ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बौरिँदैछ वीर अस्पताल


एबीसी न्यूज
बैशाख ३०, २०७५ आईतबार  ११ : २९ बजे

 

–एकराज पाठक 
काठमाडौं, ३० वैशाख।  गत बिहीबार साँझ ८ बजे वीर अस्पतालमा सीताराम कट्टेल ‘धुर्मुस’ लाई कामको धम्मरधुस थियो । सघाउँदै हुनुहुन्थ्यो कुन्जना घिमिरे, ‘सुन्तली’ । ‘यहाँ कुनै हास्य ‘टेलिसिरियल’ छायांकन हुँदैछ कि क्या हो ?’ अस्पताल पुगेका सर्वसाधारण आपसमा लख काट्दै थिए ।
अर्काथरिको अनुमान थियो, “होइन, यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउन लागेका होलान् ।” शुक्रबारै प्रधानमन्त्री मोदी काठमाडाँँै आउदै हुनुहुन्थ्यो र उहाँको स्वागतका लागि पनि काठमाडौंँमा व्यापक सरसफाइ भइरहेको थियो ।
वीर अस्पतालको चौथो तलाको भित्तामा रङ लगाइरहेका धुर्मुसको देब्रेपट्टि शिशा पुछिरहेका थिए खेम शर्मा । शर्मालाई देखेपछि भने सबैको जिज्ञासा मेटियो, “ए यहाँ त सरसफाइ पो भइरहेको रछ ।” बिरामी भेट्न आएका एक जनाले भने, “त्यही त अस्पतालको ‘लिफ्ट’ आज किन यति सफा देखियो भन्ने त मलाई शुरुमै लागेको थियो ।”

अहिले रङरोगन गर्न धुर्मुस तथा अरु मर्मतसम्भार र सरसफाइ गरी अन्य संरचना टल्काउने काममा शर्मा आफैँ लाग्नुभएको छ । बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’ मा काम भइरहेको छ, प्रायः रातिको सिफ्टमा उहाँहरु आफँै खट्नुहुन्छ । उहाँहरुका साथ करीब १०० मजदूर कार्यरत छन् । सरसफाइमा ३० र रङरोगनमा ७० कामदार खटेका छन् ।

स्वास्थ्य मन्त्रालयको अगुवाइमा गत आइतबारदेखि शुरु भएको वीर अस्पताल सरसफाइको नेतृत्व नेपालमा सफाइका क्षेत्रमा कार्यरत खेम्स क्लिनिङका अध्यक्ष एवम् वाग्मती सफाइ अभियानकर्मी खेम शर्मा र नेपाल सरकारद्धारा सरसफाइदूत घोषित कलाकार धुर्मुसले गर्नुभएको छ । अभियानका अन्य सहयोगी मा वाग्मती सफाइका अर्का अभियानकर्ता अर्जुन धरेल र टंक आचार्य हुनुहुन्छ ।
राज्यमन्त्री पदमा अर्यालसँगै शर्मा र धुर्मुसले गत आइतबार वीर अस्पतालको चर्पी सफाइ गरेर अभियानको शुरुआत गरिएको हो । अहिले अस्पतालको विशेषगरी चौथो तलामा काम भएको छ । भूइँतलाको भूइँ टल्किएको छ, चर्पीहरु प्रायः सबै सफा भएका छन् भने भित्तामा रङरोगन गरिँदैछ । लिफ्ट, झ्याल र अरु संरचना टल्काउन खेम्स क्लिनिङका दक्ष जनशक्तिले काम गरिरहेका छन् ।

राज्मन्त्री अर्यालले सो अभियानको शुरुआत गर्दै भन्नुभयो, “हामीले यो सफाइलाई अभियानकै रुपमा काठमाडौंँको मुटुमा रहेको र आम नेपालीको चासो रहेको वीर अस्पतालबाट शुरु गरेका छौँ र यसलाई नेपालका सबै सरकारी अस्पतालमा पु¥याउने हाम्रो योजना छ ।”
वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेत भन्नुहुन्छ, “ पन्ध्र दिनमा अस्पतालको सफाइ गरी नमूना बनाउने प्रणका साथ उहाँहरुले काम शुरु गर्नुभएको छ, विभिन्न सिफ्ट बनाएर दिनमा १८ घण्टासम्म काम गरिरहनुभएको छ, मलाई लाग्छ यसले वीर अस्पतालको अहिलेको अवस्थामा ठूलो सुधार ल्याउने छ । म यस कार्यबाट अत्यन्तै खुशी छु ।”

