ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तपाईको फेसबुक पोष्टको कारण जो बाँच्छन् दैनिक तनावपूर्ण जीवन..


admin
जेष्ठ ९, २०७५ बुधबार  ५ : ४७ बजे

काठमाडौं, ९ जेठ । फेसबुकमा हरेक सेकेन्ड लाखौ पोस्ट हुन्छन् । जति पोस्ट हुन्छन् ती सबै शिष्ट, मर्यादित र कामका कुरा भने हुँदैनन् । त्यसैले कसैले गरेको त्यस्तो पोस्ट मेटाउन फेसबुकले ठुलो जनशक्ति परिचालन गरेको छ ।

समाजिक सद्भाव विथोल्ने, हिंसा भड्काउने, हत्या, बलात्कारजस्ता विषयका दृष्य, तस्वीर र अन्य सामग्रीहरु आपत्तिजनक भए पाठकले पनि रिपोर्ट गर्न सक्ने व्यवस्था फेसबुकले गरेको छ। त्यस्तो रिपोर्टहरु हेर्ने पनि हजारौ कर्मचारी छन् ।तर हरेक सेकेन्ड तेस्ता सामग्री हेर्दा र मेटाउँदा कर्मचारी विरामीसमेत हुने गर्दछन् । यो सबै हेर्दाहेर्दा उनीहरुको जीवनमै असर पर्ने गरेको कर्मचारीहरुले बताएका छन् ।

फेसबुकमा कुने कुरा मन परेन भने तपाई रिपोर्ट गर्नु हुन्छ र त्यो रिपोर्ट जान्छ फेसबुकको एउटा विभागमा । फेसबुकका कन्टेन्ट मोडेरेडर गलत सामग्री पाठकसम्म नपुगोस् भन्ने उद्देश्यले लगातार खटिरहेका हुन्छन् ।

विन लौरा त्यसै मध्येकी हुन् । उनी अहिले त्यहाँ काम गर्दिनन् । उनले भनिन्, निकै मुस्किल र तनावपूर्ण काम थियो ।

उनले भनिन्–तपाई हरेक दिन यस्ता चिज देख्नु हुन्छ, जसले हलचल मच्चाएर जान्छ । टाउको काटिनु, बाल यौन दुराचार, ६ महिनाकी बच्चीको बलात्कार हुनुजस्ता घटना । हामी रगत र विभत्स दृष्य दिनहुँ हेर्छौ ।

उनले भनिन् कि लक्ष्य पूरा गर्नुपर्ने दबाव सधै।रहथ्यो, हरेक दिन सयौ गुनासो र उजुरी आउँथ्यो । सबैमा खतरनाक सामग्री हुन सक्थ्यो । यो काममा तपाई एउटा मेशिन बन्नु हुन्छ । मात्र पाँच सेकेन्डमा यो तय गर्नु पर्दथ्यो र फेरि अर्को सामग्री हेर्ने पर्दथ्यो । हामी आफै हरेक दिन गुनासो गर्दथ्यौ । करिब करिब हरेक दिन किनभने हामी तनावमा हुन्थ्यौ ।

उनले भनिन्–हामीलाई त्यस्ता पोस्टहरु हेर्न राम्रो लाग्दैन थियो ।

फेसबुकले सामाजिक उत्तरदायित्वलाई निकै महत्व दिने गरेको छ। त्यसैले फेसबुकले खराब कन्टेटविरुद्ध रिपोर्ट गर्न भन्छ । ताकि लौराजस्ता मोडेरेटरले त्यो कन्टेन्ट देख्न सकुन् । कथित डाटा लिक र पारदर्शितामा कमी भएको भन्दा पछिल्लो समय निशानामा रहेका फेसबुकका संस्थापक मार्क जुकरबर्ग अप्रिलमा कम्पनीको ती गाइडलाइन सार्वजनिक गरे जसका आधारमा सामग्रीहरुका बारेमा निर्णय गरिन्छ ।

बर्लिनमा रहेको फेसबुकको कार्यालयमा सात सय मोडेरेटरहरु कार्यरत छन् । फेसबुकले जोड दिने गर्दछ कि यी सबैलाई निकै सावधानीपूर्वक जोडिएको छ। बीबीसीले गरेको रिपोर्टिङकका क्रममा ती मोडेरेटरहरुलाई भेट्न भने दिइएन । तर फेसबुकले उनीहरुका लागि चौबीसै घण्टा मनोवैज्ञानिकको व्यवस्था रहेको बतायो । स्पष्ट रुपमा केही कन्टेन्ट निकै तनावमा पार्ने र आपत्तिजनक हुन्छन् ।

तपाईको दृष्टिमा यी जवान मोडेरेटर कत्तिको महत्व छ भन्ने बीबीसीको प्रश्नमा फेसबुककी ग्लोबल पोलिसीकी उपाध्यक्ष मोनिका बिकर्टले भनिन्–हाम्रा लागि उनीहरु महत्वपूर्ण छन् । किनभने यो काम निकै आवश्यक छ। फेसबुकलाई सफासुग्घर राख्नका लागिउनीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।

बीबीसीसँग कुरा गर्दै एक जना मोडेरेटरले भने कि यो उनका लागि अहिलेसम्मकै सबैभन्दा खराब काम थियो ।

यता मोनिकाले भने उनीहरुले यो काम राम्रोसँग गर्न सकुन भनेर सबै कुरा दिने गरेको बताइन् । यदि उनीहरुले कुनै बेला यो काम गर्न सहज महशुस नगरे उनीहरुसँग कुरा गरेर उनीहरुलाई अन्य प्रकारको कन्टेन्ट हेर्ने काम दिन सकिने बताइन् । उनले भनिन्–यो निकै आवश्यक छ, फेसबुकजस्तो स्थान सफासुग्घर होस । तर हाम्रा लागि यो पनि जरुरी छ कि हामी आफ्ना कर्मचारीहरुलाई सहयोग गरौ र उनीहरुलाई स्वस्थ राखौ ।

लौरा हजारौ मोडेरेटरमध्येकी एक हुन् । युवाहरुको अदृष्य फौज हामीलाई सामाजिक सञ्जालको भयानक अँध्यारोबाट बचाउन जुटेको छ।

तर लौराले भनिन्–कतिपय अवस्थामा म सोच्दथेँ कि यदि मार्क जकरबर्ग हाम्रो कार्यालयमा आए म उनलाई यसो भन्नेछु कि हामीलाई यो कस्तो अवसर दिइरहनु भएको छ, हामीजस्ता युवाहरुले यो कस्तो कुरा हेरिरहनु परेको छ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com