ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तरदेशीय प्रसारण लाइन र पञ्चेश्वर अगाडि बढाइने


एबीसी न्यूज

काठमाडौँ,२९ वैशाख।  नेपाल र भारतले संयुक्त रुपमा केही महत्वपूर्ण जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका भारतका प्रधानमन्त्रीले पञ्चेश्वरलगायत महत्वपूर्ण बहुउद्देश्यीय आयोजना शीघ्र अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको हो । यहाँ साँझ आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले पञ्चेश्वर आयोजनालाई शीघ्र अगाडि बढाइने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिनुभयो ।

केही दिन पहिले सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको काम आगामी छ महिनाभित्र सम्पन्न गर्ने सहमति गरेको छ । सो सहमतिअनुसार डिपिआरलाई अन्तिम रुप दिने र आयोजना शुरु गर्ने विषयमा छलफल भएको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो आयोजनाको डिपिआर तयार गर्ने कार्य जारी छ । आगामी केही महिनाभित्रै डिपिआर सम्पन्न गरेर आयोजनाको निर्माण गरिने प्रतिबद्धता दुवै प्रधानमन्त्रीले जनाउनुभयो ।

यस्तै बुटवल– गोरखपुर ४०० केभी प्रसारण लाइनको निर्माणलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढाउने विषयमा समेत दुई प्रधानमन्त्रीबीच महत्वपूर्ण छलफल भएको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो प्रसारण लाइन नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन हो । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयन्त्रको अघिल्लो महिनाबीच सम्पन्न बैठकले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको वित्तीय स्रोत व्यवस्थापन र प्रारूपबारे सहमति जुटाएको थियो ।

नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले त्यसबारे थप अध्ययन गरी तीन महिनामा विस्तृत प्रतिवेदन बुझाउने सहमति सो बैठकमा भएको थियो । यस्तै विद्युत् खरीद बिक्रीलाई सहज बनाउने र इनर्जी बैंकिङ अवधारणामा समेत सोही विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीको गत चैत २३ देखि २५ गतेसम्म भएको भारत भ्रमणमा समेत सो विषयमा छलफल भएको थियो । एक सय ३० किलोमिटर लामो बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न भएपछि कालीगण्डकी करिडोर र बूढीगण्डकीलगायत आयोजनाबाट उत्पादित विद्युत् भारत निर्यातका लागि समेत मार्गप्रशस्त हुनेछ । यसअघि निर्माण भएको ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट नेपालले हाल १४० मेगावाट विद्युत् आयात गरिरहेको छ ।

यस्तै इनर्जी बैंकिङलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने विषयमा समेत महत्वपूर्ण छलफल भएको र त्यसमा भारतका प्रधानमन्त्रीले सहमति जनाउनुभएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । माथिल्लो तामाकोशीलगायत आयोजना निर्माण भएपछि वर्षाको समयमा खेर जाने विद्युत् भारत पठाउने र नेपाललाई आवश्यक परेको समयमा आयात गर्ने इनर्जी बैंकिङ प्रभावकारी अवधारणा हो ।

नेपालमा वर्षाको समयमा बढी विद्युत् उत्पादन हुने र भारतमा सोही समयमा नै बढी विद्युत् माग हुने भएकाले इनर्जी बैंकिङ नेपालका लागि महत्वपूर्ण रहने प्राधिकरणको भनाइ छ । इनर्जी बैंकिङ एउटा व्यावसायिक अवधारणा भएकाले त्यसले ऊर्जाको माग बढी हुने समयमा नेपालको हितमा प्रयोग गर्न सकिने विश्वास लिइएको छ । प्रधानमन्त्री ओलीले नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण छलफल भएको र त्यसबाट नेपालले फाइदा लिने विश्वास व्यक्त गर्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले भारतको जलसाधन तथा ऊर्जा मन्त्रालयले आज नयाँ अध्याय थपेको उल्लेख गर्नुभयो । उहाँले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने अवसर प्राप्त गरेकामा खुशी व्यक्त गर्नुभयो । भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्ने सो आयोजना सम्झौता भएको पाँच वर्षपछि शिलान्यास भएको हो । नेपालले अगाडि बढाउने ठूला परियोजनामा साथ दिने उहाँको प्रतिबद्धता थियो । त्यस्ता आयोजनाबाट नेपालमा रोजगारीको अवसर वृद्धि हुने र आर्थिक तथा व्यावसायिक अवसरमा समेत वृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com