
काठमाडौं, १० जेठ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पहिलो अनौपचारिक बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कुनै ठोस निर्णय गरेन तर बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पद्धति र पाटीले दिएको निर्देशन पलन गर्नुपर्नेमा केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा निर्वाचन आयोगमा दर्ताका लागि ४ सय ४१ जनाकै नागरिकताको प्रतिलिपि र हस्ताक्षर एक सात भित्र बुझाउनु पर्ने भएकाले त्यसका लागि अनौपचारिक बैठक बसेको बताउनुभयो ।
बैंठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई सुदृढ गर्न र पार्टीले दिने जिम्मेवारीलाई तदारुकताका साथ सम्पन्न गर्न सबैलाई निर्देशन दिएका जनकारी दिनुभयो ।
संघीय, प्रदेश र स्थानीय सरकार सञ्चालन गर्दा भ्रष्टाचार नगर्न, हुन दिन, भएमा तत्काल कारबाही र समृद्धिका लागि सुशासन कायम गर्न निर्देशन दिइएको बताउनु भयो ।
मुलुकको मुख्य कार्यभार समृद्धि भएकाले त्यसमा केन्द्रीत हुन पनि अध्यक्षद्वयले निर्देशन दिएका छन्। पार्टीलाई नीति र पद्धतीसम्बत् तरिकाले सम्पन्न निर्देशन भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्