ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै


एबीसी न्यूज
जेष्ठ ७, २०७५ सोमबार   ८ : ४७   बजे


काठमाडौं, ७ जेठ,  । आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक हुँदैछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो दुवै सदनको संयुक्त बैठकमा सार्वजनिक गर्नेछिन् ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने विशेष कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेताहरु, सरकारका उच्च अधिकारीहरु, संवैधानिक आयोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु र कूटनीतिक नियोगका प्रमुखहरुलाई पनि उपस्थिती हुने भएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्लाबेग्लै बैठक बस्नेछ । ति बैठकले राष्ट्रपतिप्रति धन्यवाद व्यक्त गर्नेछन् ।

सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने छ । छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफसमेत दिनेछन् । त्यसपछि उक्त नीति तथा कार्यक्रम पारित गर्नका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत हुनेछ ।

नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट आउने भएकाले यसलाई चासोका साथ हेरिएको छ । तत्कालीन एमाले र माओवादी एकीकरण भएपछि बनेको ‘नेपाल कम्युनिस्ट पार्टी’ले ल्याउने नीति तथा कार्यक्रममा समाजवादको आधार तथा विकास र समृद्धिको नारालाई सार्थक पार्ने उद्देश्य प्रतिविम्वित हुने बताइएको छ । त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक चार बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group