भूकम्पपीडितहरुलाई बस्ती बसाल्नेजस्तो अत्यन्त प्रशंसनीय काम गरेका कलाकार धुर्मुस र सुन्तली भन्नुहुन्छ, “वीरजस्तो मुलुकको जेठो र संवेदनशील अस्पताल सफाइ गरेर देशका अन्य सरकारी अस्पताल र अस्पताल मात्र नभएर अन्य क्षेत्रमा पनि नमूना पेश गर्न सकियोस् भनेर यो अभियान थालिएको हो । रातदिन काम गरेका छौँ, सक्दो बल लगाएका छौँ, हेरौँ कतिसम्म सम्भव हुन्छ ।” धुर्मुस सुन्तली फाउण्डेशनले रङरोगनका लागि सामग्री र मजदूरको प्रबन्ध गरेको छ र उहाँहरु आफैँले पनि काम गरिरहनुभएको छ । धुर्मुस ठट्टा गर्नुहुन्छ, “मान्छे खेद्नु अघिबाट, पशु खेद्नु पछिबाट’, भनेजस्तै कामको अगुवाइ आफँैले गर्नुपर्छ, बल्ल भनेजति काम हुन्छ ।”
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, सफा नेपाल उपसमितिका संयोजकसमेत रहेका शर्मा वीर अस्पताल अहिले प्रायः निम्नवर्गीय नेपाली नागरिकको आस्था र भरोसाको केन्द्र भएकाले यसको सफाइ गरी सबै नेपालीले उपचार गराउने अस्पतालका रुपमा विकास गर्ने प्रयासमा आफूहरु जुटेको बताउनुहुन्छ ।

“यो स्वयंसेवी कार्य हो र हामीले आवश्यक सामग्री तथा मजदूरहरु आफैँ जुटाएका छौँ”, उहाँले भन्नुभयो । आफूहरुको अभियान देशभरकै सरकारी अस्पताल सफा गर्ने रहेको उहाँको भनाइ छ । “धेरै नेपाली तथा पर्यटकको चासो र चाप रहने कार्यालय, संरचना वा स्थानको सफाइ अहिलेको प्राथमिकता हो र आफ्ना दक्ष जनशक्तिबाट नेपालमा सफाइ क्षेत्रमा सीप हस्तान्तरण गर्ने खेम्स क्लिनिङको उद्देश्य हो”, उहाँले भन्नुभयो ।
अष्ट्रेलियामा एक दशकदेखि सफाइ कार्यमा सफलता कमाएको सो कम्पनीले एक वर्षदेखि नेपालमा काम गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्रलगायतमा सफाइ गरी ती कार्यालयका सफाइ मजदूरलाई सीप हस्तान्तरण गर्ने काम सो कम्पनीले गरेको छ । गैरआवासीय नेपाली संघमा समेत सफाइ उपसमितिको संयोजकका रुपमा रहेर शर्माले नेपालमा सफाइका क्षेत्रमा नेपालीले नै विदेशमा सिकेको सीप र ज्ञान भित्र्याउन संस्थागत रुपमा काम गर्न लागेको बताउनुहुन्छ ।
हाल स्वयंसेवीका रुपमा नेपालका विभिन्न क्षेत्रमा सफाइ जारी राखिएकोे र आगामी दिनमा यस कार्यलाई कम्पनीमार्फत संस्थागत गरी देशव्यापी रुपमा सीप सिकाउने अभियान सञ्चालन गरिने योजना रहेको खेम्स क्लिनिङका प्रबन्ध निर्देशक विश्वास अधिकारी बताउनुहुन्छ । हाल वीर अस्पतालमा कम्पनीका १५ दक्ष कामदारले काम गरिरहेका र वीरकै थप १५ जनालाई सीप सिकाइरहेका छन् । “भोलि तिनै सीप सिकेका कामदारबाट सो अस्पतालका अरु कामदारमा सीप हस्तान्तरण हुनेछ”, अधिकारी भन्नुहुन्छ ।
वाग्मती सफाइ अभियानकर्मी धरेल पनि प्रायः सफाइ मजदूरसँगै हुनुहुन्छ । उहाँ कुन रङ कता सुहाएको छ हेर्नुहुन्छ, कहाँ के पुगेन सुझाउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“ वीर अस्पताल नेपालको अस्पतालकै पर्याय र इतिहास हो, यहाँ अन्यत्र नभएका उपकरण र अनुभवी चिकित्सक छन्, त्यसैले यसलाई सबै नेपालीको भरोसायुक्त अस्पताल बनाउन यो सफाइ अभियानले थप सहयोग गर्नेछ ।” (तस्वीर छ)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

६० लाख लुटपाटमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com