ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक पारित, प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते सोमबार


एबीसी न्यूज

काठमाडौं, ४ जेठ । सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक २०७५ सर्वसम्मतिले स्वीकृत भएको छ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको सार्वजनिक सुरक्षा तेश्रो संशोधन विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । विधेयकमा नजरबन्दमा रहेका व्यक्ति र तीनका नजिकका नातेदारलाई त्यसबारे जानकारी दिनुपर्ने भन्ने नयाँ प्रावधान राखिएको छ।
यसअघि बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सार्वजनिक महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। सांसद सञ्जय कुमार गौतमले कुनै समय नेपाली कांग्रेस पनि सबैभन्दा ठूलो पार्टी थियो भन्ने नविर्सन सत्तारुढ दललाई सचेत गराए। चुनावी परिणामलाई स्वीकार गर्दै सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने प्रतिवद्धता जनाईसकेकाले जिम्मेवार नेताले अभिव्यक्ति दिँदा कांग्रेसको विगतलाई हेक्का राख्न उनले नेताहरुको ध्यानाकर्षण गराए।
उनले भक्तबहादुर सुनारको जेल भित्रै मृत्यु भएको भन्दै सोबारे छानविन गरि सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका थिए।
सांसद कमला रोकाले रुकुम(पुर्व)का कैयौँ सरकारी कार्यालयहरु कर्मचारीविहिन भएको उल्लेख गर्दै विशेष सेवा सुविधा दिएर भएपनि हिमाली जिल्लामा कर्मचारी खटाउन सरकारको ध्यानाकर्षण गराइन्।
सांसद दुर्गा पौडेलले ठुलो विकासका बजेट प्रादेशिक संरचनाका कारण कटौती हुने संभावना रहेको भन्दै त्यसो नगर्न आग्रह गरिन्। सांसद यशोधा गुरुङ सुवेदीले हिमालपारीको जिल्ला मनाङमा उचित मोटर सञ्जालले छुन नसकेको भन्दै मोटर सहज ढंगले सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरिन्। सबै जिल्लाहरुमा मोटरबाटो पुर्याउने सरकारको लक्ष अनुसार जिल्लामा मोटरबाटो विस्तारका लागि बजेट विनियोजन गर्न माग गरे। बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा आगामी जेठ ७ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारी गराउँदै सचिवालयले निर्धारण गरेको पोसाकमा अपरान्ह पौने ४ बजेभित्र आ–आफ्नो स्थानमा आसनग्रहण गर्न सांसदहरुलाई सुचीत गरेका थिए। प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते सोमबार अपरान्ह साढे ५ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com