ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था : प्रधानमन्त्री ओली


एबीसी न्यूज

 

काठमाडौँ, ५ जेठ ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था सिर्जना गरेको बताउनुभएको छ ।

नेकपाको गठनपछि पहिलो बैठक बसेको पार्टीका संघीय संसद्का सदस्यको बैठकलाई अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले आपसमा कसरी मिल्ने भनेर विश्वलाई सन्देश दिने प्रकारले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता भएकाले अब यसलाई विधि, विकास र समृद्धिका लागि उपयोग गर्न आग्रह गर्नुभयो । दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो ।

उहाँले भन्नुभयो, “हामी नेपाललाई आगामी १० वर्षभित्र मान्छे र प्रकृतिको संयुक्त प्रयासबाट बनेको स्वर्ग भएको देखाउन चाहान्छौँ, विदेशी पर्यटक आएर नेपालको प्रशंसा गरेर फर्केर जाने अवस्था आउनेछ ।”

अध्यक्ष ओलीले जनतमतबाट मुलुकको ठूलो दल बनेको कम्युनिष्ट पार्टी भएकाले जनताको चाहनाबमोजिम युगलाई हाँक्न सबै सांसदले चनाखो भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री, मन्त्री र सरकारका काम कारबाही ठिक ढंगले भए\नभएकाबारे अवलोकन गर्न सांसदहरुलाई आग्रह गर्दै भन्नुभयो, “हामी नातावाद, कृपावाद र भेदभावका लागि होइन देश बनाउने संकल्प लिएर आएको हो । यसमा दायाँबायाँ गर्ने छुट छैन । संसद् सरकार फेर्नेदेखि कानून बनाउनेसम्मको थलो भएकाले यसमा चनाखो रहनुहोला ।”

पार्टीको प्रतिनिधिसभाको संसदीय दलको नेतासमेत रहनुभएका ओलीले समृद्धिको खाकासहित सरकारको नीति तथा कार्यक्रम र बजेट आउने भएकाले यसलाई पास गराउने र कार्यान्वयन गर्ने गरी प्रस्तुत हुन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नीति कार्यक्रममा कुनै कमजोरी रहेमा नेतृत्वलाई भन्नुहोला, संसद्को बैठकमा पार्टीको मर्यादा रहने गरी यसको पक्षमा बोल्नुहोला ।”  उहाँले देशको आवश्यकता र औचित्यताका आधारमा संविधान संशोधन हुन सक्ने दोहो¥याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com