ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन प्रस्ताव दर्ता


एबीसी न्यूज
जेष्ठ ९, २०७५ बुधबार  १२ : ४१ बजे

 

काठमाडौँ, ९ जेठ ।  सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आव २०७५/७६ को नीति तथा कार्यक्रममाथि छ वटा संशोधनका सूचना दर्ता भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजाललगायत १७ सांसदले प्रस्तुत गरिएको संशोधनमा राष्ट्रपतिबाट भएको नीति तथा कार्यक्रमको सम्बोधन विभिन्न ठाउँमा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्बोधन गर्दा आदरार्थी शब्द प्रयोग नभएको उल्लेख गरिएको छ ।

संशोधन प्रस्तावमा सभामुख र अध्यक्षलाई सम्बोधन गर्दा अपमानजनक पदावली प्रयोग गरिएकोमा त्यसलाई संशोधन गरी नेपालको संविधानको व्यवस्था, मर्म र भावना, प्रचलित परम्परा अनुरुप सम्मानजनक पदावली प्रयोग गरिनुपर्दछ भनिएको छ ।

संघीय समाजवादी फोरम नेपालका सुरेन्द्रकुमार यादव, रेनुका गुरुङ, प्रदीप यादव र राम सहायप्रसाद यादवले राष्ट्रिय सहमतिको आधारमा संविधान सशोधन गरिने छ भन्ने बुँदा थप्न तथा लोकतन्त्रको रक्षा, सुदृढीकरण र सही प्रयोगमा अडिग रहने भन्नुको सट्टा संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीकरण, प्रादेशिक स्वयत्तता र स्वशासन, समावेशी लोकतन्त्र र धर्म निरपेक्षताको रक्षा, सुदृढीकरण र सही प्रयोगमा यो सरकार अडिग रहने छ, भन्ने सशोधन गर्न माग गर्नुभएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका सांसदद्वय अनिलकुमार झा र लक्ष्मणलाल कर्णले शहीदका परिवारको भरणपोषणको व्यवस्था गर्नु सरकारको दायित्व रहने भन्ने शब्द समावेश गर्न लगायतका विषयमा संशोधन प्रस्तुत गर्नुभएको छ ।

विभिन्न राजनीतिक दलका २३ जना सांसदले १६ भन्दा बढी बँुदामा संशोधन हाल्नुभएको छ । राष्टपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ ७ गते संघीय संसद्मा प्रस्तुत गरी सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मदन–आश्रितका विचार र योगदान यात्रामा दीपस्तम्भझैं छन्– केपी ओली

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

सम्बन्धित

संसदमा हर्कराज राईको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com