ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले मन्त्रीको कारवाहीमा परेका कुलमानले गरे चमत्कार ( भिडियोसहित )


एबीसी न्यूज
जेष्ठ १, २०७५ मंगलबार  १ : ३९ बजे

काठमाडौं, १ जेठ । सन् २००३ बाट सुरु भएको लोडसेडिङ् अन्ततः  नेपाल विद्युत प्राधिकरणले वैशाख ३१ गतेदेखि समाप्त भएको घोषणा गरेको छ । कुनै समयमा १८ घण्टासम्म हुने गरेको लोडसेडिङ् २०७३ सालको लक्ष्मीपुजाबाट काठमाण्डौं लगायतका मुख्य शहरहरुबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङ्को नेतृत्वमा हटेको थियो । यद्यपी औद्योगिक क्षेत्रमा भने तीन घण्टा लोडसेडिङ् कायम रहेको थियो जुन आइतबारबाट हटेर नेपाल पूर्णरुपमा लोडसेडिङ् मुक्त देश भएको छ ।

कुनै समय १८ घण्टासम्म लोडसेडिङ्को मार खेपेका नेपालीहरु अहिले त्यस अन्धकारको समय बाट बाहिर निस्किएका छन् । जसको मुख्य कारक बनेको छ, नेपाल विद्युत प्राधिकरणको कुशल व्यवस्थापन । व्यवस्थापन आफैमा जटिल कार्य हो, यसको जटिलतालाई चिर्न नसक्दा नेपाल लोडसेडिङ्को चपेटामा परेको थियो । तर दुई वर्ष अघि प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङ आएपछि गरिएको व्यवस्थापले देश लोडसेडिङ अन्त्यको अवस्थामा आएको छ ।

भैरहेको विजुलीको लोड व्यवस्थापन, भारतबाट विजुली आयात र चुहावट रोक्नसक्दा अहिले देशैभर लोडसेडिङ समाप्त भएको बताउंछन् प्राधिकरणका प्रमुख कुलमान घिसिङ विद्युत समस्या हट्दै गयो र अन्ततः नेपाल लोडसेडिङ मुक्त हुन पुग्यो । आइतबारबाट औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङ् हटेपछि प्राधिकरणले लोडसेडिङ्मुक्त नेपालको घोषणा गरेको हो ।

त्यसो त, भार प्रेसण केन्द्रको निरिक्षणको क्रममा गत चैत्रमा उर्जा जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले वैशाखबाट लागुहुने गरि औद्योगिक क्षेत्रबाट लोडसेडिङ् अन्त्य गर्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुरुप लोडसेडिङ्को अन्त्य भएको घिसिङ्को भनाइ रहेको छ । नेपालको जलविद्युत उत्पादन, बैकल्पीक उर्जाको प्रयोग तथा भारतबाट आयात गरिएको विजुलीको माध्यमबाट अहिले लोडसेडिङ अन्त्य गर्न सम्भव भएको छ । अहिले नदीमा जलप्रवाह समेत बढ्दा विद्युत उत्पादन समेत बढेको छ ।

एक्काइसौ शताब्दीको युगमा अन्धकारमा बस्नु आफैमा लज्जास्पद विषय हो । जसबाट हामीले उन्मुक्ति पाइसकेका छौ । एक शताब्दी भन्दा अघि देखि सुरु भएको विद्युत उत्पादन प्रक्रियामा अहिलेसम्म जम्मा एकहजार मेघावाटमा पनि पुगेको छैन । जलस्रोतमा विश्वकै धनि मुलुक भनेर गफ हांके पनि सही नीति र नेतृत्व नहुंदा देश अन्धकारमा बस्न बाध्य बनेको हो । अब, पुनः लोडसेडिङ हुनेछैन भन्ने ग्यारेन्टी प्राधिकरणले गरेको छ । प्राधिकरणले आफुसहित संलग्न अन्यकम्पनीहरुबाट विद्युत उत्पादन पनि तिब्र गतिमा हुन्छ भनेर जनतालाई आश्वास्त पार्ने गरी काम अघि बढाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

सरकारलाई प्रचण्डले भने– संख्याको दम्भमा विधि मिच्ने काम नहोस्

सम्बन्धित

संसदमा हर्कराज राईको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com