ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ कम्पनीले हाइड्रो आयोजना लियो, सडक पनि ठुलो बन्ने भयो


admin
जेष्ठ ११, २०७५ शुक्रबार  १ : ४१ बजे

मनाङ, ११ जेठ । बेँशीसहर–चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने भएको छ ।

एक सय ४० मेगावाटको क्षमताको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना चिनीयाँ कम्पनीले लिएपछि सडक स्तरोन्नतिको काम पनि आफैले गर्ने भएको हो ।

आयोजनाको ठूल्ठूला सवारी साधन चलाउनुपर्ने तथा सडक साँघुरो भएका कारण चिनीयाँ कम्पनी आफैले सडक स्तरोन्नति गर्ने निर्णय गरेको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत अमृत घलेले बताउनुभयो ।

बेँशीसहर–चामे सडक स्तरोेन्नतिको काम २०७४ भदौदेखि थाल्ने सम्झौता भएको थियो । सो कार्य कान्छाराम कन्सल्टेन्सीलाई रु २२ करोडमा ठेक्का दिइएको थियो । उक्त कन्सल्टेन्सीले सझौता अनुसार सडक मर्मतको काम गरिरहेको अवस्थामा सडक डिभिजन कार्यालय दमौलीले काम गर्न रोक लगाएको छ ।

विसं २०७५ असार मसान्तसम्ममा काम सक्ने सम्झौता अनुसार काम थालेको सडक स्तरोन्नतिको काम २०७४ फागुनदेखि सडक डिभिजन कार्यालयले रोक्का गरेको छ । उक्त कार्यको चिनीयाँ कम्पनीले सडक डिभिजनसँग सम्झौता गर्न बाँकी रहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख भानु जोशीले बताउनुभयो ।

“जेठ मसान्तसम्म चिनीयाँ कम्पनीसँग सम्झौता हुन्छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com