ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदमा बहसः मोदीको भ्रमण, सडक सास्तीदेखि आफूले गर्दा पुण्य, अरुले गर्दा पाप भन्ने सम्मका कुरा


एबीसी न्यूज
बैशाख ३१, २०७५ सोमबार  ३ : २१ बजे

काठमाडौं , ३१ वैशाख –  सोमवार चलेको सदनमा हालै सम्पन्न भारतीय प्रधानमन्त्रीको नेपालको राजकीय भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट, कुराकानी र सहमतिको विषयमा बहस भयो । संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्तारुढ दलका सांसदले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दलका सांसदले सदनमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण धार्मिक भ्रमण मात्र भएको टिप्पणी गर्दै नेपाल र भारतबीच विगतका भएका सहमतिलाई कार्यान्वयमा ल्याउन माग गरे ।

यस क्रममा सत्तारुढ नेकपा (एमाले)का सांसद भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए । उनले नेपाल–भारतबीचको सम्बन्ध पारस्परिक हित र समानताका आधारमा समान हैसियतमा अगाडि बढ्नेछ भने ।

एमालेका उपाध्यक्षसमेत रहेका सांसद रावलले नेपालको संविधान विश्वमा नै गर्व गर्न लायक रहेको चर्चा गर्दै संविधानको मर्म विपरीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा प्रदेश नं २ का मुख्य मन्त्रीको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत रहेको हुँदा सच्याउन माग गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद डा अमरेशकुमार सिंहले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि जारी १६ बुँदे संयुक्त विज्ञप्तिमा अपुरो कुरा आएकामा सरकारको ध्यानाकर्षण गराए ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सदनलाई भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका सहमति एवं कुराकानीका विषयमा राख्नुभएको अभिव्यक्ति अधुरो आएको बताए ।

नेकाका सांसद सिंहको अभिव्यक्तिप्रति विरोध जनाउँदै एमालेका सांसद विरोध खतिवडाले राष्ट्रियताप्रति सदनमा बहस गर्नु हुँदैन भने ।

सोही पार्टीका सांसद डा मीनेन्द्र रिजालले नेपाली जनताले नाकाबन्दीको पीडालाई बिर्सेर भारतीय प्रधानमन्त्रीको स्वागत गरेको चर्चा गर्दै सरकारमा सहभागी दलले विगतका अभिव्यक्तिलाई अहिले नै बिर्सेकामा चिन्ता व्यक्त गरे ।

काँग्रेसकै सांसद भीमसेनदास प्रधानले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले धार्मिक पर्यटनलाई प्रोत्साहन गर्ने बताए ।

नेकपा ९माओवादी०का सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका कुराकानी एवं सहमतिका विषयमा हिजो सदनसमक्ष राखेको अभिव्यक्ति कार्यान्वयनमा आओस् भनिन् ।

उनले भारतीय प्रधानमन्त्रीको भ्रमणका समयमा भारतबाट पनि सुरक्षाकर्मी आएको विषयमा जनतास्तरबाट प्रश्न उठेको चर्चा गर्दै नेपालमा आउने पाहुनालाई सुरक्षा प्रत्याभूति दिन सरकार सक्षम रहेको छ भनिन् ।

संघीय समाजवादी फोरम नेपालका सांसद मोहम्मद इस्तियाक राईले नयाँ बजेटले आर्थिक समृद्धिमा ध्यान दिन माग गरे ।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाली सञ्चारकर्मीले समेत समाचार संकलन गर्न अप्ठ्यारो परेकामा सरकारको ध्यानाकर्षण गराए ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले सडकमा हुने जाम, धुवाँ र धुलोबाट जनता आक्रान्त भएको भन्दै सरकारले कहिलेसम्म सडकलाई धुलो, धुवाँमुक्त बनाउँछ भन्ने प्रश्न गर्दै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण उपलब्धिहीन रहेको बताए ।
आक्रमणकारी छिटो पक्राउ गर्न माग

नेकपा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले मध्यपुर ठिमीका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि सङ्घातिक आक्रमण गर्नेमाथि २३ दिन बितिसक्दा पनि अपराधीमाथि किन पक्राउ हुँदैन ?  यसका बारेमा गृहमन्त्रीले जवाफ दिन माग गरे ।

सोही पार्टीका महेश बस्नेतले कृषिको औद्योगिकीकरण, यान्त्रिकीकरण गर्न आग्रह गर्दै मध्यपुर ठिमीका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि संघातिक आक्रमण गर्नेलाई पक्राउ गर्न माग गरे ।

नेकपा एमालेका नारदमुनि रानाले हरेक वर्ष आउने बाढीले कैलाली जिल्लालाई आक्रान्त पार्ने हुँदा आगामी बाढीको असरलाई कम गर्न समयमै ध्यान दिन सरकारसित माग गरे ।

नेपाली काँग्रेसका गगनकुमार थापाले नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान जारी गर्दा नाकाबन्दी लगाउने भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण कुन दृष्टिकोणले सफल भयो ? भन्दै प्रश्न गरे । उनले भने, “नाकाबन्दीको पीडा कुन नेपालीले बिर्सेका छन् ? आफूले गर्दा पुण्य, अरुले गर्दा पाप ?” संघीय समाजवादी फोरम नेपालका सांसद सरिता गिरीले समग्र मधेशको विकासमा सरकारको ध्यान जाओस् भनिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com