ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीलाई फेरि भारत भ्रमणको निम्तो दिएर स्वदेश फर्किए मोदी  


एबीसी न्यूज
बैशाख २९, २०७५ शनिबार   ६ : ४०   बजे
काठमाडौं,२९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमण सकेर शनिबार स्वदेश फर्कनुभएको छ ।
मोदी स्वदेश फर्कनुअघि दुवै देशका प्रधानमन्त्रीले १५ बुँदे संयुक्त वक्तव्य जारी गर्नुभएको छ । संयुक्त वक्तव्यमा मोदीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएको विषयदेखि शुक्रबार र शनिबार भएका वार्ता र वार्ताको निष्कर्ष उल्लेख गरिएको छ ।
वक्तव्यका प्रमुख बुँदाहरु–
  • वैशाख २८ गते दुवै देशका प्रतिनिधिमण्डलसहित भेटवार्ता, द्विपक्षीय घनिष्ट सम्बन्ध र समझदारीका बारेमा छलफल भयो ।
  • प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणका क्रममा भएका सबै सन्धि–सम्झौताको कार्यान्वयन, जलमार्ग, कृषि, रेलमार्ग आदिमा जोड दिइएको छ ।
  • समानता, आपसी हित, सम्मान र फाइदाको नीतिका आधारमा सामाजिक–आर्थिक विकासको साझेदारीका क्षेत्रमा द्वीपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने समझदारी भएको छ ।
  • सामाजिक–आर्थिक विकास परियोजना तथा द्वीपक्षीय सम्बन्धको समीक्षाका लागि परराष्ट्र मन्त्रालयमा मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोग लगायतका द्वीपक्षीय संयन्त्रको निरन्तर स्थापनामा जोड दिइएको छ ।
  • भारतसँगको बढदो व्यापार घाटाको मुद्दा समाधानका लागि व्यापार तथा आर्थिक साझेदारीमा जोड दिइएको छ ।
  • व्यापार, पारवहन तथा सहकार्यका लागि भर्खरै भएको अन्तर सरकार समिति बैठकको स्वागत, भारतीय बजारमा नेपाली उत्पादनको सहज प्रवेशका लागि द्वीपक्षीय व्यापार, पारवहन सन्धी पुनरावलोकनमा जोड दिइएको छ ।
  • आवागमन र व्यापारका लागि आवश्यक पर्ने हवाई, जल र स्थलमार्गमा दुवै देशको आवद्धता हुने ।
  • आपसी हितका लागि जलसम्बन्धी नदी, डुबान, बाढी व्यवस्थापन तथा सिंचाइको क्षेत्रमा सहकार्यको आवश्यकता महसुस गरिएको छ ।
  • ९०० मगोवाट क्षमताको अरुण तेस्रो परियोजनाको संयुक्त शिलान्यास भएको छ र यसको उत्पादनले दुइ देशबीचको उर्जा उत्पादन र व्यापारको साझेदारीमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
  • गएको अप्रिल महिनामा गठन भएको उर्जासम्बन्धी संयुक्त सञ्चालन समितिको बैठकको स्वागत गर्दै द्विपक्षीय उर्जा व्यापार सम्झौताका माध्यमबाट उर्जा सम्बन्धि द्विपक्षीय साझेदारी बढाइनेछ ।
  • धार्मिक र सांस्कृतिक आवद्धताका लागि जनकपुरलाई नेपाल–भारत रामायण सर्किटमा जोड्दै जनकपुर–अयोध्या सीधा बस सेवाको उद्घाटन ।
  • साकर्, बिमस्टेक, बिबिआईएन लगायतका क्षेत्रीय र उपक्षेत्रीय संगठनको महत्वलाई बढावा दिइनेछ ।
  • भारतीय प्रधानमन्त्री मोदीको तेस्रो भ्रमणले दुइ देशबीचको प्राचिन सम्बन्धलाई अझ प्रगाढ बनाएकोे निष्कर्ष छ ।
  • भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो, ओलीद्वारा स्वीकार, मिति तय पछि गरिने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले उठाए ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group