासीलाई राज्यले जुन जिल्लाका हुन सोही जिल्लामा बसोबासको व्यवस्था मिलाउनुपर्छ । सुकुम्बासीका नाममा हुकुमबासीहरुको अतिक्रमणलाई नियन्त्रण गर्नैपर्छ । यतिभन्दा भन्दै, यो पनि स्पष्ट हो, राज्यले नै पहल गरेर भूमिहिनका लागि निर्माण गरिएको आवास क्षेत्रलाई अन्य व्यक्ति वा संस्थाले कब्जा गर्ने अधिकार पनि छैन । जसका लागि भवन निर्माण गरिएको हो, उसैलाई भवन प्रयोगको सुविधा दिइनुपर्छ । सुकुमबासी समस्या समाधान गर्न राज्य जिम्मेवार बन्नुपर्छ । सुकुम्बासीको वास्तविक पहिचान गरी उनीहरुको व्यवस्थित बसोबासको जिम्मा लिंदै हुकुमबासीहरुलाई भने कडाईपूर्वक कारवाही गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com