ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ युगको सुरुवात, प्रतिबद्धताबाट कदापि पछि हट्नेछैनौं – प्रचण्ड


एबीसी न्यूज
जेष्ठ ३, २०७५ बिहीबार  ७ : ०७ बजे

काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजबाट अस्थिरता र अराजकताको पुरानो युग सकिए र नयाँ युगको सुरुवात भएको छन्। राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा बोल्दै उनले नयाँ युगको थालनी भएको बताएका हुन ।

उनले एमाले र माओवादीबीचको एकता विश्वकै लागि राजनीतिक स्थिरताको नयाँ उदाहरण भएको बताए। ‘देशले योभन्दा धेरै राजनीतिक अस्थिरता सहन सक्दैन, राष्ट्र र जनताको पक्षमा हामीले नयाँ इतिहास बनाएका छौं,’ उनले भने। पार्टी एकीकरणको घोषणा आफ्नै प्रस्तावमा भएको समेत उनको भनाइ छ।

मदन भण्डारीको अवसान भएको दिन पार्टी एकता गर्न पाउँदा खुसी लागेको प्रचण्डले बताए।
जनताको भावनाअनुसार नै सबै वामपन्थी शक्तिहरु एक ठाउँमा जुटून् भन्ने चाहना हुँदा हुँदै पनि कम्युनिस्टबीच टुटफुट हुँदै आएको चर्चा गर्दै उनले भने, ुपार्टीभित्रकै मान्छेले पनि एकताबारे विभिन्न आशंका व्यक्त गर्ने गरेको उनले बताए। केही उतारचढाव आए पनि। तर समाज, राजनीति, चिन्तनको विकासमा केही संघर्ष घुम्ती मोड हुनु अस्वाभाविक होइन।

जनताको अगाडि गरेको संकल्प र प्रतिबद्धता पूरा गरेको उनको भनाइ थियो। मुख्य संकल्प अब जनतालाई सुखी बनाउनु र राष्ट्रलाई स्वाधीन बनाउनु नै हो, उनले भने, पार्टी एकताको उदेश्य सामाजिक न्याय र समाजवाद स्थापना नै हो।

सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने मुख्य लक्ष्य लिएर अघि बढ्ने उनले बताए। जनताको अगाडि गरेका प्रतिबद्धताबाट हामी कदापि पछि हट्नेछैनौं। स्थिरता, विकास र सुशासनको नयाँ युग सुरु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

सरकारलाई प्रचण्डले भने– संख्याको दम्भमा विधि मिच्ने काम नहोस्

सम्बन्धित

संसदमा हर्कराज राईको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com