ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा सचिवालय बैठक : केन्द्रीय कार्यालयको टुंगो लगाउने जिम्मेवारी अध्यक्षद्वय ओली र प्रचण्डलाई


admin
जेष्ठ ७, २०७५ सोमबार  १ : ४९ बजे


काठमाडौं, ७ जेठ । 
नवगठित नेपाल कम्युनिष्ट पार्टीले पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिएको छ । सोमबार बसेको पार्टी सचिवालयको पहिलो बैठकले ४४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटामा बसेको बैठकले केन्द्रीय कार्यालयको टुंगो लगाउने जिम्मेवारी पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय पनि गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रको दुई ठाउँ रहेको कार्यालय एकै ठाउँमा ल्याई संचालनका लागि आवश्यक निर्णय लिने जिम्मेवारी पार्टीका दुवै अध्यक्षलाई दिने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्षद्वय ओली र दाहालले दुवै पार्टी कार्यालयको अवलोकन गरीसक्नु भएको छ ।

बैठकले महासचिव विष्णु पौडेलको नेतृत्वमा नियमावली मस्यौदा कार्यदल पनि गठन गरेको छ । पार्टी संचालनका लागि विधानस“ग परिपुरक हुनेगरी नियमावली बनाउन महासचिव पौडेल नेतृत्वको कार्यदल गठन गर्नु परेको पनि प्रवक्ता श्रेष्ठले बताउनु भयो ।

कार्यदलमा नेताहरु देवप्रसाद गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहनुभएको छ । कार्य दललाई पार्टी संचालन नियमावली बनाउन १५ दिन समयावधि पनि तोकिएको छ ।

बैठकले पार्टी एकीकरणका लागि आवश्यक सुझाव दिन सबै प्रदेश, प्रवास र जनवर्गीय संगठनहरुमा पनि चार/चार सदस्यीय कार्य दल गठन गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रका प्रदेश र प्रवास तथा जनवर्गीय संगठनका इन्चार्ज र संयोजक कार्य दलमा रहने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । कार्य दललाई १५ दिन भित्र आफ्नो सुझाव सचिवालयमा पेश गर्ने कार्यादेश पनि दिइएको छ ।

तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएपछि बसेको सचिवालयको पहिलो बैठकले त्यसको संगठन र पार्टी केन्द्रीय कार्यालय व्यवस्थापनको कामलाई अघि बढाएको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमबारे पनि बिफ्रिङ गर्नुभएको थियो ।

यस्ता छन् बैठकका निर्णयहरु-

– ४४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिइयो।

– संगठनात्मक एकीकरणलाई अघि बढाउन विधानको परिपूरक हुनेगरी नियमावली निर्माण गर्न मस्यौदा कार्यदल गठन। (कार्यदलमा महासचिव विष्णु पौडेल, देव गुरुङ, वेदुराम भुसाल, खिमलाल देवकोटा रहेका छन्।)

– संगठनात्मक एकीकरणका अरु काम अघि बढाउन ७ वटै प्रदेश र प्रवासमा एकीकरण प्रक्रियाको निम्ति सुझाव पेस गर्न पूर्व घटकहरुका इन्चार्ज, संयोजक र सहसंयोजक रहने गरी हरेक प्रदेश र प्रवासका लागि ४-४ सदस्यीय कार्यदल गठन।

– जनवर्गीय संगठनको एकीकरणका लागि सम्बन्धित जनवर्गीय संगठनको पूर्व घटकहरुको इन्चार्ज र सम्बन्धित मोर्चाको प्रमुख रहने गरी ४ सदस्यीय कार्यदललाई जिम्मेवारी दिने।

– यी तीन वटै कार्यदलको समायवधि १५ दिन तोकिएको छ।

– केन्द्रीय कार्यालयको सञ्चालनको निम्ति दुई अध्यक्षले केही समयभित्रै निर्णय दिनेगरी जिम्मेवारी दिइएको सचिवालयका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सम्पत्ति छानबिन आयोग: ‘ठुला माछा’ लाई उन्मुक्ति र ‘छनोटपूर्ण’ न्यायको आशंका !

आज ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com