ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिन्दू र बौद्धको साझा तीर्थस्थल मुक्तिनाथ (फोटो फिचर)


एबीसी न्यूज
बैशाख २८, २०७५ शुक्रबार   ८ : २४   बजे

मुक्तिनाथ, २८ वैशाख।  हिमाल पारिको जिल्ला मुस्ताङमा रहेको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । यहाँ दर्शन गरेपछि मनोकांक्षा पूरा हुनाका साथै पितृहरूको उद्धार हुने विश्वासका कारण वर्षेनी ठूलो संख्यामा दर्शनार्थी यस मन्दिरमा आउने गरेका छन् ।

मुक्तिनाथका स्थानीय समाजसेवी एवम् जनप्रिय युवा क्लबका अध्यक्ष सुरज गुरुङका अनुसार विशेषगरी चैत, वैशाख, जेठ, भदौ, असोज र कात्तिकमा यहाँ अत्यधिक दर्शनार्थी आउने गरेका छन् । दर्शन गर्न आउने पर्यटकमध्ये नेपाली र भारतीय नागरिक रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट सोही मार्गबाट हुँदै मनाङ जाने पर्यटक यही मुक्तिनाथ भएर जाने भएका कारण पनि यो स्थल पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

समुद्र सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा अवस्थित यस मन्दिरलाई हिन्दूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’)का रुपमा लिने गर्दछन् । यो तीर्थस्थल शालिग्राम भगवानका लागि प्रसिद्ध रहेको छ । शालिग्राम एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा श्रद्धापूर्वक पूजाआजा गरिन्छ । यो यही मुक्ति क्षेत्रस्थित कालीगण्डकी नदीमा पाइन्छ । मुक्तिनाथ अवस्थित क्षेत्रलाई मुक्तिक्षेत्रको नामले चिनिने मुक्तिनाथ मन्दिरका ब्राह्मण पुजारी कृष्ण सुवेदीले जानकारी दिनुभयो ।

“यो यस्तो क्षेत्र हो यहाँ दर्शन गरेपछि दर्शनार्थीलाई मोक्ष प्राप्त हुने विश्वास छ,” उहाँले भन्नुभयो, “मुक्तिनाथको दर्शन गर्न अत्यन्त कठिनताका बाबजुद पनि हजारौँ दर्शनार्थी यहाँ आउने गरेका छन् ।” मुक्तिनाथ क्षेत्रमा पाइने शालिग्राम (शिला)लाई भगवानका रुपमा पूजा गरिन्छ । शालिग्रामको उत्पत्ति प्रागऐतिहासिक कालमा पाइने किराको जीवाष्मबाट भएको मानिन्छ, जुन मुख्यतः टेथिस सागरमा पाइन्थ्यो ।

पौराणिक मान्यताअनुसार शालिग्राम शिलामा भगवान् विष्णुको निवास हुन्छ । यस सम्बन्धमा विभिन्न किंवदन्ती रहेका छन् । एक किंवदन्तीअनुसार भगवान् शिवले जालन्धर नामक असुरसँग युद्धमा जित्न नसकेका अवस्थामा भगवान् विष्णुले उनको मद्दत गरेका थिए । जालन्धरकी पत्नी वृन्दाले आफ्नो सतित्व बचाउँदासम्म जालन्धरलाई कसैले पनि पराजीत गर्न सक्दैनथ्यो । उक्त अवस्थामा भगवान् विष्णुले जालन्धरको रूप धारण गरेर वृन्दाको सतित्वलाई नष्ट गरे भने वृन्दालाई उक्त कुरा जानकारी हुँदासम्म शिवले जालन्धरको बध गरिसकेका थिए । आफ्नो सतित्व नष्ट गरेको आक्रोशमा वृन्दाले भगवान् विष्णुलाई शिला, रूख, झारपात र घाँस भएर जीवन व्यतित गर्नु परोस् भनेर श्राप दिएकी थिइन् । त्यही श्रापका कारण विष्णुले शिला (शालिग्राम), पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको किंवदन्ती छ ।

यसै स्थानमा भगवान् विष्णु शालिग्राम शिलामा निवास गर्ने विश्वासका आधारमा मुक्ति क्षेत्रलाई अत्यन्त पवित्र क्षेत्रका रुपमा लिने गरिएको छ । यस क्षेत्रलाई बौद्ध धर्मावलम्बीले पनि अत्यन्त महत्वपूर्ण तीर्थस्थलका रुपमा लिने गरेको अर्का स्थानीयवासी दीनेशकुमार थकालीले बताउनुभयो ।

“मुक्तिनाथको दर्शनका लागि वर्षेनी ठूलो संख्यामा बौद्ध धर्मावलम्बी यहाँ आउने गरेका छन्,” उहाँले भन्नुभयो, “मुक्तिनाथकै बाटो भएर महान् बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचारप्रसार गर्न तिब्बत गएका कारण यस क्षेत्रलाई बौद्ध मार्गीले अत्यन्त महत्वपूर्ण तीर्थस्थलका रुपमा लिने गरेका छन् ।” मुक्तिनाथको पूजा गराउन मन्दिरको भित्र बौद्ध धर्म गुरु आनी रहन्छन् भने बाहिर ब्राह्मण पूजारीले पूजा गराउने गर्दछन् ।

मुक्तिनाथ मन्दिरको महिमा र गरिमा देश विदेशमा बढ्दै गएको बताउँदै उहाँले शनिबार हुन लागेको भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ दर्शन भ्रमण यसको ज्वलन्त उदाहरण भएको बताउनुभयो । यसअघि पनि भारतीय दर्शनार्थीको चाप बढ्ने गरेको मुक्तिनाथमा प्रधानमन्त्री मोदीको भ्रमणसँगै आगामी दिनमा अझै दर्शनार्थीको संख्या बढ्ने र यसको अन्तर्राष्ट्रिय रुपमा सबैको चासो र चर्चा रहने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बजेट, विद्युत समस्या र सुशासनका सवालमा राष्ट्रिय सभा सदस्यहरूद्वारा सरकारको ध्यानाकर्षण

भन्सार वृद्धि प्रभावः सुन तोलामा २० हजार ५ सय रुपैयाँ महँगियो

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group