ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा बर्डफ्लु देखियो, १५ सय कुखुरा मरेको पुष्टि


admin
जेष्ठ ४, २०७५ शुक्रबार  ६ : ३३ बजे

 

चितवन, ४ जेठ । कुखुराको राजधानी मानिने चितवनमा बर्डफ्लु भेटिएको छ । पुर्वीचितवनको खैरहनी नरगपालिका ९ सुर्तनीका स्थानीय राजन चौधरीले पालेको लेयर्स कुखुरामा एभियन ईन्फ्लुुएन्जा ( एच पाइभ एन वान ) भएको पुष्टि भएको हो ।

एक हजार पाँच सय कुखुरा पालेका राजनको पर्मको कुखुरा मर्न थालेपछि उनले बैशाखमा चितवनकै राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालामा परिक्षण गराएका थिए । त्यहाँ परिक्षण गर्दा इन्फुलुएन्जा देखिएपछि थप परिक्षणको लागी नमुना काठमाण्डौ पठाइएको थियो ।

काठमाण्डौमा परिक्षण गर्दा एभियन ईन्फ्लुुएन्जा ( एच पाइभ एन वान ) भएको प्रमाणित भएको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवनका बरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईले जानकारी दिए ।

चौधरीले पालेका सबै १५ सय कुुखुरा मरिसकेका छन् । त्यस्तै उनको नजिकै कुखुरा पालेको लक्ष्मण चौधरीको १ हजार कुखरा पनि मरेको छ । लक्ष्मणको फर्मको कुखुरा परिक्षणको लागि काठमाण्डौ पठाइएको तर रिर्पोट आएको छैन ।

मानव स्वास्थको लागि हानिकारक हुने भएकोले उक्त क्षेत्रलाई संक्रमण क्षेत्रको रुपमा लिएर उक्त क्षेत्र आसपासको कुखुरा , हास , अण्डाहरु आज नष्ट गरिएको जिल्ला पशु कार्यालयका प्रमुख डा डिल्लीराम सेढाईले जानकारी दिए ।

चिकित्सक सहितको प्रविधिक टोलीले उक्त क्षेत्रमा घरमा पालेको १७१ वटा कुखुरा तथा हाँस र १२६ वटा हाँस तथा टर्किको अण्डा नष्ट गरिएको छ । नष्ट गरिएको कुखरा , हासहरु मारेर खाल्डोमा गाडिएको जिल्ला पशु कार्यालयका प्रमुख डा डिल्लीराम सेढाईले जानकारी दिए ।

कुखुरा नष्ट गर्न केन्द्रिय पशु चिकित्सालय काठमाण्डौबाट र जिल्लाका चिकित्सक सहितको टोली परिचालित भएका थिए । उक्त क्षेत्रमा सुरक्षाको लागि औषधी र चुना समेत छरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

सरकारलाई प्रचण्डले भने– संख्याको दम्भमा विधि मिच्ने काम नहोस्

सम्बन्धित

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मन्त्रीको महललाई ‘नक्सा’ नचाहिने, गरिबको झुपडीलाई ‘डोजर’ चाहिने: सरकार, यो कस्तो ‘अटेरी’ न्याय?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com