ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटक लोभ्याउँदै ढुम्बा ताल


admin
जेष्ठ १, २०७५ मंगलबार  ४ : ०४ बजे

मुस्ताङ, १ जेठ । “ढुम्बा तालको पर्यटकीय आकर्षण ‘जेरी’ फिल्मको छायाङ्कन पछि मात्र बढेको हो,” ढुम्बा ताल संरक्षण समितिका सदस्य एवं स्थानीयवासी श्यामलाल गुरुङले भन्नुभयो ।

हिमालपारिको जिल्ला मुस्ताङको घरवजोङ गाउँपालिका– ५ ढुम्बा गाउँमा रहेको रमणीय ताल यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ । सदरमुकाम जोमसोमबाट ४५ मिनेटको पैदल यात्रापछि पुगिने यो ताल मुस्ताङको ऐतिहासिक ठिनी गाउँको नजिकै पर्छ ।

लगभग ४०० मिटर लम्बाइ र १०० मिटर चौडाइमा अवस्थित ढुम्बा तालको गहिराइ करिब १० मिटर रहेको गुरुङ बताउनुहुन्छ । विसं २०७२ को भूकम्पका कारण तालको पानी सुक्दै जान थालेपछि चिन्तित बनेका स्थानीवासी यतिखेर पानी पूर्ववत् अवस्थामा रहन थालेपछि खुशी छन् ।

भूकम्पपछि मुहान सुक्नाका साथै तालको भूभाग चर्कंदा पानी सुक्दै गएको थियो । ‘जेरी’को छायाङ्कनसँगै विश्व बजारमा चर्चा पाएको ढुम्बा ताललाई त्यसपछि छायाङ्कन भएका विभिन्न चलचित्र एवं गीतको भिडियोले पर्यटन बजारमा थप चर्चामा ल्याएको हो । वरपरका हिमालको छायाँका साथै माछा एवं जलचरको दृश्यले यहाँ आउने जो कोही पर्यटक मोहित हुने गरेका छन् ।

तालको नजिकै रहेको ऐतिहासिक कुछप तेरेङ्गा गुम्बामा यही तालको पानी चढाउने भएका कारण यसको धार्मिक महत्व रहेको गुरुङको भनाइ छ । ढुम्बा तालमाथिको उक्त गुम्बामा गुरु पद्मसम्भवले प्रयोग गरेका केही सामान अझै सुरक्षित छन् । उहाँका कपडा, जुत्ता र कपाल यहाँ अझै छन् । बौद्धमार्गी यस गुम्बामा दर्शन गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छन् ।

तालमा देखिने निलगिरि हिमालको छायाँले पर्यटकलाई मोहित पार्ने गरेको छ । वरपरका हिमाली दृश्यको छायाँसमेत तालभित्र देख्न सकिन्छ । ताल किनारमा रहेको शिलामा नागको वासस्थान भएको विश्वासका आधारमा समय समयमा यहाँ भक्तजनले नागको पूजाआजा गर्ने गरेका छन् ।

नागको पूजा गरेमा पारिवारिक सुखशान्तिका साथै मनोकांक्षा पूरा हुने जनविश्वास छ । हिमालको काखमा रहेको यो ताल पछिल्ला समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको ढुम्बा आधारभूत विद्यालयका शिक्षक राजेन्द्र गुरुङले बताउनुभयो ।

“मुक्तिनाथ दर्शनका साथै मुस्ताङको दृश्यावलोकन र पदयात्रामा आउने पर्यटक ताल हेर्न आउने गरेका छन्,” उहाँले भन्नुभयो ।

जलवायु परिवर्तनको बढ्दो असरसँगै तापक्रम वृद्धि र अन्य मानवीय कारणले तालमा पानीको सतह घट्दै गएकोतर्फ राज्यस्तरबाट चासो राखिनुपर्ने स्थानीयवासी बताउँछन् । समुद्री सतहदेखि करीब तीन हजार ५०० मिटरको उचाइमा अवस्थित ढुम्बा ताल चलचित्रको छायाङ्कन र वृत्तचित्र निर्माणका कारण चर्चामा छ । ताल संरक्षणका लागि वरपर वृक्षरोपण आवश्यक छ ।

ढुम्बा तालका साथै प्राचीन गुम्बा, नमखु लेक र थकाली संस्कृतिले भरिपूर्ण ठिनी गाउँका कारण तालसहितको क्षेत्र पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको ढुम्बा आधारभूत विद्यालयका शिक्षक वसन्त गुरुङ बताउनुहुन्छ । तालसम्म पुग्न ठिनी खोलामा पुल नहुँदा समस्या भएको छ । वर्षात्बाहेकको समयमा काठको पुलले काम चलाउने गरिए पनि ठाडो खोलाका कारण वर्षात्मा पुल नै बगाएर लैजाने समस्या रहेको उहाँले बताउनुभयो ।

“पर्यटकलाई सहज रुपमा पु-याउन पक्की पुल निर्माण गरिनु पर्छ,” उहाँले भन्नुभयो ।

मुक्तिनाथ मन्दिरबाट लुब्रा हुँदै ढुम्बा ताल भएर मार्फासम्म पदयात्रा गर्न वैकल्पिक पदमार्ग रहेका कारण पर्यटकलाई तालसम्म पुग्न सहज भएको छ । वैकल्पिक मार्ग हुँदै ढुम्बा ताल आएका पर्यटक ऐतिहासिक ठिनी गाउँ बास बस्छन् । पर्यटकलाई लक्ष्य गरी स्थानीयवासीको सक्रियतामा ठिनी गाउँमा घरबास कार्यक्रम समेत सञ्चालनमा छ ।

तालबाट ठिनी गाउँ आधा घण्टाको पदयात्रापछि पुगिन्छ । पर्यटकको आगमन बढ्दै गएपछि काजी लामाको अध्यक्षतामा रहेको ढुम्बा ताल संरक्षण समिति आवश्यक पूर्वाधार निर्माणमा क्रियाशील बनेको छ । तालकै संरक्षणका लागि ताल वरपर तारबार लगाइएको छ भने अवलोकन गर्न आउने आन्तरिक पर्यटकलाई रु १० तथा बाह्य पर्यटकका लागि रु २० प्रवेश शुल्क तोकिएको छ ।

समितिले तालको संरक्षण एवं सरसफाइका लागि परिसरमा शौचालय निर्माण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

सरकारलाई प्रचण्डले भने– संख्याको दम्भमा विधि मिच्ने काम नहोस्

सम्बन्धित

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मन्त्रीको महललाई ‘नक्सा’ नचाहिने, गरिबको झुपडीलाई ‘डोजर’ चाहिने: सरकार, यो कस्तो ‘अटेरी’ न्याय?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com