ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करिस्मा मानन्धरको सेड्युल, रात परेपछि अचेल के गर्छिन् करिश्मा ?


admin
बैशाख २७, २०७५ बिहीबार  ३ : ५४ बजे

काठमाडौं, २७ वैशाख । सुन्दर, सामान्य र शालीन छिन् करिश्मा मानन्धर । नेपाली फिल्म क्षेत्रमा तीन दशक बिताइसकेकी छिन् करिश्माले । पछिल्लो समय उनी राजनीतिमा पनि सक्रिय छिन् ।

नयाँ शक्ति पार्टी र यसका संयोजक डा. बाबुराम भट्टराईका नीतिबाट प्रभावित भएपछि समाजमा केही योगदान गर्ने सोचका साथ राजनीतिमा लागेको उनी बताउँछिन् ।

७ कक्षामा अध्ययन गर्दै गर्दा करिश्मा फिल्मी दुनीयामा प्रवेश गरिन् । त्यसपछि उनको विद्यालय तहको पढाईमा ब्रेक लाग्यो । तर, अहिले आएर उनले फेरी आफ्नो पढाइलाई निरन्तरता दिएकी छन् । ७ कक्षाको परीक्षा पुनः दिएर करिश्माले अध्ययनलाई निरन्तरता दिएकी हुन् ।

उनले ग्यालेक्सी पब्लिक स्कुलबाट ८ कक्षा पास गरिन् । त्यसपछि उनी मैतीदेवीको त्रिवेणी पब्लिक स्कुलमा ९ कक्षामा भर्ना भइन् । करिश्माले अब आउने एसईई परीक्षा दिनेछिन् ।

करिश्माको सेड्युल

पढाइले गर्दा करिश्मा अहिले निकै व्यस्त छिन् । बिहान ९ बजेदेखि ३ः१५ सम्म नियमित स्कुल जान्छिन् । क्लास सकिएलगत्तै ५ः १५ सम्म कोचिङ कक्षा पनि छ ।

६ बजेदेखि ७ बजेसम्म उनी घरमै व्यायाम गर्छिन् । त्यसपछि केही समय घरपरिवारसँग बिताउँछिन् । सासू र छोरीसँग कुराकानी गर्छिन् । डिनर गरेपछि ८ बजेदेखि १० बजेको समयमा स्कूलको होमवर्क गर्छिन् । अनि, सुत्छिन् ।

सफल करियर र लोकप्रियताको उचाईमा पुगीसकेपछि पनि उनले पढाईप्रति देखाएको लगावलाई सरहानिय मान्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com