ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन प्रवद्र्धन अभियान शुरु


एबीसी न्यूज
जेष्ठ ५, २०७५ शनिबार  ३ : ५४ बजे

 

 चितवन, ५ जेठ ।  जिल्लाको पर्यटन प्रवद्र्धनका लागि उद्योग वाणिज्य संघ चितवनले अभियान शुरु गरेको छ ।

संघको पर्यटन समितिले जिल्लाका सबै पर्यटन क्षेत्रको अभिलेख तयार गर्नेगरी प्रर्वद्धनात्मक अभियान थालेको हो ।

सन् २०२० सम्म नेपालमा करीब १५ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको रहेकाले त्यसलाई साकार पार्न काम थालिएको उद्योग वाणिज्य संघ चितवन, पर्यटन समितिका संयोजक अशोक अधिकारीले जानकारी दिनुभयो ।

चितवनमा तीन लाख पर्यटक भित्र्याउने लक्ष्य छ । चितवनमा हाल करीब दुई लाख पर्यटक आउँछन् । पहिलोचरणअन्तर्गत पर्यटकीय क्षेत्रको अभिलेख तयार पारी ‘गाइड बुक’ बनाउने प्रक्रिया थालिएको संयोजक अधिकारीले बताउनुभयो ।

त्यस्तै चितवनको सबै पर्यटकीय क्षेत्रको पहिचान झल्कने गरी जिल्लाका सबै होटलमा पर्यटकीय क्षेत्रको तस्वीर राखिनेसमेत उहाँले जानकारी दिनुभयो ।

“यसले होटल आएका पर्यटकलाई गन्तव्यको पहिचान दिलाउँछ”, संयोजक अधिकारी भन्नुहुन्छ, “जान चाहने पर्यटक, त्यो हेरेर बसाई लम्ब्याउन सक्छन् ।”

सोही अभियानअन्तर्गत शुक्रबार मात्रै संघको पर्यटन समितिको नेतृत्वमा चितवन पर्यटन विकास समिति र होटल व्यवसायी संघको सहकार्यमा इच्छाकामना गाउँपालिकाको पर्यटन प्रवद्र्धनकाबारेमा कुरिनटारमा छलफलसमेत भएको उहाँले बताउनुभयो ।

छलफलमा इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले पर्यटन गुरुयोजना बनाएर अघि बढ्न लागिएको बताउँदै यसका लागि उद्योग वाणिज्य संघ, चितवन पर्यटन विकास समिति तथा चितवन होटल व्यवसायी संघसँग सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गर्नुभयो ।

चितवनको इच्छाकामना ऐतिहासिक धार्मिक र पहाडी पर्यटनका हिसाबले महत्वपूर्ण छ । जिल्लाका ४० पर्यटकीय गन्तव्यमध्ये यस गाउँपालिकामा सिंराइचुली, उपरदाङगढी, जलविरे झरना, इच्छाकामना मुख्य पर्यटकीय क्षेत्र हुन् ।

जिल्लामा सौराहा मात्रै होइन, अन्य धेरै क्षेत्र पर्यटकीय दृष्टिले उत्तिकै महत्वपूर्ण छ भनेर प्रचार अभियान जरुरी रहेको संघका उपाध्यक्ष भोजराज कौडेलले बताउनुभयो ।

विश्वराज सुवेदीले “चितवनमा धेरै पर्यटकीय सम्भावना छन्, पूर्वाधार निर्माण र प्रचार हुन सकेका छैनन्, अब सामूहिकरुपमा प्रवद्र्धनात्मक कार्यक्रम गर्नु जरुरी छ”, पर्यटनविज्ञ विश्वराज सुवेदीले भन्नुभयो ।

चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनाली र चितवन होटल व्यवसायी संघका अध्यक्ष कमल शर्माले इच्छाकामना पर्यटनका लागि महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै यो अभियानमा आफूहरुले सहकार्य गर्ने बताउनुभयो ।

चितवनमा मुख्यगरी सौराहा, मेघौली, जगतपुर, पटिहानी, देवघाट, सिंराइचुली, उपरदाङगढी, कुमरोज, कंकाली, शक्तिखोर, जलविरे झरना, चित्राम झरना, सिन्ती झरनालगायत उत्कृष्ट पर्यटकीय गन्तव्य छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com