ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करणलाई फेरी फर्काइदिए प्रभासले


admin
जेष्ठ २, २०७५ बुधबार  ७ : ३५ बजे

काठमाडौं, २ जेठ । बाहुबली फिल्मका अभिनेता प्रभासले बलिउडका चर्चित निर्माता करण जोहरको फिल्म खेल्ने प्रस्तावलाई पुन अस्वीकार गरिदिएका छन् ।

प्रभासले फिल्ममा काम गर्नको लागि अहिले समय नभएको र समय मिलाएर कुनै प्रोजेक्टमा मिलेर काम गरौला भन्दै करणको अफरलाई अस्वीकार गरेका छन ।

करणको अफरलाई प्रभासले यसरी नकारेको यो दोस्रो पटक हो । यसअघि पनि उनले करणको फिल्ममा काम गर्नका लागि अस्वीकार गरेका थिए ।

करणले पहिले अफर गरेको फिल्मको लागि प्रभासले धेरै ठूलो रकमको माग गरेका थिए । जुन रकम करणले दिन नमानेपछि प्रभासले उनको अफरलाई अस्वीकार गरेका थिए ।

करण जोहरले प्रभासलाई बलिउडमा डेब्यू गराउने कुराको लामो समयदेखि चर्चा थियो । करण चाहन्थे प्रभासले आफ्नो फिल्ममार्फत बलिउड फिल्म उद्योगमा प्रवेश गरुन् । तर प्रभासले करणले सोचेको भन्दा ठूलो रकमको माग गरेपछि करणले प्रभाससँग काम गर्ने सोच नै परिवर्तन गरेका थिए ।

अहिले फेरि करणले प्रभासलाई फिल्मका लागि अफर गरे पनि प्रभासले आफूसँग तपाईँको फिल्मका लागि समय छैन भन्दै टारिदिएका छन ।

प्रभास हाल फिल्म ‘साहो’ को छायाँकंनमा व्यस्त छन् । यस फिल्मको छायाँकंन अबुधाबीमा भइरहेको छ । यस फिल्ममार्फत बलिउड अभिनेत्री श्रद्धा कपूर तेलुगू फिल्ममा डेब्यू गर्दैछिन् ।सो फिल्म तेलुगू र हिन्दी भाषमा रिलिज हुनेछ ।

‘बाहुबली’ र ‘बाहुबली २’ जस्ता सुपरहिट फिल्म दिएका अभिनेता यस समयका निकै महंगा अभिनेतामध्येका एक हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com