ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले नेताको वरियताक्रम फेरियो (सूचीसहित)


एबीसी न्यूज

काठमाडौं, १ जेठ ।  नेकपा एमालेले पार्टी संगठन र संसदीय फाँटमा नेताहरुको बरियताक्रमको अलग अलग अभ्यास थालेको छ । पार्टी स्थायी कमिटीमा १६ औं नम्बरको बरियतामा रहेका सुवास नेम्वाङ संसदीय दलमा भने चौथो नम्बरमा रहेका छन् ।

एमाले संसदीय दलको बैठकको माइन्युटमा उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलभन्दा नेम्वाङ माथिल्लो बरियतामा छन् । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली र बरिष्ठ नेताद्धय झलनाथ खनाल तथा माधव नेपालपछि सुवास नेम्वाङको बरियता कायम भएको छ ।

पार्टी र संसदीय फाँटको बरियता अलग-अलग हुने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए । संसदीय फाँटमा दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पदाधिकारी मानिने भएकाले पार्टी र दलको बरियताक्रम फरक फरक हुनसक्ने उनले प्रष्ट पारे ।

एमाले संसदीय दलको बरियतामा उपनेता नेम्वाङपछि उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, सचिवहरु प्रदिप ज्ञवाली, गोकर्ण विष्ट र योगेश भट्टराई छन् ।

त्यसपछि स्थायी कमिटी सदस्यहरु मुकुन्द न्यौपाने,सुरेन्द्र पाण्डे र छबिलाल विश्वकर्माको बरियता कायम गरिएको छ ।

स्थायी कमिटी सदस्यहरुपछि प्रमुख सचेतक खगराज अधिकारी र सचेतक शान्ता चौधरी १५ औं र १६ औं नम्बर बरियतामा छन् ।

बाँकी सांसदहरुको बरियताक्रम भने वर्णानुक्रम अनुसार राखिएको छ । एमालेका प्रतिनिधिसभामा १२१ र राष्ट्रियसभामा २७ सांसद छन् ।

एमाले संसदीय दलले नेताहरुको वरियताक्रम निर्धारण भएको औपचारिक रुपमा केही बोलेको छैन । तर, संसदीय दलको नेता र पूर्व प्रधानमन्त्रीहरुपछि दलको उपनेता तथा पूर्व सभामुखको हैसियतमा नेम्वाङको बरियता स्वतः निर्धारण हुने एक पदाधिकारीले बताए ।

एमालेले प्रतिनिधिसभाको सिट निर्धारण गर्दा पनि सोही अनुसार मिलाएको छ । पहिलो लहरमा क्रमशः झलनाथ खनाल, माधव नेपाल, बिष्णु पौडेल र सुवास नेम्वाङ बस्ने गरेका छन् । यसअघि ओली प्रधानमन्त्री हुनुपूर्व ओली,खनाल,नेपाल,ईश्वर पोखरेल र सुवास नेम्वाङ पहिलो लहरमा बस्ने गरेका थिए ।

संसद सचिवालयले नै पूर्वसभामुखलाई अघिल्लो लहरमा बस्ने व्यवस्था मिलाएको छ । माओवादीको पनि प्रचण्ड, देव गुरुङ, टोपवहादुर रायमाझी, हरिबोल गजुरेल र ओनसरी घर्ती पहिलो लहरमा बस्ने गरेका छन् ।

एमाले पार्टीमा भने ओलीपछि क्रमशः झलनाथ खनाल, माधव नेपालको बरियता तोकिएको छ । उपाध्यक्षहरु बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावलको बरियता निर्धारण गरिएको छ भने महासचिव ईश्वर पोखरेलपछि उपमहासचिव बिष्णु पौडेल र घनश्याम भुसालको बरियता छ ।

सचिवहरुमा क्रमशः प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण बिष्ट र योगेश भट्टराईको बरियताक्रम निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com