बुधबार बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइन जहाज २ घण्टा वितिसक्दा पनि सम्पर्कमा आएको छैन। जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो।
उक्त एयरलाइन्सले सुर्खेत र नेपालगन्जलाई आधार बनाएर हुम्ला उडान भर्दै आएको थियो। पाइलट किरन भट्टराई र को पाइलट रहेको सिंगल इन्जिन जहाज ९ सिटे हो। अहिले जहाजको खोजि गर्न सुर्खेतबाट हेलिकप्टरको परिचालन भइसकेको छ।
९एन एजेयु कल साइन भएको उक्त जहाजमा चालकदलका २ सदस्य मात्रै थिए। जहाज क्याप्टेन किरण भट्टराई र को-पाइलट आदित्य नेपालीले उडाएका थिए । यो एयरलाईन्स क्याप्टेन फिजु नेपालीको हो। यसअघि सिता एयर बेचेर फिजुले मकालु एयरलाइन्स किनेका थिए।








प्रतिक्रिया दिनुहोस्