ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले नेताको वरियताक्रम फेरियो (सूचीसहित)


एबीसी न्यूज
जेष्ठ १, २०७५ मंगलबार  ५ : १८ बजे

काठमाडौं, १ जेठ ।  नेकपा एमालेले पार्टी संगठन र संसदीय फाँटमा नेताहरुको बरियताक्रमको अलग अलग अभ्यास थालेको छ । पार्टी स्थायी कमिटीमा १६ औं नम्बरको बरियतामा रहेका सुवास नेम्वाङ संसदीय दलमा भने चौथो नम्बरमा रहेका छन् ।

एमाले संसदीय दलको बैठकको माइन्युटमा उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलभन्दा नेम्वाङ माथिल्लो बरियतामा छन् । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली र बरिष्ठ नेताद्धय झलनाथ खनाल तथा माधव नेपालपछि सुवास नेम्वाङको बरियता कायम भएको छ ।

पार्टी र संसदीय फाँटको बरियता अलग-अलग हुने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए । संसदीय फाँटमा दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पदाधिकारी मानिने भएकाले पार्टी र दलको बरियताक्रम फरक फरक हुनसक्ने उनले प्रष्ट पारे ।

एमाले संसदीय दलको बरियतामा उपनेता नेम्वाङपछि उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, सचिवहरु प्रदिप ज्ञवाली, गोकर्ण विष्ट र योगेश भट्टराई छन् ।

त्यसपछि स्थायी कमिटी सदस्यहरु मुकुन्द न्यौपाने,सुरेन्द्र पाण्डे र छबिलाल विश्वकर्माको बरियता कायम गरिएको छ ।

स्थायी कमिटी सदस्यहरुपछि प्रमुख सचेतक खगराज अधिकारी र सचेतक शान्ता चौधरी १५ औं र १६ औं नम्बर बरियतामा छन् ।

बाँकी सांसदहरुको बरियताक्रम भने वर्णानुक्रम अनुसार राखिएको छ । एमालेका प्रतिनिधिसभामा १२१ र राष्ट्रियसभामा २७ सांसद छन् ।

एमाले संसदीय दलले नेताहरुको वरियताक्रम निर्धारण भएको औपचारिक रुपमा केही बोलेको छैन । तर, संसदीय दलको नेता र पूर्व प्रधानमन्त्रीहरुपछि दलको उपनेता तथा पूर्व सभामुखको हैसियतमा नेम्वाङको बरियता स्वतः निर्धारण हुने एक पदाधिकारीले बताए ।

एमालेले प्रतिनिधिसभाको सिट निर्धारण गर्दा पनि सोही अनुसार मिलाएको छ । पहिलो लहरमा क्रमशः झलनाथ खनाल, माधव नेपाल, बिष्णु पौडेल र सुवास नेम्वाङ बस्ने गरेका छन् । यसअघि ओली प्रधानमन्त्री हुनुपूर्व ओली,खनाल,नेपाल,ईश्वर पोखरेल र सुवास नेम्वाङ पहिलो लहरमा बस्ने गरेका थिए ।

संसद सचिवालयले नै पूर्वसभामुखलाई अघिल्लो लहरमा बस्ने व्यवस्था मिलाएको छ । माओवादीको पनि प्रचण्ड, देव गुरुङ, टोपवहादुर रायमाझी, हरिबोल गजुरेल र ओनसरी घर्ती पहिलो लहरमा बस्ने गरेका छन् ।

एमाले पार्टीमा भने ओलीपछि क्रमशः झलनाथ खनाल, माधव नेपालको बरियता तोकिएको छ । उपाध्यक्षहरु बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावलको बरियता निर्धारण गरिएको छ भने महासचिव ईश्वर पोखरेलपछि उपमहासचिव बिष्णु पौडेल र घनश्याम भुसालको बरियता छ ।

सचिवहरुमा क्रमशः प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण बिष्ट र योगेश भट्टराईको बरियताक्रम निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

संसदमा हर्कराज राईको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com