ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाग्लुङको दुर्गम दुई गाउँमा पुग्यो टेलिकम


admin

बागलुङ, ९ जेठ।  जिल्लाका दुई दुर्गम गाउँमा पहिलोपटक मोबाइल सेवा पुगेको छ ।

गलकोट नगरपालिका–१० को रमुवा र बडीगाड गाउँपालिका–८ खोलाखर्कमा नेपाल टेलिकमले सेवा विस्तार गरेको हो । सदरमुकामदेखि २० कोष पश्चिममा अवस्थित ती दुवै ठाउँमा यसअघि कुनै पनि कम्पनीको ‘जिएसएम’ मोबाइल सेवा पुग्न सकेको थिएन ।

रमुवाका डेढ सय र खोलाखर्कका करीब चार सय घरधुरी मोबाइल सेवाबाट लाभान्वित भएको नेपाल टेलिकम बागलुङ कार्यालयले जनाएको छ । रमुवाको उपल्लो खोरिया र खोलाखर्कको बतासेडाँडामा टावर राखी मंगलबारदेखि सेवा शुरु गरिएको कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताउनुभयो ।

“जिल्लामै बढी दुर्गम मानिने ठाउँमा सेवा पुगेको छ,” उहाँले भन्नुभयो, “अन्यत्र पनि सेवा विस्तारको काम अघि बढेको छ ।” मोबाइल सेवा पुगेसँगै ग्राहकले तत्काल इन्टरनेटको लागि ‘टुजी’ सेवा लिन सक्नेछन् । पछि तीव्र गतिको सेवाका लागि ‘थ्रिजी’ प्रविधि दिने योजना टेलिकमले बनाएको छ ।

‘जिएसएम’ मोबाइल सेवा पुगेपछि दुर्गमका ग्राहकले पनि ‘डाटा’ र ‘भ्वाइस’ दुवैमा गुणस्तरीय सेवा लिन पाउने भएका छन् । “विकट भूगोल भए पनि हामी हाम्रो जिम्मेबारीमा दृढ छौँ,” प्रमुख इन्जिनियर शर्माले भन्नुभयो, “जिल्लाका प्रत्येक गाउँबस्तीमा सेवा पु¥याउँदैछौँ ।” उहाँका अनुसार तत्काल सेवा दिने गरी गलकोट नगरपालिकाकै काँडेबासमा टावर निर्माणको काम अघि बढेको छ ।

यस्तै, बागलुङबाहेक म्याग्दी, पर्वत र मुस्ताङमा पनि सेवा विस्तारको काम धमाधम भइरहेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा पनि केही दिनमै मोबाइल सेवा शुरु हुने कार्यालयका इन्जिनियर अमृत नेपालले बताउनुभयो । मुनापछि म्याग्दीकै ज्यामरुककोटमा टावर निर्माण अघि बढाइनेछ । “धवलागिरि क्षेत्रका चारै जिल्लामा मोबाइलको पहुँच पु¥याउने लक्ष्य छ,” उहाँले भन्नुभयो ।

कार्यालयले यसअघि उपल्लो मुस्ताङ, बागलुङकै ढोरपाटन लगायतका कैयौँ दुर्गम ठाउँमा सेवा विस्तार गरिसकेको छ । धवलागिरिमा हाल रहेका ‘जिएसएम बिटिएस’ टावरलाई बढाएर १२० पु¥याउने योजना टेलिकमको छ । यही वर्ष थप हुने टावरको पूर्ण क्षमताले धवलागिरिका सबै गाउँबस्तीमा मोबाइल सेवा पुग्ने जनाइएको छ । सेवा नपुगेका र कमजोर ‘नेटवर्क’ भएका ठाउँमा प्राथमिकताका साथ काम भइरहेको छ ।

सेवा विस्तारसँगै भइरहेको सेवाको गुणस्तर बढाउने काममा पनि टेलिकम लागिपरेको छ । मोबाइल र तीव्र गतिको इन्टरनेट सेवा दिन नयाँ प्रविधि जडान गर्ने काम भइरहेकोछ । सेवा मात्र नथपेर गुणस्तरलाई समेत विशेष ध्यान दिइएको वरिष्ठ इन्जिनियर शर्माले बताउनुभयो । मोबाइल सेवा पुगेका अधिकांश ठाउँका ग्राहकले अत्याधुनिक प्रविधिको ‘थ्रिजी’ सेवासमेत प्रयोग गर्न पाएका छन् । टेलिकमले धवलागिरि क्षेत्रका ७३ ठाउँबाट ‘थ्रिजी’ सेवा दिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com