
काठमाडौं, ३ जेठ । एमाले र माआवादी केन्द्रका बीचमा एकीकरण गर्दै बनेको ‘नेपाल कम्युनिस्ट पार्टी’को पहिलो केन्द्रीय समितिको बैठकले ८ वटा निर्णय गरेको छ। पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्णयार्थ पेश गरेका ८ प्रस्तावलाई पारित गरेको छ।
यस्तो छ निर्णयहरुः
१. दल एकीकरण भएको निर्णय गरियो।
२. पार्टी नामाकरण सम्बन्धमा छलफल गर्दा नेपाल कम्युनिष्ट पार्टी रहने निर्णय गरियो।
३. दलहरुबीचको सम्झौता र सहमति पारित गर्ने निर्णय गरियो।
४. राजनीतिक प्रतिवेदन र आन्तरिक विधान सम्बन्धमा माधबकुमार नेपाल र रामबहादुर थापा ‘बादल’ले तयार पारेको प्रतिवेदनलाई सम्सोधन सहित पारित गर्ने निर्णय गरियो।
५. दलको निर्वाचन चिन्ह ‘सूर्य’ रहने निर्णय गरियो।
६. दलको सम्पत्ति र दायित्वसम्बन्धि प्रस्ताव उपर छलफल हुँदा साविकमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाममा रहेका सबै सम्पति र दायित्वहरु एकिकरण भएको दल नेकपामा सर्ने निर्णय गरियो।
७. एकिकरण भएको दल नेकपाको दल दर्ता लगायतका प्रायोजनका लागि साविकको नेकपा एमालेबाट सुवास नेम्वाङ र नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङलाई अधिकार प्राप्त व्यक्ति तोक्ने र निजहरुलाई सहयोग गर्न वरिष्ठ अधिवत्ता मुक्ति प्रधान, अधिवक्ता बाबुराम दाहाल र अधिवक्ता रमेश बराललाई तोक्ने निर्णय गरियो।
८. एकिकरण भएको दल नेकपाको केन्द्रिय समितिको संख्या ४ सय ४१ जनाको रहने तथा आज यस पहिलो बैठकमा उपस्ति भएका सबै केन्द्रिय सदस्यले हस्ताक्षर गरी निर्वाचन आयोगमा दल दर्ता प्रक्रियाका लागि अगाडि बढ्ने निर्णय गरियो।







प्रतिक्रिया दिनुहोस्