ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउँदै, मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा स्वागत गर्ने


एबीसी न्यूज
बैशाख २८, २०७५ शुक्रबार  ६ : ५७ बजे

धनुषा, २८  वैशाख ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि आज जनकपुर आउँदै हुनुहुन्छ ।   मोदी भारतीय सेनाको हेलिकप्टरबाट बिहान सवा १० बजे जनकपुर आउने कार्यक्रम छ ।

जनकपुरमा उहाँले जानकी मन्दिरमा विशेष पूजा गर्नुहुनेछ । त्यसपछि ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा उहाँको अभिनन्दन एवं सम्बोधनको कार्यक्रम रहेको छ । विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेशका मन्त्रीहरुले मोदीको स्वागत गर्नेछन् । मोदीले जानकी मन्दिरको पूजा गर्ने बेला एक सय एक साधुले एकैपटक शंखनाद गर्नेछन् । मोदीले झण्डै ४५ मिनेट जानकी मन्दिरमा बिताउनुहुनेछ ।

जनकपुरमा नै मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने र दुवै प्रधानमन्त्रीको भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसैक्रममा दुवै प्रधानमन्त्रीले रामायण सर्किटको संयुक्त रुपमा उद्घाटन गर्नुहुनेछ । रामायणकालीन स्थल जोड्ने रामायण सर्किटको जनकपुरबाट अयोध्या चल्ने बससेवालाई हरियो झण्डा देखाएर दुवै समकक्षीले उदघाटन गर्नुहुने छ ।

मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट जनकपुर चुरोट कारखानामा ओर्लेर मोदीलाई स्वागत गर्नु हुनेछ । बाह्रविघा मैदानमा आयोजना गरिएको ‘नागरिक अभिनन्दन’ समारोहमा मोदीलाई जनकपुर उपमहानगरपलिकाका मेयर लालकिशोर साहले अभिनन्दन गर्नु हुनेछ । नेपाली भाषामा तयार अभिनन्दन पत्र मेयर साहले मैथिली भाषामा पढेर मैथिली भाषामा अभिनन्दन गर्ने जनकपुर उपमहानगरपालिकाको तयारी छ । स्वागत एवं अभिनन्दन समारोहमा मोदीलाई १ सय २१ किलोको फुलको माला पनि पहिराएर स्वागत गर्ने योजना छ ।

नागरिक अभिनन्दन पश्चात मोदीले समारोहलाई सम्बोधन गर्नु हुनेछ । त्यसपछि उहाँ काठमाडौं जानुहनेछ ।  मोदीलाई भव्य स्वागत तथा अभिनन्दन गर्न जनकपुर उपमहानगरपालिकाले जानकी मन्दिरदेखि बाह्रविघा मैदान र जनकपुर विमानस्थलसम्मको बाटोलाई सजाएको छ । प्रदेश नम्बर २ सरकारले मोदीको आगमनलाई उत्सवको रुपमा मनाउन सार्वजनिक विदा दिएको छ ।

प्रदेश नम्बर २ को ८ जिल्लाबाट मोदीको नागरिक अभिनन्दन कार्यक्रममा एकलाख भन्दा बढी सर्वसाधारण सहभागि राउने प्रदेश सरकारको योजना रहेको छ । अभिनन्दन कार्यक्रममा सहभागि हुन बाह्रविघामैदानको उत्तरी गेटबाट सर्वसाधारणलाई सहभागि हुने व्यवस्था मिलाएको छ भने बाह्रविघाको पश्चिम गेटबाट सञ्चारकर्मी र बाह्रविघाको दक्षिण गेटबाट विशेष व्यक्तिहरुले प्रवेश गर्न पाउने छन् ।

मोदी आगमनलाई लिएर जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी साढे ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश सरकारका गृहमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पत्रकार किशोर श्रेष्ठमाथिको प्रहार: ‘सेटिङ’ को सिकार कि राज्यशक्तिको दमन ?

रास्वपा सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन–सरकारका प्रवक्ता

सम्बन्धित

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

हर्कराज राईको कडा अभिव्यक्ति: बालेन्द्र साहको राजीनामा माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com