ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तपाईको फेसबुक पोष्टको कारण जो बाँच्छन् दैनिक तनावपूर्ण जीवन..


admin

काठमाडौं, ९ जेठ । फेसबुकमा हरेक सेकेन्ड लाखौ पोस्ट हुन्छन् । जति पोस्ट हुन्छन् ती सबै शिष्ट, मर्यादित र कामका कुरा भने हुँदैनन् । त्यसैले कसैले गरेको त्यस्तो पोस्ट मेटाउन फेसबुकले ठुलो जनशक्ति परिचालन गरेको छ ।

समाजिक सद्भाव विथोल्ने, हिंसा भड्काउने, हत्या, बलात्कारजस्ता विषयका दृष्य, तस्वीर र अन्य सामग्रीहरु आपत्तिजनक भए पाठकले पनि रिपोर्ट गर्न सक्ने व्यवस्था फेसबुकले गरेको छ। त्यस्तो रिपोर्टहरु हेर्ने पनि हजारौ कर्मचारी छन् ।तर हरेक सेकेन्ड तेस्ता सामग्री हेर्दा र मेटाउँदा कर्मचारी विरामीसमेत हुने गर्दछन् । यो सबै हेर्दाहेर्दा उनीहरुको जीवनमै असर पर्ने गरेको कर्मचारीहरुले बताएका छन् ।

फेसबुकमा कुने कुरा मन परेन भने तपाई रिपोर्ट गर्नु हुन्छ र त्यो रिपोर्ट जान्छ फेसबुकको एउटा विभागमा । फेसबुकका कन्टेन्ट मोडेरेडर गलत सामग्री पाठकसम्म नपुगोस् भन्ने उद्देश्यले लगातार खटिरहेका हुन्छन् ।

विन लौरा त्यसै मध्येकी हुन् । उनी अहिले त्यहाँ काम गर्दिनन् । उनले भनिन्, निकै मुस्किल र तनावपूर्ण काम थियो ।

उनले भनिन्–तपाई हरेक दिन यस्ता चिज देख्नु हुन्छ, जसले हलचल मच्चाएर जान्छ । टाउको काटिनु, बाल यौन दुराचार, ६ महिनाकी बच्चीको बलात्कार हुनुजस्ता घटना । हामी रगत र विभत्स दृष्य दिनहुँ हेर्छौ ।

उनले भनिन् कि लक्ष्य पूरा गर्नुपर्ने दबाव सधै।रहथ्यो, हरेक दिन सयौ गुनासो र उजुरी आउँथ्यो । सबैमा खतरनाक सामग्री हुन सक्थ्यो । यो काममा तपाई एउटा मेशिन बन्नु हुन्छ । मात्र पाँच सेकेन्डमा यो तय गर्नु पर्दथ्यो र फेरि अर्को सामग्री हेर्ने पर्दथ्यो । हामी आफै हरेक दिन गुनासो गर्दथ्यौ । करिब करिब हरेक दिन किनभने हामी तनावमा हुन्थ्यौ ।

उनले भनिन्–हामीलाई त्यस्ता पोस्टहरु हेर्न राम्रो लाग्दैन थियो ।

फेसबुकले सामाजिक उत्तरदायित्वलाई निकै महत्व दिने गरेको छ। त्यसैले फेसबुकले खराब कन्टेटविरुद्ध रिपोर्ट गर्न भन्छ । ताकि लौराजस्ता मोडेरेटरले त्यो कन्टेन्ट देख्न सकुन् । कथित डाटा लिक र पारदर्शितामा कमी भएको भन्दा पछिल्लो समय निशानामा रहेका फेसबुकका संस्थापक मार्क जुकरबर्ग अप्रिलमा कम्पनीको ती गाइडलाइन सार्वजनिक गरे जसका आधारमा सामग्रीहरुका बारेमा निर्णय गरिन्छ ।

बर्लिनमा रहेको फेसबुकको कार्यालयमा सात सय मोडेरेटरहरु कार्यरत छन् । फेसबुकले जोड दिने गर्दछ कि यी सबैलाई निकै सावधानीपूर्वक जोडिएको छ। बीबीसीले गरेको रिपोर्टिङकका क्रममा ती मोडेरेटरहरुलाई भेट्न भने दिइएन । तर फेसबुकले उनीहरुका लागि चौबीसै घण्टा मनोवैज्ञानिकको व्यवस्था रहेको बतायो । स्पष्ट रुपमा केही कन्टेन्ट निकै तनावमा पार्ने र आपत्तिजनक हुन्छन् ।

तपाईको दृष्टिमा यी जवान मोडेरेटर कत्तिको महत्व छ भन्ने बीबीसीको प्रश्नमा फेसबुककी ग्लोबल पोलिसीकी उपाध्यक्ष मोनिका बिकर्टले भनिन्–हाम्रा लागि उनीहरु महत्वपूर्ण छन् । किनभने यो काम निकै आवश्यक छ। फेसबुकलाई सफासुग्घर राख्नका लागिउनीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।

बीबीसीसँग कुरा गर्दै एक जना मोडेरेटरले भने कि यो उनका लागि अहिलेसम्मकै सबैभन्दा खराब काम थियो ।

यता मोनिकाले भने उनीहरुले यो काम राम्रोसँग गर्न सकुन भनेर सबै कुरा दिने गरेको बताइन् । यदि उनीहरुले कुनै बेला यो काम गर्न सहज महशुस नगरे उनीहरुसँग कुरा गरेर उनीहरुलाई अन्य प्रकारको कन्टेन्ट हेर्ने काम दिन सकिने बताइन् । उनले भनिन्–यो निकै आवश्यक छ, फेसबुकजस्तो स्थान सफासुग्घर होस । तर हाम्रा लागि यो पनि जरुरी छ कि हामी आफ्ना कर्मचारीहरुलाई सहयोग गरौ र उनीहरुलाई स्वस्थ राखौ ।

लौरा हजारौ मोडेरेटरमध्येकी एक हुन् । युवाहरुको अदृष्य फौज हामीलाई सामाजिक सञ्जालको भयानक अँध्यारोबाट बचाउन जुटेको छ।

तर लौराले भनिन्–कतिपय अवस्थामा म सोच्दथेँ कि यदि मार्क जकरबर्ग हाम्रो कार्यालयमा आए म उनलाई यसो भन्नेछु कि हामीलाई यो कस्तो अवसर दिइरहनु भएको छ, हामीजस्ता युवाहरुले यो कस्तो कुरा हेरिरहनु परेको छ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com