ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८८ किलो सुन तस्करी: मुख्य दुई अभियुक्तलाई सर्वोच्चले दियो सफाई


admin

काठमाडौं, ३ जेठ । सर्वोच्च अदालतले ८८ किलो सुन तस्करीमा संलग्न भएको आरोप लागेका दुई मुख्य अभियुक्तको पक्षमा फैसला गरेको छ । न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलाशले सो आदेश सुनाएको हो।

८८ किलो सुन तस्करीमा मुख्य अभियुक्त भनी प्रहरीले सुन तस्करी र संगठित अपराधमा विपक्षी बनाएका नन्दकुमार पाण्डुरंग मगर्ले र उल्हास दिनकर सालुङ्खेलाई सर्वोच्चले सफाई दिएको हो ।

जिल्ला र उच्च अदालतको आदेशलाई चुनौती दिँदै उनीहरु बैसाख १० गते सर्वोच्च अदालत पुगेका थिए। जिल्ला र उच्च अदालतको आदेश बदर गर्दै सर्वोच्चले ८८ किलो सुन तस्करीको मुख्य आरोप लागेका व्यक्तिहरुलाई उन्मुक्ति दिएको हो।

गत भदौ १९ गते रसुवाको केरुङ नाका हुँदै अवैध तरिकाले भित्र्याइएको ८८ किलो सुन काठमाडौंको क्षेत्रपाटीमा पार्किङ गरेको गाडीबाट प्रहरीले बरामद गरेको थियो।

तस्करी प्रकरणमा प्रहरीको महानगरीय अपराध महाशाखाले कात्तिक १७ गते ४ चिनियाँ नागरिकसहित ११ जनाविरुद्ध संगठित अपराधसहितको मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेको थियो। अभियुक्तहरु विरुद्ध ५ वर्ष कैद सजाय र ४३ करोड ५६ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो।

२ महिना लामो अनुसन्धानपछि प्रहरीले उनीहरुविरुद्ध २ वटा मुद्दा दायर गरेको हो। प्रहरीले सुन बोकेर ल्याउने गाडीका चालकलाई भने निर्दोष ठानेर मुद्दा दायर गरेको थिएन। उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न अस्विकार गरेपछि उनीहरु बैसाख १० गते सर्वोच्च अदालत पुगेका थिए।

प्रहरीले ४ चिनियाँ नागरिकसहित नेपाली नागरिकहरु गणेशदत्त बडु, सत्यनारायाण अग्रवाल, शुभरत्न शाक्य, नन्दकुमार पाण्डुरंग मगर्ले, मानबहादुर तामाङ, उल्हास दिनकर सालुङ्गे र ल्याक्पा ग्याल्जोङ विरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दा दायर गरेका चिनियाँमा याङ वे मिङ, पान वे मिङ, झाङ होङ लियाङ र हिसे साङ्बो लामा रहेका छन्।

अहिले पनि सुन तस्करीको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com