ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असार १ भित्रै राजविराजबाट नियमित जाहाज उड्ने


admin
जेष्ठ १०, २०७५ बिहीबार  ३ : १३ बजे

सप्तरी, १० जेठ । लामो समयको प्रतिक्षा पश्चात् राजविराज विमानस्थलबाट असारको १ गते अघि नै नियमित उडान सुरु हुने भएको छ । श्री एयरलाइन्सको ९ एएएमए जहाजबाट काठमाडौंदेखी राजविराज विमानस्थलको रनवे उद्घाटन गर्न बिहीबार आउनुभएका संस्कृतिक पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्रनाथ अधिकारीले सो कुरा बताउनुभएको हो ।

यसअघि राजविराज विमानस्थल संचालन गर्ने गरि अघिल्लो दिन श्री एयरलाइन्सको सोही जहाजले सफल उडान परिक्षण गरेको थियो ।


नेपाल नागरिक उडड्यन प्राधिकरणद्वारा विमानस्थलको कार्यकक्षमा आयोजित “स्तरोन्नत राजविराज विमानस्थलमा उडान संचालन” कार्यक्रमको उद्घाटन पश्चात् प्रमुख अतिथि मन्त्री अधिकारीले असार १ गते भित्रै नियमित उडान सुरु हुन सबैलाई ढुक्क रहन आश्वासन दिनुभयो । उहाँले पर्याप्त यात्रु होस नहोस् यहाँबाट निश्चित् नियमित उडान हुने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपस्थित श्री एयरलाइन्सका प्रमुख सुधिर मित्तललाई निर्देशन दिँदै मन्त्री अधिकारीले अब ढिला नगरि असार १ गते भित्रै नियमित उडान सेवा संचालनको व्यवस्था मिलाउन भन्नुभयो ।

कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले राजविराजलाई भारतीय शहरसँग जोड्नका लागि सडक निर्माण गरिए र नियमित जहाज उडान भइरहे सप्तरीको कायापलट हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै प्रदेश सभा सदस्यद्वय मनिष सुमन र सत्यनारायण मण्डलले यस विमानस्थललाई यात्रुसँगै कार्गो एयरपोर्टमा पनि परिणत गर्न मन्त्री अधिकारीको ध्यानाकर्षण गराउनु भएको थियो ।

मन्त्री अधिकारीले ६ महिनाभित्र विमानस्थलमा तेल भर्ने गाडी पनि राखिने जानकारी दिदैं कार्गाे विमानस्थलको रुपमा पनि यो विमानस्थलको विकास गरिने प्रतिवद्वता जनाउनुभयो ।

मन्त्री अधिकारीसँगै जहाज चढी आएका पूर्व पर्यटन तथा नागरिक उडययन मन्त्री जितेन्द्र नारायण देवले आफुले थालेको प्रयास आज सफल भएकोमा प्रसंन्नता व्यक्त गर्दै मन्त्री अधिकारीसँग नियमित उडान सेवा र बाँकी रहेका आवश्यक पूर्वाधारका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

यसअघि श्री एयरलाइन्सको विमानबाट आइपुगेका मन्त्री अधिकारी, पूर्व मन्त्री देव, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, नागरिक उडययन प्राधिकरणका महानिर्देशक संजिव गौतम लगायतका टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

राजविराजबाट तीन किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा रहेको विमानस्थलको २०१६ सालमा तत्कालिन उद्योग मन्त्री गणेशमान सिंहले उद्घाटन गरेको थियो । तर, धावन मार्ग पक्की नहु्ँदा पटक पटक सेवा बन्द हुँदै आएको थियो । पछिल्लो पटक २०६४ साल मंसिर २ गतेदेखी यस विमानस्थलबाट हवाई सेवा पूर्ण रुपमा ठप्प रहेको छ ।

बिस. २०१६ सालमा तत्कालिन उद्योगमन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको राजविराज विमानस्थलको धावन मार्ग पक्की नहुँदा पटक पटक सेवा बन्द हुँदै आएको थियो । अन्तिम पटक बि.स. २०६५ सालमा परिक्षणकालका लागि तारा एयरले केही दिन विमान संचालन गरेको थियो भने यात्रुको अभाव देखाउँदै सो एयरले विमान सेवा पुनः बन्द गरेको थियो । विगतमा विमानस्थलबाट नेपाल वायूसेवा निगम हप्ताको २ पटक आईतबार र शुक्रबार काठमाडांै र एक पटक आईतबार लामीडाँढा उडान गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सत्ताभित्रको असन्तुष्टि संसद्‌मा छताछुल्ल

कांग्रेसको आरोप: सभामुख अर्यालले संसदीय मर्यादा उल्लंघन गरेको दाबी

सम्बन्धित

कोशी प्रदेश बजेटमा नयाँ प्राथमिकता: रोजगारी, कृषि र सुशासनमा जोड

अर्थ समितिले आ.व.२०८३/८४ को बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने

शहरी विकास विभागका महानिर्देशक बोहोराले निर्माण व्यवसायीलाई भने– मूल्यवृद्धिलाई सम्बोधन हुन्छ, काममा फर्कनुहोस्

निर्माण व्यवसायीमाथि सरकारले अमानवीय व्यवहार गर्‍योः महासचिव घिमिरे

के कर्पोरेट अमेरिकाले लोकतन्त्रको रक्षा गर्न सक्छ ?

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com