ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटक लोभ्याउँदै ढुम्बा ताल


admin

मुस्ताङ, १ जेठ । “ढुम्बा तालको पर्यटकीय आकर्षण ‘जेरी’ फिल्मको छायाङ्कन पछि मात्र बढेको हो,” ढुम्बा ताल संरक्षण समितिका सदस्य एवं स्थानीयवासी श्यामलाल गुरुङले भन्नुभयो ।

हिमालपारिको जिल्ला मुस्ताङको घरवजोङ गाउँपालिका– ५ ढुम्बा गाउँमा रहेको रमणीय ताल यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ । सदरमुकाम जोमसोमबाट ४५ मिनेटको पैदल यात्रापछि पुगिने यो ताल मुस्ताङको ऐतिहासिक ठिनी गाउँको नजिकै पर्छ ।

लगभग ४०० मिटर लम्बाइ र १०० मिटर चौडाइमा अवस्थित ढुम्बा तालको गहिराइ करिब १० मिटर रहेको गुरुङ बताउनुहुन्छ । विसं २०७२ को भूकम्पका कारण तालको पानी सुक्दै जान थालेपछि चिन्तित बनेका स्थानीवासी यतिखेर पानी पूर्ववत् अवस्थामा रहन थालेपछि खुशी छन् ।

भूकम्पपछि मुहान सुक्नाका साथै तालको भूभाग चर्कंदा पानी सुक्दै गएको थियो । ‘जेरी’को छायाङ्कनसँगै विश्व बजारमा चर्चा पाएको ढुम्बा ताललाई त्यसपछि छायाङ्कन भएका विभिन्न चलचित्र एवं गीतको भिडियोले पर्यटन बजारमा थप चर्चामा ल्याएको हो । वरपरका हिमालको छायाँका साथै माछा एवं जलचरको दृश्यले यहाँ आउने जो कोही पर्यटक मोहित हुने गरेका छन् ।

तालको नजिकै रहेको ऐतिहासिक कुछप तेरेङ्गा गुम्बामा यही तालको पानी चढाउने भएका कारण यसको धार्मिक महत्व रहेको गुरुङको भनाइ छ । ढुम्बा तालमाथिको उक्त गुम्बामा गुरु पद्मसम्भवले प्रयोग गरेका केही सामान अझै सुरक्षित छन् । उहाँका कपडा, जुत्ता र कपाल यहाँ अझै छन् । बौद्धमार्गी यस गुम्बामा दर्शन गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छन् ।

तालमा देखिने निलगिरि हिमालको छायाँले पर्यटकलाई मोहित पार्ने गरेको छ । वरपरका हिमाली दृश्यको छायाँसमेत तालभित्र देख्न सकिन्छ । ताल किनारमा रहेको शिलामा नागको वासस्थान भएको विश्वासका आधारमा समय समयमा यहाँ भक्तजनले नागको पूजाआजा गर्ने गरेका छन् ।

नागको पूजा गरेमा पारिवारिक सुखशान्तिका साथै मनोकांक्षा पूरा हुने जनविश्वास छ । हिमालको काखमा रहेको यो ताल पछिल्ला समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको ढुम्बा आधारभूत विद्यालयका शिक्षक राजेन्द्र गुरुङले बताउनुभयो ।

“मुक्तिनाथ दर्शनका साथै मुस्ताङको दृश्यावलोकन र पदयात्रामा आउने पर्यटक ताल हेर्न आउने गरेका छन्,” उहाँले भन्नुभयो ।

जलवायु परिवर्तनको बढ्दो असरसँगै तापक्रम वृद्धि र अन्य मानवीय कारणले तालमा पानीको सतह घट्दै गएकोतर्फ राज्यस्तरबाट चासो राखिनुपर्ने स्थानीयवासी बताउँछन् । समुद्री सतहदेखि करीब तीन हजार ५०० मिटरको उचाइमा अवस्थित ढुम्बा ताल चलचित्रको छायाङ्कन र वृत्तचित्र निर्माणका कारण चर्चामा छ । ताल संरक्षणका लागि वरपर वृक्षरोपण आवश्यक छ ।

ढुम्बा तालका साथै प्राचीन गुम्बा, नमखु लेक र थकाली संस्कृतिले भरिपूर्ण ठिनी गाउँका कारण तालसहितको क्षेत्र पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको ढुम्बा आधारभूत विद्यालयका शिक्षक वसन्त गुरुङ बताउनुहुन्छ । तालसम्म पुग्न ठिनी खोलामा पुल नहुँदा समस्या भएको छ । वर्षात्बाहेकको समयमा काठको पुलले काम चलाउने गरिए पनि ठाडो खोलाका कारण वर्षात्मा पुल नै बगाएर लैजाने समस्या रहेको उहाँले बताउनुभयो ।

“पर्यटकलाई सहज रुपमा पु-याउन पक्की पुल निर्माण गरिनु पर्छ,” उहाँले भन्नुभयो ।

मुक्तिनाथ मन्दिरबाट लुब्रा हुँदै ढुम्बा ताल भएर मार्फासम्म पदयात्रा गर्न वैकल्पिक पदमार्ग रहेका कारण पर्यटकलाई तालसम्म पुग्न सहज भएको छ । वैकल्पिक मार्ग हुँदै ढुम्बा ताल आएका पर्यटक ऐतिहासिक ठिनी गाउँ बास बस्छन् । पर्यटकलाई लक्ष्य गरी स्थानीयवासीको सक्रियतामा ठिनी गाउँमा घरबास कार्यक्रम समेत सञ्चालनमा छ ।

तालबाट ठिनी गाउँ आधा घण्टाको पदयात्रापछि पुगिन्छ । पर्यटकको आगमन बढ्दै गएपछि काजी लामाको अध्यक्षतामा रहेको ढुम्बा ताल संरक्षण समिति आवश्यक पूर्वाधार निर्माणमा क्रियाशील बनेको छ । तालकै संरक्षणका लागि ताल वरपर तारबार लगाइएको छ भने अवलोकन गर्न आउने आन्तरिक पर्यटकलाई रु १० तथा बाह्य पर्यटकका लागि रु २० प्रवेश शुल्क तोकिएको छ ।

समितिले तालको संरक्षण एवं सरसफाइका लागि परिसरमा शौचालय निर्माण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com